झलनाथ खनालले ल्याए ‘परिवर्तनका स्वरहरु’

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १०, २०७५
|
|
२३ पटक हेरिएको
Shares
झलनाथ खनालले ल्याए ‘परिवर्तनका स्वरहरु’

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा संघीय गणतन्त्रपछि जनताले अधिकारको उपभोग गर्न पाउनु र विकास निर्माणले नेपाल तीव्र परिवर्तनको क्रममा रहेको बताएका छन् ।
  • गीतकार एवं पूर्व प्रधानमन्त्री झलनाथ (जे.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा संघीय गणतन्त्रपछि जनताले अधिकारको उपभोग गर्न पाउनु र विकास निर्माणले नेपाल तीव्र परिवर्तनको क्रममा रहेको बताएका छन् ।

गीतकार एवं पूर्व प्रधानमन्त्री झलनाथ (जे.एन.) खनालको गीति एल्बम परिवर्तनका स्वरहरु भाग २ को विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले परिवर्तनले नेपालीको मुहारमा उज्यालो ल्याउने बताए ।
“हाम्रो देशमा सकारात्मक परिवर्तनको क्रम बढेको छ” प्रधानमन्त्री ओलीले भने, “विकास र समृद्धिको अभियान सञ्चालनसंगै परिवर्तनले नेपालीको मुहारमा उज्यालो ल्याउनेछ ।”

प्रधानमन्त्री ओलीले सरकारले अमूर्त समृद्धि र औसत सुखमा विस्वास नगर्ने बताउँदै हामी औसतमा प्रतिव्यक्ति आय बढ्यो, साक्षरता बढ्यो भन्ने कुरामा विस्वास नगरेको उल्लेख गरे । “हरेक व्यक्तिले महसुस गर्नेगरी समृद्धि र सुख जनतालाई दिलाउन चाहन्छौं । सरकार सामाजिक न्याय सहितको समानताको पक्षमा छ” भनाइ छ ।

प्रधानमन्त्री ओलीले पार्टीको अध्यक्ष र प्रधानमन्त्री भइसकेका नेता खनालको सृजनशीलताको प्रशंसा गरेका छन् । “व्यस्त दैनिकीबाट समय निकालेर झलनाथ जीले यति राम्रो सृजना गर्नुभएको छ” प्रधानमन्त्री ओलीले प्रशंसा गर्दै भने, “उहाँको सृजनशीलता धेरैजनाको लागि प्रेरणाको स्रोत हुनसक्छ ।”

(https://teamtapper.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?