प्रचण्डको कुरा बाबुरामले टेरेनन्: के भनेका थिए प्रचण्डले ?
सारांश
- काठमाडौं, १२ माघ ।
- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्ति पार्टीका संयोजक डा.
- बाबुराम भट्टराईबीच आज खुलेरै कुराकानी भएको छ ।
काठमाडौं, १२ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईबीच आज खुलेरै कुराकानी भएको छ ।
शुक्रबार भारतीय ६९ औं गणतन्त्र दिवसको अवसरमा नेपालस्थित् भारतीय दुतावासले आयोजना गरेको दिवा भोजमा भेट भएका प्रचण्ड र भट्टराईबीच कुराकानी भएको हो ।
भेटमा कुराकानी हुँदा सँगै रहेका एक सहभागीले दिएको जानकारी अनुसार प्रचण्डले भट्टराईलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । अब बन्ने सरकारलाई समर्थन गर्न बाबुरामलाई आग्रह गरेका थिए ।
यता, बाबुरामले भने राष्ट्रियसभाको निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गरिसकेकोले अहिले नै त्यसबारेमा केही भन्न नसकिने स्पष्ट पारेका थिए । सो आग्रह गर्दा भट्टराई पत्नि हिसिला यमि पनि सँगै थिइन् ।
पूर्वप्रधानमन्त्रीद्धय प्रचण्ड र बाबुरामको जम्काभेटलाई उपस्थित् व्यक्तित्वहरुले निकै चासोका साथ हेरेका थिए ।
(Xanax)
रमेश परियार
बाबु राम ओरालो लागेको हरिन हो। काम छैन