जोखिम नियन्त्रण गर्न गाउँपालिकामा प्रवेश निषेध

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २०, २०७६
|
|
४२ पटक हेरिएको
Shares
जोखिम नियन्त्रण गर्न गाउँपालिकामा प्रवेश निषेध

सारांश

  • पोखरा।
  • कास्कीको पूर्वी भेगस्थित रुपा गाउँपालिकाले कोरोना भाइरसको जोखिम नियन्त्रण गर्न भन्दै गाउँपालिका प्रवेशमा निषेध गरेको छ।
  • एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने कोभिड–१९ को सङ्क्रमणले विश्व नै तहसनहस भएका बेला गाउँपालिकाले मुख्य नाका क्षेत्रबाट आवतजावत नहुने गरी प्रवेश निषेध गराएको हो।

पोखरा। कास्कीको पूर्वी भेगस्थित रुपा गाउँपालिकाले कोरोना भाइरसको जोखिम नियन्त्रण गर्न भन्दै गाउँपालिका प्रवेशमा निषेध गरेको छ। एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने कोभिड–१९ को सङ्क्रमणले विश्व नै तहसनहस भएका बेला गाउँपालिकाले मुख्य नाका क्षेत्रबाट आवतजावत नहुने गरी प्रवेश निषेध गराएको हो।

गाउँपालिका प्रवेश गर्ने नौ मुख्य नाकामा एक सुरक्षाकर्मीसहित दुई कोरोनाविरुद्ध परिचालित स्वयंसेवक खटाइने गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए। उनका अनुसार नाकामा चौबीसै घण्टा स्वयंसेवक एवं सुरक्षकर्मी रहनेछन्। पालिका प्रवेशको मुख्य नाका खोलाको छेउ, पुलचोक, तालवेँसी, पोल्याङ, देउराली फेदी, रामदी, ताकाङजा, पिप्ले र काउरे नाकामा बुधबार साँझदेखि सूचना टाँसेर आवतजावत बन्द गरिएको छ।

कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउनलाई प्रभावकारी बनाउन गाउँपालिका प्रवेशमा रोक लगाइएको बताउँदै उनले यसबाट गाउँवासीलाई सुरक्षित राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। बाहिरबाट गाउँपालिकाभित्र आवतजावत गर्दा कोरोना भाइरस भित्रने जोखिम बढेका कारण पालिकाको १८ गते मङ्गलबार बसेको विशेष बैठकले प्रवेश निषेध गर्ने निर्णय गरेको बताउँदै अध्यक्ष ओझाले भने, “यदि कोही गाउँ प्रवेश गर्दछ भने स्वास्थ्यकर्मीको निगरानीमा १४ दिन क्वारेनटाइनमा अनिवार्य बस्नै पर्दछ।”

गाउँवासीलाई आवश्यक स्वास्थ्य सेवा उपलव्ध गराउन गाउँपालिकाका सातै वडामा सञ्चालित स्वास्थ्यचौकी २४ घण्टा नै खुला गरेर सुविधा प्रदान गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए। उनका अनुसार सेवामा खटिने स्वास्थ्यकर्मीलाई आवश्यक साधन स्रोतको व्यवस्था गरिएको छ।

गाउँपालिकावासीका लागि आवश्यक औषधि र खाद्यान्न मौज्दात रहेको बताउँदै अध्यक्ष ओझाले थप उपभोग्य वस्तु आपूर्तिका लागि पालिकाको सवारी साधन प्रयोग गरी उच्च सुरक्षाका साथ उपलब्ध गराइने बैठकले निर्णय गरेको उनले जानकारी दिए।
गाउँपालिका वडा नं ५ देउरालीमा स्थापित कोरोना भाइरस क्वारेन्टाइन रहेको १४ मध्ये अवधि पूरा गरेर बुधबार छ घर फर्केका छन् भने २५ जनालाई होम क्वारेन्टाइनमा राखेर निगरानी गरिरहेको गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङले जानकारी दिए। गाउँपालिकामा क्वारेन्टाइनमा रहेका एक जनाको मृत्यु भएको थियो भने मृत्यु हुने व्यक्तिको कोरोना नभएको टेकु अस्पतालको रिपोर्टमा देखिएको छ।

विश्वव्यापीरूपमा फैलिएको कोरोनाको सङ्क्रमण रोगथामसँगै जोखिम न्यूनीकरणका लागि पालिकाकाले ६० वर्ष उमेर नाघेका व्यक्तिलाई लक्षित गरी पाँच हजार मास्क वितरण गरिएको बताउँदै उनले विभिन्न सङ्घसंस्थाको सहयोगमा अन्य आवश्यक सरसफाइका सामग्रीसमेत उपलब्ध गराउँदै आएको बताए। गाउँपालिकाभित्र दुई वा सोभन्दा बढीको समूहमा समेत भेटघाटमा बन्देज लगाइएको बताउँदै उपाध्यक्ष गुरुङले नागरिकको स्वास्थ्य, खाद्यान्नलगायतका समस्या समाधानका लागि स्थानीय जनप्रतिनिधिको सिफारिसमा गाउँपालिकाले गर्ने व्यवस्था मिलाइएको छ।

जनप्रतिनिधिको सहयोगमा पालिकाभित्र रहेका मजदुर, गरिब तथा विपन्न वर्गको लागत सङ्कलन गरी आवश्यक खाद्यान्न तथा अन्य सामग्री वितरण गरिने तयारी भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए। वर्तमान अप्ठ्यारो अवस्थामा लक्षित वर्गलाई राहत उपलब्ध गराउन सबै गाउँवासीको सहयोग रहने विश्वास व्यक्त गर्दै उनले यस्तो विषम परिस्थितिमा राजनीतिभन्दा माथि उठ्नुपर्ने आवश्यकता औँल्याए।

(Valium Online)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३३ किलाे सुन प्रकरण: गोरे को बयान सकियो
३३ किलाे सुन प्रकरण: गोरे को बयान सकियो
विस्तृत शान्ति सम्झौताका बाँकी काम शीघ्र कार्यान्वयन गर्न प्रचण्ड, देउवा र ओलीबीच छलफल
विस्तृत शान्ति सम्झौताका बाँकी काम शीघ्र कार्यान्वयन गर्न प्रचण्ड, देउवा र ओलीबीच छलफल
दशैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुल्ने
दशैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुल्ने
उमेर विवादमा बर्हिगमनमा परेका पूर्व प्रधानन्यायाधीश पराजुलीका काम सदर
उमेर विवादमा बर्हिगमनमा परेका पूर्व प्रधानन्यायाधीश पराजुलीका काम सदर
चान्द्रमासअनुसार आजदेखि साउने सोमबारको व्रत सुरु
चान्द्रमासअनुसार आजदेखि साउने सोमबारको व्रत सुरु
१५ दिनभित्र कलंकी-चक्रपथभित्रका घर टहरा आफै नहटाए डोजरले भत्काउने
१५ दिनभित्र कलंकी-चक्रपथभित्रका घर टहरा आफै नहटाए डोजरले भत्काउने
आज सुनको मूल्य रु चौबीस सयले बढ्यो, प्रतितोला रु ९७ हजार ८००
आज सुनको मूल्य रु चौबीस सयले बढ्यो, प्रतितोला रु ९७ हजार ८००
कर्मचारीलाई काठमाडौं नै प्यारो, समायोजनमा ७७ हजार इच्छुक
कर्मचारीलाई काठमाडौं नै प्यारो, समायोजनमा ७७ हजार इच्छुक
हेलिकप्टरकै भर, बर्सेनि दुर्घटना
हेलिकप्टरकै भर, बर्सेनि दुर्घटना
ट्रान्सपरेन्सीका अध्यक्ष रेग्मीको अख्तियारलाई प्रश्न : तत्कालिन् प्रधानमन्त्रीलाई किन उन्मुक्ति ?
ट्रान्सपरेन्सीका अध्यक्ष रेग्मीको अख्तियारलाई प्रश्न : तत्कालिन् प्रधानमन्त्रीलाई किन उन्मुक्ति ?