तुलसीपुर उपमहानगरको बजेटमा कृषकलाई पोशाकदेखि चक्रपथ निर्माणसम्म

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ११, २०७५
|
|
१७ पटक हेरिएको
Shares
तुलसीपुर उपमहानगरको बजेटमा कृषकलाई पोशाकदेखि चक्रपथ निर्माणसम्म

सारांश

  • तुलसीपुर, ११ असार ।
  • तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ को बजेट प्रस्तुत गरेको छ ।
  • उपप्रमुख माया आचार्यले १ अरब ५७ करोड ४१ लाख ९१ हजार २ सय ७ रुपैयाँको बजेट तेस्रो नगरसभाको दोस्रो बैठकमा पेश गरेकी हुन् ।

तुलसीपुर, ११ असार । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ को बजेट प्रस्तुत गरेको छ । उपप्रमुख माया आचार्यले १ अरब ५७ करोड ४१ लाख ९१ हजार २ सय ७ रुपैयाँको बजेट तेस्रो नगरसभाको दोस्रो बैठकमा पेश गरेकी हुन् ।

विनियोजित बजेटमा प्रशासनिकतर्फ ९.२ प्रतिशत र पूँजीगत विकास र वडास्तरीय पूर्वाधार विकासतर्फ ९०.८ प्रतिशत बजेट विनियोजन गरिएको छ । बजेटमा कृषि, पूर्वाधार विकास र शिक्षालाई प्राथमिकता दिइएको छ ।

सवै पक्षलाई सम्बोधन गरिएको भनिएको बजेटमा भौतिक पूर्वाधारतर्फ ३० करोड, चक्रपथ निर्माणका लागि प्रदेश सरकारको सहयोगमा ५ करोड, आधुनिक बधशाला र मिटमार्ट निर्माणका लागि २ करोड, तुलसीपुरमा तरकारी तथा फलफूल बजारका लागि २ करोड व्यवस्था गरिएको छ । यसैगरी दुर्गम क्षेत्रका वडा निर्धारण गरेर सबै वडाका लागि एकमुष्ट ४ करोड रकम विनियोजन गरिएको छ । यसैगरी भौगोलिक रुपले पछाडि परेका दुर्गम वडाका रुपमा १, ३, ४, १३ र १९ लाई तोकिएको छ ।

बजेटले कृषिलाई प्राथमिकतामा राखेको छ । तुलसीपुरलाई दूधमा आत्मनिर्भर बनाउन सार्वजनिक, निजी, सहकारी र समुदायको सहकार्यमा डेरी उद्योग सञ्चालनका लागि रु १ करोड विनियोजन गरिएको छ । उत्पादनलाई बढावा दिएर कृषिमा तुलसीपुरलाई आत्मनिर्भर बनाउन बजेटमा व्यवस्था गरिएको छ । कृषि अन्तर्गत व्यावसायिक कृषि तथा पशुपालनको विकास, व्यावसायिक किसान पोशाक तथा परिचयपत्र वितरण, व्यावसायिक फलफूल बगैचा निर्माण, बाह्रै महिना सिचाईं सुविधा उपलब्धता, शीत भण्डार निर्माण गर्नका लागि कृषि, पशुपालन र सिँचाई क्षेत्रमा एकमुष्ट रु ६ करोड रकम विनियोजन गरिएको छ । तुलसीपुरलाई फलफूलमा आत्मनिर्भर बनाउन निशुल्क विरुवा वितरण र अनुदानका लागि पनि बजेटमा रकम विनियोजन गरिएको छ ।

यसैगरी अध्ययन, अनुसन्धान र प्रविधिलाई प्रयोग गर्नका लागि निर्माण गरिने तुलसीपुर आविष्कार केन्द्रलाई रु २५ लाख विनियोजन गरिएको छ । यसैगरी सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनका लागि रु ३० लाख बजेट विनियोजन गरिएको छ । तुलसीपुरमा मेट्रो कलेज आगामी आर्थिक वर्षबाट सञ्चालन गर्नका लागि १ करोड रकम विनियोजन गरिएको छ ।

उपमहानगरको बजेट विगतमा भन्दा यसपटक विकासमा केन्द्रीत रहेको छ । यसअघि टुक्रा योजनामा धेरै रकम खर्च गरेको उपमहानगरले आगामी आर्थिक वर्षबाट गौरवपूर्ण योजनालाई बढी प्राथमिकता दिएको छ । बजेटमा थारु जातिमा रहेको सिकलसेल एनेमिया र वर्थडिफेक्ट सम्बन्धी अनुसन्धान र सचेतनाका लागि १६ लाख रकम छुट्याइएको छ भने राप्ती आँखा अस्पतालमा मोतिविन्दुको अपरेशनमा सहकार्य गर्नका लागि १५ लाख बजेट विनियोजन गरिएको छ ।

तुलसीपुरलाई प्रविधिसँग जोडेर १९ वटै वडाबाट इन्टरनेट सेवामार्पmत कार्यालयको काम गर्नका लागि ५० लाख बजेट विनियोजन गरिएको छ । तुलसीपुरमा साहित्य र संस्कृतिको विकासका लागि १० लाख विनियोजन गरिएको छ । ठूला गौरबका पूर्वाधार विकासका लागि निजी, सहकारी र समुदायसँग सहकार्य गरेर खानेपानी, बहुउद्देश्यीय तुलसी टे«ड टावर, पार्क लगायत अन्य पूर्वाधार विकासका लागि समपुरक कोषमा रु १० करोड रकम उपमहानगरले विनियोजन गरेको छ ।

बजेटमा नमुना कुरा
तुलसीपुर उपमहानगरपालिकाको आर्थिक वर्ष २०७५÷७६ को बजेटमा किसानको आत्मसम्मानका लागि कृषि पोशाकसँगै आविष्कार केन्द्र स्थापनासम्मका नमुना कामहरु रहेका छन् । फलफूल वर्षका रुपमा घोषणा गरेर बजेट विनियोजन हुनुका साथै स्मार्ट छोरी, इ गभर्नेन्स, बगर खेती, एनिमल एम्बुलेन्स लगायतमा निकै महत्वपूर्ण कुराहरु बजेटमा रहेका छन् । बजेटमा तुलसीपुरमा लगानी सम्मेलन गरेर लगानी भित्र्याउने काम गर्नेसम्मका कुराहरुलाई समेटिएको छ ।

नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको तेस्रो अधिवेशनको दोस्रो बैठकमा विनियोजन ऐन र आर्थिक ऐन पनि प्रस्तुत गरिएको थियो । बजेटका बारेमा छलफल गरेर असार अन्तिम सातासम्म पारित गर्ने उपमहानगरको योजना रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?