सन् २०२३ मा चिनियाँ अर्थतन्त्र ५.२ प्रतिशतले बढ्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १२, २०८०
|
|
२४ पटक हेरिएको
Shares
सन् २०२३ मा चिनियाँ अर्थतन्त्र ५.२ प्रतिशतले बढ्ने

सारांश

  • ग्वाङ्जाउ।
  • चालु वर्षमा चीनको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) पाँच दशमलव दुई प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ।
  • अन्तर्राष्ट्रिय वित्तीय मञ्च (आईएफएफ) ले २०२४ मा चीनको जीडीपी ५ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ।

ग्वाङ्जाउ। चालु वर्षमा चीनको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) पाँच दशमलव दुई प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय वित्तीय मञ्च (आईएफएफ) ले २०२४ मा चीनको जीडीपी ५ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ।

चीनको दक्षिणी प्रान्त गुआङ्डोङको ग्वाङ्जाउमा आयोजित आईएफएफको २० वार्षिक बैठकका क्रममा जारी आईएफएफ २०२३ वैश्विक वित्त र विकास प्रतिवेदनअनुसार यो वर्ष वैश्विक विकास दर तीन दशमलव एक प्रतिशतमा अझ सुस्त हुने अनुमान छ। त्यस्तै सन् २०२४ मा पनि यस्तै कमजोर हुने सम्भावना छ।

प्रतिवेदनमा अधिकांश मुलुकमा मौद्रिक कडाइको चक्र सन् २०२४ सम्ममा समाप्त हुने सम्भावना रहेको उल्लेख गरेको छ। यद्यपि मौद्रिक र वित्तीय कडाइ जारी रहने सम्भावना छ र यसबाट मागमा वृद्धि कम हुनेछ र वैश्विक सुधार सुस्त रहने छ।

त्यसैले आईएफएफले सन् २०२४ मा वैश्विक अर्थतन्त्र तीन दशमलव एक प्रतिशतको दरले बढ्ने अनुमान गरेको छ। यसमा विकसित अर्थतन्त्रहरूमा एक दशमलव तीन प्रतिशत र विकासशील अर्थतन्त्रहरूमा चार दशमलव तीन प्रतिशतले वृद्धि हुनेछ।

वैश्विक समुदायले अल्पकालीन र दीर्घकालीन दुवै चुनौतीहरूको सम्बोधन गर्न मिलेर काम गर्नुपर्ने प्रतिवेदनमा औंल्याइएको छ। प्रतिवेदनमा भनिएको छ, “गरिबी न्यूनीकरण, पर्यावरणको संरक्षण र जलवायु परिवर्तनलाई न्यूनीकरण, अन्तरदेशीय द्वन्द्व समाधान गर्ने र भू-राजनीतिक तनाव कम गर्ने जस्ता साझा चुनौतीहरूको सामना गर्न अन्तर्राष्ट्रिय सहयोग र बहुपक्षीयतालाई अगाडि बढाउन आवश्यक छ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गीताकुमारीलाई १ लाख घुस खाएको भन्दै भ्रष्टाचार मुद्दा
ओलीको प्रश्न ‘भारतीय बाँधबाट नेपाली भूमि डुबानमा पर्दा तपाईंको मन दुख्दैन’?
ओलीको प्रश्न ‘भारतीय बाँधबाट नेपाली भूमि डुबानमा पर्दा तपाईंको मन दुख्दैन’?
समानुपातिक सांसदहरुलाई प्रमुख निर्वाचन आयुक्तद्वारा प्रमाणपत्र प्रदान
समानुपातिक सांसदहरुलाई प्रमुख निर्वाचन आयुक्तद्वारा प्रमाणपत्र प्रदान
सुपर लघुवित्तका सञ्चालक निलम्बित
सुपर लघुवित्तका सञ्चालक निलम्बित
भारतीय पक्षद्वारा सडक निर्माणमा अवरोध
भारतीय पक्षद्वारा सडक निर्माणमा अवरोध
बिस्केट जात्रालाई शान्तिपूर्ण बनाइने
बिस्केट जात्रालाई शान्तिपूर्ण बनाइने
स्थानीय तह चुनावलाई ८ अर्ब ११ करोड रुपैयाँ बजेट सुनिश्चित
स्थानीय तह चुनावलाई ८ अर्ब ११ करोड रुपैयाँ बजेट सुनिश्चित
३३ किलो सुन प्रकरण : अवकाे अनुसन्धान राजनीतिक नेतृत्वतर्फ !
३३ किलो सुन प्रकरण : अवकाे अनुसन्धान राजनीतिक नेतृत्वतर्फ !
छ वर्षीया बालिका जइनबको बलात्कार तथा हत्या अभियोग लागेका पुरूषलाई मृत्युदण्ड
छ वर्षीया बालिका जइनबको बलात्कार तथा हत्या अभियोग लागेका पुरूषलाई मृत्युदण्ड
नक्कली भुटानी शरणार्थी प्रकरण : एक दर्जन बढी व्यक्ति प्रहरीको निगरानीमा
नक्कली भुटानी शरणार्थी प्रकरण : एक दर्जन बढी व्यक्ति प्रहरीको निगरानीमा

तपाईंले छुटाउनुभयो कि?