‘झुटो आरोप लगाएर घरबाट निकाला’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १७, २०७४
|
|
१९ पटक हेरिएको
Shares
‘झुटो आरोप लगाएर घरबाट निकाला’

सारांश

  • काठमाडौँ, १७ साउन ।
  • आफ्नै परिवारका मानिसले एक महिलालाई झुटो आरोप लगाई लछारपछार गरी घरबाट निकालिदिएको आरोप लगाइएको छ ।
  • स्थानीय स्वयम्भू बस्ने विमला गोदार थापालाई श्रीमान् दुर्गाबहादुर वैदेशिक रोजगारका लागि विदेशमा रहेका बेला विमलामाथि झुटा आरोप लगाई लछारपछार गरी सात जनाको समूहले आठवर्षीय छोरा दिवेशसहित घर निकाला गरिदिएको उनका आफन्तले बताएका छन् ।

काठमाडौँ, १७ साउन । आफ्नै परिवारका मानिसले एक महिलालाई झुटो आरोप लगाई लछारपछार गरी घरबाट निकालिदिएको आरोप लगाइएको छ ।
स्थानीय स्वयम्भू बस्ने विमला गोदार थापालाई श्रीमान् दुर्गाबहादुर वैदेशिक रोजगारका लागि विदेशमा रहेका बेला विमलामाथि झुटा आरोप लगाई लछारपछार गरी सात जनाको समूहले आठवर्षीय छोरा दिवेशसहित घर निकाला गरिदिएको उनका आफन्तले बताएका छन् ।

पीडितकी माइजू सुशीला थापाले आज पत्रकार सम्मेलन गरी निर्दोष महिलालाई विनाप्रमाण घरबाट निकालिएको भन्दै दोषीलाई तत्काल कारबाही गरी पीडितलाई बस्ने वातावरण बनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “विनाप्रमाण निर्दोष महिलालाई साँझमा घरबाट निकाल्नु कत्तिको न्यायोचित हो ?”

सुशीलाले तीन हप्तादेखि बच्चा विद्यालय जान नपाएको भन्दै तत्काल उसलाई पढ्न पाउने अधिकार मिलाउन समेत आग्रह गर्नुभयो । पीडितले आफूलाई सहज रुपमा बस्ने वातावरण मिलाउन माग गर्दै प्रहरीसमक्ष उजुरीसमेत दिएकी छन् ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले घरमा बस्ने वातावरण मिलाउन आफूहरु लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “घरमा बस्ने वातावरण नमिलाइए मुद्दा अदालत पठाउँछौँ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?