देशकै ठूलो सौर्य प्लान्टको काम अन्तिम चरणमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १५, २०७६
|
|
५२ पटक हेरिएको
Shares
देशकै ठूलो सौर्य प्लान्टको काम अन्तिम चरणमा

सारांश

  • नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको २५ मेगावाट क्षमताको मुलककै ठूलो सौर्य प्लान्ट निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
  • हाल जारी रहेको कामअनुसार तीन महिनाभित्रै १० मेगावाट क्षमताको विद्युत् उत्पादन शुरु गर्ने तयारीमा रहेको आयोजना प्रमुख विकास रघुवंशीले जानकारी दिनुभयो ।
  • हालै मात्र प्राधिकरणले ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको औपचारिक उद्घाटन गरिसकेको छ ।

नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको २५ मेगावाट क्षमताको मुलककै ठूलो सौर्य प्लान्ट निर्माणको काम अन्तिम चरणमा पुगेको छ । हाल जारी रहेको कामअनुसार तीन महिनाभित्रै १० मेगावाट क्षमताको विद्युत् उत्पादन शुरु गर्ने तयारीमा रहेको आयोजना प्रमुख विकास रघुवंशीले जानकारी दिनुभयो ।

हालै मात्र प्राधिकरणले ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको औपचारिक उद्घाटन गरिसकेको छ । आयोजना प्रमुखका अनुसार आयोजनाबाट दुई चरणमा आगामी छ महिनाभित्र शतप्रतिशत विद्युत् उत्पादन शुरु गर्ने लक्ष्य राखिएको छ । “नुवाकोटको विदुर नगरपालिका ६ र १२ मा पर्ने देवीघाट जलविद्युत् केन्द्रको खाली जग्गा सम्याउने काम पूरा भइसकेको छ”, आयोजना प्रमुख रघुवंशीले भन्नुभयो, “सोलार प्यानल जडान गर्न पाइल (प्यानल अड्याउने पिल्लर) गाड्ने काम धमाधम भइरहेको छ ।”

कूल २ दशमलब ५ मिटर लम्बाइको पिल्लर गाड्न ड्रिल गर्ने उपकरण प्रयोगमा ल्याइएकाले अबको दुईदेखि तीन महिनामै १० मेगावाट विद्युत् उत्पादन गर्न सकिने आयोजनाको दाबी छ । पिल्लर गाड्ने काम भइरहेको र अन्य आवश्यक सामग्रीसमेत कार्यक्षेत्र (फिल्ड)मा ल्याउने आउने क्रममा रहेकाले यही गतिमा निर्माण तीव्र बनाउन सकेमा दुई महिनामै विद्युत् उत्पादन गर्नसमेत सकिने लक्ष्य राखिएको आयोजनाका इञ्जिनीयर नीरज कर्णले जानकारी दिनुभयो ।

उहाँको अनुसार पहिलो चरणमा १० मेगावाट क्षमतामा विद्युत् उत्पादन गर्न दुई स्थानमा प्यानल जडान भइरहेको छ । स्टाफ क्वाटर र फोरबे (नेपाली सेनाको ब्यारेक पछाडिको चउर) मा सौर्य प्यानल जडानका लागि करीब छ हजार ३०० पिल्लर गाड्नुपर्नेमा सो कार्य अन्तिम चरणमा पुगिसकेको कर्णले बताउनुभयो ।

आयोजनाले कूल २५ मेगावाट विद्युत् उत्पादनका लागि देवीघाट जलविद्युत् केन्द्रको विभिन्न सात स्थानको खाली जग्गा उपयोगमा ल्याउन लागेको छ । ऊर्जा मिश्रण परियोजनाअन्तर्गत सो कार्य अगाडि बढेको प्राधिकरणले जनाएको छ । पहिलो चरणमा १० मेगावाट विद्युत् उत्पादन शुरु भएपछि त्यसपश्चात थप अर्को तीन महिनाभित्रै बाँकी १५ मेगावाट विद्युत् उत्पादन गर्ने आयोजनाको योजना छ । थप विद्युत् उत्पादनका लागि अन्य पाँच स्थानमा एकै साथ सोलार प्यानल जडान गर्न लागिएको आयोजना प्रमुख रघुवंशीको भनाइ छ ।

दोस्रो चरणमा विदुर नगरपालिकाको ६ र १२ मा पर्ने रातमाटे, केराघारी, हेलिप्याड र कफीघारीको स्थान अन्य थप पाँच स्थानमा अहिले जग्गा सम्याउने काम अन्तिम चरणमा पु¥याइएको छ । नेपालकै ठूलो सौर्य प्लान्टको रुपमा निर्माण भइरहेको ‘ग्रिड सोलार आयोजना’ नेपाल सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण थालिएको हो ।

विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजनामार्फत सहुलियतपूर्ण ऋण सहयोगमा थालिएको आयोजनाको निर्माण चिनियाँ कम्पनी ‘राइजन इनर्जी’मार्फत भइरहेको छ । करीब रु तीन अर्ब ८० करोड लागत लाग्ने प्रक्षेपण गरिएको आयोजना विद्युत् उत्पादनका लागि निकै प्रभावकारी र सस्तो हुने प्राधिकरणको दाबी छ । “खेर गएको सौर्य ऊर्जा सङ्कलन गरेर प्राधिकरणको खुला (प्रयोगविहीन) जग्गामा सञ्चालन हुने आयोजनाको लगानी, प्रयोग र विद्युत् उत्पादनमा देशकै ‘नमूना’ हुने विश्वास लिइएको छ ।

प्राविधिकका अनुसार यस आयोजना २५ मेगावाट विद्युत् उत्पादन भए पनि डिसी (डाइरेक्ट करेन्ट)बाट एसी (अल्टरनेट करेन्ट)मा रुपान्तरण गर्दा २० मेगावाट विद्युत प्रयोगयुक्त हुने देखिन्छ । आयोजना प्रमुख रघुवंशीका अनुसार सौर्य प्लान्टको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मतसम्भारको सम्पूर्ण काम निर्माण व्यवसायीले पाँच वर्षसम्म गर्ने सम्झौता उल्लेख भएअनुसार आयोजनाको हस्तान्तरण त्यसपछि मात्रै हुने छ ।

परियोजनाबाट उत्पादित विद्युत् देवीघाट जलविद्युत् केन्द्रमार्फत केन्द्रीय प्रसारण प्रणालीमा जोडिने छ । त्यसका लागि सवस्टेशन निर्माण भइरहेको छ । प्लान्ट र सवस्टेसनको दूरी ५०० मिटरदेखि दुई किमी मात्र पर्ने हुँदा प्रसारण लाइन विद्युत् उत्पादनभन्दा अघि नै सम्पन्न भइसक्ने आयोजनाले जनाएको छ । प्लान्ट सञ्चालनमा आएपछि वार्षिक तीन करोड ३० लाख युनिट विद्युत् केन्द्रीय प्रसारण प्रणालीमा थप हुने प्राधिकरणले जनाएको छ ।

(https://fii-institute.org/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Рейтинг Букмекеров Лучшие Букмекерские Конторы В России И Мире, Топ-10 Бк, Онлайн-списо
मुख्यमन्त्री पोख्रेलसँग दाङको विकास, समृद्धि, अवसर र चुनौतीबारे प्रत्यक्ष मन्थन
मुख्यमन्त्री पोख्रेलसँग दाङको विकास, समृद्धि, अवसर र चुनौतीबारे प्रत्यक्ष मन्थन
एभरेष्ट होटलका मालिक लारी पक्राउ
एभरेष्ट होटलका मालिक लारी पक्राउ
बाढि ग्रस्त जिल्लाहरुमा पशु चौपायालाइ उद्दार सहित उपचार गर्दै स्नेह केयर
बाढि ग्रस्त जिल्लाहरुमा पशु चौपायालाइ उद्दार सहित उपचार गर्दै स्नेह केयर
चुनावको मुखमै माओवादी छाेडेर कांग्रेस प्रवेश गरेका श्रेष्ठलाई दुवै हातमा लड्डु !
चुनावको मुखमै माओवादी छाेडेर कांग्रेस प्रवेश गरेका श्रेष्ठलाई दुवै हातमा लड्डु !
एसइईको रिजल्ट निकाल्दा गल्ती गर्ने परीक्षा नियन्त्रक तानिए कार्वाहीमा
एसइईको रिजल्ट निकाल्दा गल्ती गर्ने परीक्षा नियन्त्रक तानिए कार्वाहीमा
२६ वस्तुमा निर्यात अनुदान, के–केमा छ अनुदान !
२६ वस्तुमा निर्यात अनुदान, के–केमा छ अनुदान !
अमेरिकामाथि नेपालको सानदार जित
अमेरिकामाथि नेपालको सानदार जित
आयल निगमका पूर्वप्रबन्ध निर्देशक १३ वर्षीय किशोरीलाई बलात्कारको आरोपमा पक्राउ !
आयल निगमका पूर्वप्रबन्ध निर्देशक १३ वर्षीय किशोरीलाई बलात्कारको आरोपमा पक्राउ !
कार्यवाहक राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस
कार्यवाहक राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस