प्रदेश एकमा २ पदका लागि चुनाव, २४ जना निर्विरोध
सारांश
- काठमाडौं, १६ माघ- राष्ट्रिय सभाका सदस्यका लागि प्रदेश नम्बर १ मा जम्मा दुई पदका लागि चुनाव हुने भएको छ ।
- अन्य ६ जना निर्विरोध निर्वाचित भएका कारण दलित एकजना र अपाङ्गता भएका वा अल्पसङ्ख्यकबाट एकजना गरी जम्मा २ पदका लागि बढी मतीय आधारम निर्वाचन हुने भएको आयोगले जनाएको छ ।
- प्रदेश १ मा महिला ३ जना, अन्य ३ जना गरी ६ जना उम्मेदवार निविरोध निर्वाचित भएका छन् ।
काठमाडौं, १६ माघ- राष्ट्रिय सभाका सदस्यका लागि प्रदेश नम्बर १ मा जम्मा दुई पदका लागि चुनाव हुने भएको छ । अन्य ६ जना निर्विरोध निर्वाचित भएका कारण दलित एकजना र अपाङ्गता भएका वा अल्पसङ्ख्यकबाट एकजना गरी जम्मा २ पदका लागि बढी मतीय आधारम निर्वाचन हुने भएको आयोगले जनाएको छ ।
प्रदेश १ मा महिला ३ जना, अन्य ३ जना गरी ६ जना उम्मेदवार निविरोध निर्वाचित भएका छन् । सात प्रदेशमा ३२ पदका लागि ५२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । निर्वाचन आयोगका अनुसार २४ जना उम्मेदवार निर्विरोध निर्वाचित भैसकेका छन् ।
राष्ट्रिय सभाका सदस्यका लागि निर्वाचन अधिकृतहरुको कार्यालयले आयोगलाई गराएको जानकारी अनुसार, कुल ५६ पदका लागि हुन लागेको निर्वाचनमा २४ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।
प्रदेश २ मा ८ वटै पदका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । प्रदेश ३ मा ८ वटै पदमा मतदान हुने भएको छ ।
प्रदेश ४ मा अपाङ्गता भएका वा अल्पसङ्ख्यक १ पदमा उम्मेदवार निर्विरोध निर्वाचित भएकाले अन्य ७ पदमा निर्वाचन हुनेछ । प्रदेश ५ मा महिला ३ पदमा उम्मेदवारहरू निर्विरोध निर्वाचित भैसकेका छन् । अब अन्य ३, दलित १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक १ गरी जम्मा ५ पदमा निर्वाचन हुने भएको छ ।
त्यस्तै, प्रदेश ६ मा सबै पदमा निर्वाचन हुँदैछ भने, प्रदेश ७ मा महिला ३ र अन्य ३ गरी ६ पदमा उम्मेदवारहरू निर्विरोध भएकाले अब दलित १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक १ गरी जम्मा २ पदमा निर्वाचन हुने भएको छ ।
माघ २४ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिएको छ । निर्वाचन चिह्न पाएसँगै उम्मेदवारहरूबाट निर्वाचन प्रचारप्रसार सुरु भैसकेको छ ।
प्रतिक्रिया