अमेरिकामा अचानक किन बढ्यो पोर्न फिल्मको व्यापार ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ८, २०७४
|
|
२९ पटक हेरिएको
Shares
अमेरिकामा अचानक किन बढ्यो पोर्न फिल्मको व्यापार ?

सारांश

  • एजेन्सी, माघ ८ ।
  • बम हमलाको हल्लापछि अमेरिकामा अचानक पोर्न साइटहरुमा पोर्न सामग्रीको संख्या ह्वातै बढेको छ ।
  • समाचार अनुसार मिसाइल हमलाको हल्ला अफवाह भएको सावित भएसँगै अमेरिकामा पोर्न साइट हेर्नेहरुको संख्या तिव्र रुपमा बढेको पाइयो ।

एजेन्सी, माघ ८ । बम हमलाको हल्लापछि अमेरिकामा अचानक पोर्न साइटहरुमा पोर्न सामग्रीको संख्या ह्वातै बढेको छ । समाचार अनुसार मिसाइल हमलाको हल्ला अफवाह भएको सावित भएसँगै अमेरिकामा पोर्न साइट हेर्नेहरुको संख्या तिव्र रुपमा बढेको पाइयो । पोर्न साइटहरुमा भिजिटर्सको ट्राफिक एकाएक बढेको हो ।

अफवाहको केही मिनेटपछि नै पोर्न साइटहरुमा ट्राफिक ५० प्रतिशत सम्मले बढेको थियो । स्मरण रहोस् गत जनवरी १३ को बिहान ८ बजे मिसाइल हमला सम्बन्धी यस्तो अलर्ट जारी भएको थियो ।

यस्तो अलर्टसँगै मानिसहरु एकाएक तनावमा आए र हंगामा मच्चियो । तर जब उक्त आक्रमण केवल अफवाह मात्र भएको खुलासा भयो, तब मानिसहरुले ढुक्कको स्वास फेरे । हवाईबासीहरु रिल्याक्स महसूस गरे । अनि एकबारको जूनीमा बाँचियो भन्ने सोँचेर रमाइलो र मस्ती गर्न तथा टेन्सन भगाउनका लागि पोर्न साइटहरु खोलेर हेर्न थाले ।

पोर्न साइटहरुका अनुसार चेतावनी जारी भएसँगै ट्राफिक ७७ प्रतिशतले घटेको थियो । तर जब उक्त चेतावनी केवल अफवाह भएको खुलासा भयो तब पोर्न साइटको ट्राफिक ५० प्रतिशत सम्मले बढ्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?