कुन प्रदेशमा कांग्रेसले कति जित्यो ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २५, २०७४
|
|
३१ पटक हेरिएको
Shares
कुन प्रदेशमा कांग्रेसले कति जित्यो ?

सारांश

  • १५३ प्रतिनिधिसभामा उम्मेदवारी दिएको कांग्रेसले २१ ठाउँमा मात्र जित हात पारेको छ ।
  • मतगणना भइरहेका सुनसरी ३, कन्चनपुर ३, सर्लाहीमा अमरेशकुमार सिंह, स्याङजामा गोपालमान श्रेष्ठ र राजु थापाले नजिते कांग्रेस २१ भन्दा माथि नचढ्ने देखिएको छ ।
  • मतगणनामा सुनसरी, कन्चनपुर र सर्लाही २ भने कांग्रेस थोरै मतले पछि छ ।

१५३ प्रतिनिधिसभामा उम्मेदवारी दिएको कांग्रेसले २१ ठाउँमा मात्र जित हात पारेको छ । मतगणना भइरहेका सुनसरी ३, कन्चनपुर ३, सर्लाहीमा अमरेशकुमार सिंह, स्याङजामा गोपालमान श्रेष्ठ र राजु थापाले नजिते कांग्रेस २१ भन्दा माथि नचढ्ने देखिएको छ । मतगणनामा सुनसरी, कन्चनपुर र सर्लाही २ भने कांग्रेस थोरै मतले पछि छ । तसर्थ अब कांग्रेसले एकदुई सिट बढाउँने सम्भावना छ । नभए कांग्रेस १६५ मध्ये २१ मैं सीमित हुने भएको छ ।

कांग्रेसले दुई राप्रपालाई चारचारका दरले आठ, गोरखामा बाबुराम भट्टराई, अशोक राईलाई सुनसरी १, उपेन्द्र यादवलाई सप्तरी ३ सप्तरी २ र महन्थ ठाकुरलाई महोत्तरी ३ छोडेपछि १५३ प्रतिनिधिसभा उम्मेदवारी दिएको थियो । पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाका ३७ क्षेत्रमा कांग्रेसले रसुवामा मात्र जित हासिल गर्यो ।

सात प्रदेशसमध्ये कांग्रेसले १ बाट चार, २ बाट ५, ३ बाट ५, ४ बाट १, ५ बाट ५ सांसद जित्यो । प्रदेश नम्बर ६ मा २४ प्रदेशसभा सदस्यमा एउटामात्र जितेको कांग्रेसले प्रतिनिधिमा एक सिट पनि जित्न सकेन । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गृह जिल्ला डडेल्धुरामा १ सिट जिते तर, बाँकी १५ सिटमा कांग्रेस सिटविहीन बन्न पुगेको छ । यसमा कन्चनपुरको एक सिट थपिए दुई सिट हुनेछ ।

यी हुन् कांग्रेसले प्रदेशमा जितेका प्रतिनिधिसभा सदस्य

प्रदेश १
मोरङ २ – मिनेन्द्र रिजाल
सुनसरी ४ – ज्ञानेन्द्रबहादुर कार्की
सुनसरी २ – सिताराम मेहता
उदयपुर १ – नारायण खड्का

प्रदेश २
सिरहा १ – प्रदिप गिरि
रौतहट २ – अफताब आलम
रौतहट ४ – देवप्रसाद तिमल्सेना
सप्तरी ४ – तेजुलाल चौधरी
बारा १ – उमाकान्त चौधरी

प्रदेश ३
काठमाडौँ १ – प्रकाशमान सिंह
काठमाडौं ४ – गगनकुमार थापा
काठमाडौँ ६ – भीमसेनदास प्रधान
काठमाडौँ १० – राजन केसी
रसुवा – मोहन आचार्य
प्रदेश ४
नवलपुर १ – शशांक कोइराला
प्रदेश ५
रुपन्देही ४ – प्रमोदकुमार यादव
रुपन्देही ५ – भरत शाह
नवलपरासी २ देबेन्द्रराज कंडेल
बर्दिया १ – संजय गौतम
कपिलवस्तु ३ – अभिषेक प्रताप शाह
प्रदेश ६
शुन्य
प्रदेश ७
डडेल्धुरा – शेरबहादुर देउवा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत
सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत
स्कुटर दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु
स्कुटर दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु
रवि लामिछानेको थुनछेक बहस कास्की जिल्ला अदालतमा सुरु, धरौटीमा छुट्लान्?
रवि लामिछानेको थुनछेक बहस कास्की जिल्ला अदालतमा सुरु, धरौटीमा छुट्लान्?
नेम्वाङको निधनमा कांङ्ग्रेसद्वारा दुःख व्यक्त
नेम्वाङको निधनमा कांङ्ग्रेसद्वारा दुःख व्यक्त
प्रचण्ड र माधव नेपालले गरे कानून व्यवसायीहरुसँग परामर्श, प्रचण्ड बालुवाटारमा
प्रचण्ड र माधव नेपालले गरे कानून व्यवसायीहरुसँग परामर्श, प्रचण्ड बालुवाटारमा
प्रतिनिधिसभा र प्रदेश सभाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गर्यो इलाममा  उम्मेदवार चयन
प्रतिनिधिसभा र प्रदेश सभाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गर्यो इलाममा उम्मेदवार चयन
सीप सिक्दै, व्यवसाय सम्हाल्दै
सीप सिक्दै, व्यवसाय सम्हाल्दै
भ्रष्टाचारको  आरोपमा पक्राउ परेका चूडामणि शर्माको मुद्दालाई यथास्थितिमा राख्न विशेष अदालतद्वारा आदेश
भ्रष्टाचारको आरोपमा पक्राउ परेका चूडामणि शर्माको मुद्दालाई यथास्थितिमा राख्न विशेष अदालतद्वारा आदेश
सामाजिक सुरक्षा भत्ताका लागी नयाँ व्यवस्था
सामाजिक सुरक्षा भत्ताका लागी नयाँ व्यवस्था
बिहिवार संक्रमित हुनेभन्दा संक्रमणमुक्त हुनेको संख्या बढि
बिहिवार संक्रमित हुनेभन्दा संक्रमणमुक्त हुनेको संख्या बढि

तपाईंले छुटाउनुभयो कि?