ज्येष्ठ नागरिकलाई घरदैलौ स्वास्थ्य परीक्षण

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ४, २०७६
|
|
२३ पटक हेरिएको
Shares
ज्येष्ठ नागरिकलाई घरदैलौ स्वास्थ्य परीक्षण

सारांश

  • तारकेश्वर नगरपालिकाले ६० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य जाँचका लागि घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम शुरु गरेको छ ।
  • स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने व्यक्तिलाई घरमै सुविधा दिने उद्देश्यले कार्यक्रम शुरु गरिएको नगर स्वास्थ्य शाखा प्रमुख अरुणकुमार गिरीले बताउनुभयो ।
  • उहाँका अनुसार उक्त कार्यक्रम हरेक महिना नगरपालिकका ११ वटै वडामा सञ्चालन भइरहेको छ ।

तारकेश्वर नगरपालिकाले ६० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य जाँचका लागि घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम शुरु गरेको छ ।

स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने व्यक्तिलाई घरमै सुविधा दिने उद्देश्यले कार्यक्रम शुरु गरिएको नगर स्वास्थ्य शाखा प्रमुख अरुणकुमार गिरीले बताउनुभयो । उहाँका अनुसार उक्त कार्यक्रम हरेक महिना नगरपालिकका ११ वटै वडामा सञ्चालन भइरहेको छ । घरदैलौ कार्यक्रमका लागि स्वास्थ्यचौकी प्रमुखको नेतृत्वमा टोली बनाइएको छ ।

सो स्वास्थ्य परीक्षणका लागि नगरपालिकाबाट प्रत्येक वडालाई रु पाँच लाखका दरले बजेट छुट्याएको छ । हरेक वडामा स्वास्थ्य जाँचका लागि आवश्यक उपकरण र औषधिको थप व्यवस्थापनसमेत गरिएको बताइएको छ । नगरपालिकाले स्वास्थ्य सुविधालाई नागरिकको पहुँचसम्म पु¥याउन चार शहरी स्वास्थ्य केन्द्र र प्रत्येक वडामा एउटा–एउटा स्वास्थ्यचौकी सञ्चालन गरिएको छ ।

आगामी दिनमा यस्ता खालका कार्मक्रमलाई निरन्तरता दिँदैँ महामारी दैवी प्रकोपजस्ता कार्यका लागि तत्काल सेवा प्रदान गर्न नगर आकस्मिक स्वास्थ्य कोष स्थापना गरी आवश्यकताका आधारमा विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन गरिने जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिरिया आक्रमणलाई रुसले भन्यो ‘गुण्डागर्दी’
सिरिया आक्रमणलाई रुसले भन्यो ‘गुण्डागर्दी’
मुगुमा मतदान सकियो, ६० प्रतिशत मतदान खस्यो
मुगुमा मतदान सकियो, ६० प्रतिशत मतदान खस्यो
यती कार्पेटको आगलागीः केडियाको २५ वर्षको लगानी, एकै झिल्कोमा खरानी
यती कार्पेटको आगलागीः केडियाको २५ वर्षको लगानी, एकै झिल्कोमा खरानी
३१ कानून खारेज र ३६ कानून एकीकृत गरिएको मुलुकी देवानी संहिता भदौ १ देखि लागू हुँदै
३१ कानून खारेज र ३६ कानून एकीकृत गरिएको मुलुकी देवानी संहिता भदौ १ देखि लागू हुँदै
मूल्य कायम हुन नसक्दा खसी, बोका बिक्री हुन सकेन
मूल्य कायम हुन नसक्दा खसी, बोका बिक्री हुन सकेन
कुलमान घिसिङले विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकमा निरन्तरता नपाउने !
कुलमान घिसिङले विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकमा निरन्तरता नपाउने !
भरतपुर महानगरको २० ठाउँमा आइल्यान्ड निर्माण
भरतपुर महानगरको २० ठाउँमा आइल्यान्ड निर्माण
यिनै हुन् सागर ढकाल जसको प्रश्नले प्रधानमन्त्री देउवा फायर बने !  (हेर्नुहोस् २ मिनेटको भिडियो)
यिनै हुन् सागर ढकाल जसको प्रश्नले प्रधानमन्त्री देउवा फायर बने ! (हेर्नुहोस् २ मिनेटको भिडियो)
कोरोना भाइरसको संक्रमणबाट जोगिने उपायहरु
कोरोना भाइरसको संक्रमणबाट जोगिने उपायहरु
कस्तो रहला आइतबार देशभरको मौसम?
कस्तो रहला आइतबार देशभरको मौसम?

तपाईंले छुटाउनुभयो कि?