झुक्याएर भारत लान लागिएका १२ युवतीको उद्धार

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २४, २०७७
|
|
५० पटक हेरिएको
Shares
झुक्याएर भारत लान लागिएका १२ युवतीको उद्धार

सारांश

  • काठमाडौँ, २४ कात्तिकः विभिन्न बहाना र प्रलोभनमा लुकिछिपी भारतीय सीमासम्म पु¥याइएका १२ नेपाली युवतीको उद्धार भएको छ ।
  • कोराना महामारीको विषमस्थिति र बेरोजगारीको फाइदा उठाएर मानव बेचबिखनका लागि भारत लान लागिएको सूचनाका आधारमा ती युवतीको आफन्त नेपाल संस्थाको पहल र जिल्ला प्रहरी कार्यालय, पर्साको सहयोगमा उद्धार गरिएको हो ।
  • हाल उनीहरु सोही संस्थाको संरक्षणमा छन् ।

काठमाडौँ, २४ कात्तिकः विभिन्न बहाना र प्रलोभनमा लुकिछिपी भारतीय सीमासम्म पु¥याइएका १२ नेपाली युवतीको उद्धार भएको छ ।

कोराना महामारीको विषमस्थिति र बेरोजगारीको फाइदा उठाएर मानव बेचबिखनका लागि भारत लान लागिएको सूचनाका आधारमा ती युवतीको आफन्त नेपाल संस्थाको पहल र जिल्ला प्रहरी कार्यालय, पर्साको सहयोगमा उद्धार गरिएको हो । हाल उनीहरु सोही संस्थाको संरक्षणमा छन् ।

सिराहा र सर्लाहीमा स्टेज कार्यक्रममा नाच प्रदर्शन गर्ने भनी विभिन्न जिल्लाबाट पर्साको वैकल्पिक नाका हुँदै भारतसम्म पु¥याइएका ती युवतीको उद्धार गरिएको बताइएको छ । ती युवतीलाई स्टेज कार्यक्रममा नाच देखाउने र दैनिक रु दुई हजारका दरले रकम दिने भनी काठमाडौँको बालाजुबाट लगिएको थियो ।

पथलैयाको जङ्गलमा पुगेपछि उनीहरुलाई समूह विभाजन गरी नेपाल भारत सिमानामा पु¥याइएको थियो । सीमा कटाउने क्रममा चार जनालाई सीमा नाकाबाट र अन्य सात जनालाई भारतबाट उद्धार गरिएको हो । ती युवतीसँगै रहेका युवक पक्राउ परेका छन् ।

आफन्त नेपालका निर्देशक ईन्द्रराज भट्टराईले बेरोजगारीको चपेटामा परेर दैनिकी गुजार्न समस्या परेकाबाट फाइदा लट्न मानव तस्करहरु सक्रिय भइरहेका बेला आफूहरुले उद्धारमा काम गर्न पाएकामा खुशी व्यक्त गरे ।-रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफ्नै डिजिटल वालेट ल्याउँदै हाम्रो पात्रो
आफ्नै डिजिटल वालेट ल्याउँदै हाम्रो पात्रो
अार्इसियु मा रहेका देवकाेटालार्इ बावुराम भट्टरार्इले भेटेर के भने ?
सावधान पेट्रोल पम्पले ठग्न सक्छन्, यी ८ कुरामा ध्यान दिनुस्
सावधान पेट्रोल पम्पले ठग्न सक्छन्, यी ८ कुरामा ध्यान दिनुस्
२४ घन्टामा ४८ संक्रमित थप
२४ घन्टामा ४८ संक्रमित थप
मुखमा बुजो लगाइदिएर बोलाए शेरबहादुर देउवाले कांग्रेसको बैठक
मुखमा बुजो लगाइदिएर बोलाए शेरबहादुर देउवाले कांग्रेसको बैठक
धनुषामा बम विष्फोटमा इन्सपेक्टर सहित ३ को मृत्यु
धनुषामा बम विष्फोटमा इन्सपेक्टर सहित ३ को मृत्यु
राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्ने गरी संविधान संसोधनको तयारी, बामदेव गौतम प्रम बन्न सक्ने !
राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्ने गरी संविधान संसोधनको तयारी, बामदेव गौतम प्रम बन्न सक्ने !
राष्ट्रियसभा निर्वाचन : मतदान जारी, ८० प्रतिशत मत खस्यो
राष्ट्रियसभा निर्वाचन : मतदान जारी, ८० प्रतिशत मत खस्यो
लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
त्रिशूली नदीमा बस खस्यो : १९ जनाको शव भेटियो, २० भन्दा बढी हराएको अनुमान
त्रिशूली नदीमा बस खस्यो : १९ जनाको शव भेटियो, २० भन्दा बढी हराएको अनुमान