पोल गाडेको चारवर्ष बित्दा पनि बिजुली आएन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २७, २०७३
|
|
१८२ पटक हेरिएको
Shares
पोल गाडेको चारवर्ष बित्दा पनि बिजुली आएन

सारांश

  • कञ्चनपुरको शङ्करपुर–३ कञ्जमा पोल गाडिएको चारवर्ष बिते पनि अझैसम्म विद्युत् सेवा सञ्चालन हुन सकेको छैन ।
  • नेपाल विद्युत् प्राधिकरण वितरण शाखा कार्यालय महेन्द्रनगरले पोल गाडेको र तार तानेको भएपनि विद्युत् सेवा सञ्चालन नगर्दा यहाँका सातसय परिवार मार्कामा परेका हुन् ।
  • स्थानीय बासिन्दा भन्छन “पटकपटक प्राधिकरणको कार्यालयलाई विद्युत् सेवा सञ्चालन गरिदिन भन्दै आएका छौँ”“अझैसम्म विद्युत् सञ्चालन हुने टुङ्गो छैन ।

कञ्चनपुरको शङ्करपुर–३ कञ्जमा पोल गाडिएको चारवर्ष बिते पनि अझैसम्म विद्युत् सेवा सञ्चालन हुन सकेको छैन । नेपाल विद्युत् प्राधिकरण वितरण शाखा कार्यालय महेन्द्रनगरले पोल गाडेको र तार तानेको भएपनि विद्युत् सेवा सञ्चालन नगर्दा यहाँका सातसय परिवार मार्कामा परेका हुन् ।

स्थानीय बासिन्दा भन्छन “पटकपटक प्राधिकरणको कार्यालयलाई विद्युत् सेवा सञ्चालन गरिदिन भन्दै आएका छौँ”“अझैसम्म विद्युत् सञ्चालन हुने टुङ्गो छैन । ट्रान्सफर्मर आज ल्याउछौँ, भोलि ल्याउँछौँ भन्छन् कहिले आउने हो ।

विद्युत् सेवा नभएपछि यस क्षेत्रका बासिन्दाले अँध्यारोमै रात काट्नुपर्ने अवस्था रहेको छ । विद्युत् नहुँदा टुकी बालेर रातिका बेला उज्यालो गर्नुपर्ने भएकाले विद्यालय पढ्ने बालबालिका र गृहिणीमा श्वासप्रश्वासको समस्या देखापरेको लालसिंह रानाले बताए ।

दोदा नदीको बाढीले नौ वर्षअघि विस्थापनमा पारेपछि यस क्षेत्रका बासिन्दा यहाँ बस्दै आएका छन् । विद्युत् नहुँदा खेतमा सिँचाइ गर्न नसक्दा अन्नबाली र तरकारी बालीको उत्पादन सन्तोषजनक नहुने गरेको स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माथिल्लो तामाकोशीको आर्इपिओ खुल्यो, दोलखाबासीले काठमाण्डौंबाटै आवेदन दिन सकिने
माथिल्लो तामाकोशीको आर्इपिओ खुल्यो, दोलखाबासीले काठमाण्डौंबाटै आवेदन दिन सकिने
विप्लव कार्यकर्ताद्वारा मकवानपुरमा कार र ट्रकमा आगजनी
विप्लव कार्यकर्ताद्वारा मकवानपुरमा कार र ट्रकमा आगजनी
गोरखामा प्रत्येक घण्टामा मतगणना सार्वजनिक हुने
गोरखामा प्रत्येक घण्टामा मतगणना सार्वजनिक हुने
अयोग्य र इमानन्दार नभएको भन्दै पाकिस्तानी प्रधानमन्त्री विरुद्ध मुद्दा
अयोग्य र इमानन्दार नभएको भन्दै पाकिस्तानी प्रधानमन्त्री विरुद्ध मुद्दा
कर्णाली प्रदेशले बनायो उच्चस्तरीय बाढीपीडित समस्या समाधान समिति
कर्णाली प्रदेशले बनायो उच्चस्तरीय बाढीपीडित समस्या समाधान समिति
संसदीय दलको नेतामा चुनिए लामिछाने,सरकारबारे छलफल शुक्रबारको बैठकमा
संसदीय दलको नेतामा चुनिए लामिछाने,सरकारबारे छलफल शुक्रबारको बैठकमा
कपिलवस्तुमा औषधिको अभाव, बिरामी मर्कामा
कपिलवस्तुमा औषधिको अभाव, बिरामी मर्कामा
घोराही उपमहानगरमा एमाले विजयी
घोराही उपमहानगरमा एमाले विजयी
भदाै दुइ गतेदेखि SWe Canसरसफार्इ अभियान-२०७५ संचालन हुने
भदाै दुइ गतेदेखि SWe Canसरसफार्इ अभियान-२०७५ संचालन हुने
मालपोतका कर्मचारीको विषयमा छानबिन गर्न मन्त्री श्रेष्ठको निर्देशन
मालपोतका कर्मचारीको विषयमा छानबिन गर्न मन्त्री श्रेष्ठको निर्देशन