काङ्रेसका उम्मेदवारले मतगणनाका क्रममा मतपत्र चपाएपछि
सारांश
- जनकपुरधाम: नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको गृहनगर नगराईन नगरपालिकाको नगरसभा निर्वाचनमा उम्मेदवारले मतपत्र चपाएपछि विवाद भएको छ।
- नगरसभा सदस्यमा तीनवटा दलित वा अल्पसंख्यक सदस्यको छनौटका लागि आइतबार भएको निर्वाचनको मतगणना भइरहेका बेला कांग्रेसका उम्मेदवारले मतपत्र नै चपाएपछि तनाव उत्पन्न भएको हो ।
- कांग्रेसका उम्मेदवार सूर्यनारायण साहले एमालेका उम्मेदवार अरुणकुमार लालकर्णको मतपत्र हातमा लिएर खाएका हुन्।
जनकपुरधाम: नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको गृहनगर नगराईन नगरपालिकाको नगरसभा निर्वाचनमा उम्मेदवारले मतपत्र चपाएपछि विवाद भएको छ। नगरसभा सदस्यमा तीनवटा दलित वा अल्पसंख्यक सदस्यको छनौटका लागि आइतबार भएको निर्वाचनको मतगणना भइरहेका बेला कांग्रेसका उम्मेदवारले मतपत्र नै चपाएपछि तनाव उत्पन्न भएको हो ।
कांग्रेसका उम्मेदवार सूर्यनारायण साहले एमालेका उम्मेदवार अरुणकुमार लालकर्णको मतपत्र हातमा लिएर खाएका हुन्। मतगणनाको क्रम अन्तिम चरणमा रहँदा एमाले उम्मेदवारहरुले मतगणनाको क्रममा निर्वाचन अधिकृतले धाँधली गरेको आरोप लगाएपछि साहले मतपत्र मुखमा हालेका थिए।
उनले मतपत्र खान खोजेपछि निर्वाचन गराउन खटिएका कर्मचारीहरुले जेनतेन उनको मुखबाट आधा चपाईसकेको मतपत्र निकालेका थिए। त्यसपपछि दुईपक्षबीच विवाद भएको थियो। निर्वाचन अधिकृत दानिकान्त झाले तत्कालका लागि मतगणना रोकेका हुन्।
एमालेका तर्फबाट उम्मेदवारहरु अरुणकुमार लाल कर्ण, सुरज पण्डित र कञ्चन मण्डलले जित्न लागेको थाहा पाएपछि कांग्रेसका उम्मेदवारले मतपत्र खाएको एमालेका नेताहरुले आरोप लगाएका छन्। यता, मतपत्र खाने कांग्रेसी उम्मेदवारलाई प्रहरीले नियन्त्रणमा लिईसकेको धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी गराएका छन्।
Yagna Kandel
देश खानि लै मतपर किन नखाऑश
Chiranjibi Kandel
Desta emale le khana laye dai congresses le k ko khani chor comnist haru ek bhsyera des rittauna lage