कालिखोलामा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २३, २०८०
|
|
२० पटक हेरिएको
Shares
कालिखोलामा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

सारांश

  • चितवन।
  • नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।
  • इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो।

चितवन। नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार आज बिहान लेदोसहितको पहिरो खसेसँगै सडक दुईतर्फी अवरुद्ध भएको छ।

पहिरो पन्छाउन तयारी भइरहेको उनले जानकारी दिए। पहिरोका कारण सडक अवरुद्ध भएसँगै सो सडक भएर गुड्ने सवारीसाधन अलपत्र परेका छन्। यस सडक खण्डमा पटक-पटक पहिरो खस्दै आएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?