म एक अपरिपक्व मतदाताको साविती बयान

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १६, २०७५
|
|
३३ पटक हेरिएको
Shares
म एक अपरिपक्व मतदाताको साविती बयान

सारांश

  • निर्मल भट्टराई नेपाली समाज अर्काको आलोचना गर्न र सुन्न रमाउने समाज हो ।
  • हरेक चोक, गल्ली, चियापसल, रेस्टुराँ, भट्टी पसल , पनेरो,सरकारी अफिस, मेलापात, अस्पताल, विद्यालय लगायत जहींतहीं अरुको कुरा काटेको सुन्न पाइन्छ ।
  • सबभन्दा बढी सरकार र नेताको आलोचना गरिन्छ, कुरा काटिन्छ ।

निर्मल भट्टराई

नेपाली समाज अर्काको आलोचना गर्न र सुन्न रमाउने समाज हो । हरेक चोक, गल्ली, चियापसल, रेस्टुराँ, भट्टी पसल , पनेरो,सरकारी अफिस, मेलापात, अस्पताल, विद्यालय लगायत जहींतहीं अरुको कुरा काटेको सुन्न पाइन्छ । सबभन्दा बढी सरकार र नेताको आलोचना गरिन्छ, कुरा काटिन्छ । सरकारले गरेको कमजोरीको संसदमा वा जनताको लेवलमा आलोचना त संसारभरिकै प्रचलन हो तर यहाँ अचाक्ली नै हुने गरेको छ । आलोचना गर्नुभन्दा आत्माआलोचना गर्नु निक्कै कठिन छ । आज सबै नेता कार्यकर्ता र जनताले आफूले परम्परागतरुपमा गर्दै आएको कमजोरीको आत्म अनुभूति गरेपछि मात्र सही ठाउँमा पुग्न सकिन्छ । नेपाली जनता, जसले देशको इतिहासको निर्माण गरेका छन् । नेता र नेतृत्वको निर्माण गरेका छन् र गम्भीर परम्परागत गल्ती दोहोयाउँदै आएका छन् पनि । अरुलाई चोर औंला ठड्याउँदा आफूतिर तीन औंला फर्किएका हुन्छन् भनिन्छ । जनता अर्थात मतिर ठडिएका औलाको चर्चा किन नगर्ने ?

१) म आश्वासनको आधारमा नेता र पार्टीलाई भोट हाल्छु, आश्वासनलाई यथार्थतामा खोज्दिन । अर्को चुनावमा नयाँ नयाँ गुलिया आश्वासन पछि पछि दगुर्छु । देशको नीतिगत र संरचनागत परिवर्तन गर्न योगदान गर्ने, सही राजनीतिक सिद्धान्तको पक्षपोषण गर्नेलाई भन्दा कालो धन खर्चिएर डन, गुण्डा अगाडि पछाडि लगाएर हिड्नेलाई नेता मान्छु । वाह वाह गर्छु ।

२) चुनावमा बढी पैसा खर्च गर्नसक्ने उम्मेद्वारलाई राम्रो उम्मेद्वार ठान्छु । पैसा खर्च गर्न नसक्नेले राजनीतिमा नआए हुन्छ भनेर निम्न वर्गबाट राजनीतिमा आएका वा आउन चाहनेलाई पटक—पटक निराश पार्छुं । सर्वहाराको राजनीतिमा सर्वहाराचाहिं पस्नै नपाउने पसेका पनि बस्नै नपाउने परिस्थितिको टुलुटुलु हेरिहन्छु !

३) म एउटा सामान्य हैसियत भएको नेता शक्तिमा पुग्नेबित्तिकै करोडौं सम्पत्तिको मालिक भएको देख्दा उसको सम्पत्तिको स्रोत के हो भनेर खोजीनीति गर्दिन बरु “मौकामा चौका हानेछ” भनेर उसैको तारिफ गर्छु । आलोचनात्मक चेतलाई लुकाएर चाप्लुसी चेत प्रदर्शन गर्छु ।

४) म कम्तीमा पाँच बर्ष चल्ने स्थिर सरकार बनाउन भोट माग्छु । भोट हाल्छु । तर सरकार बनेको पाँच महिना पनि नपुग्दै सरकारको उछित्तो काढ्न थाल्छु । ताल परे विभिन्न बहानामा सरकारको विरोधमा सडकमा निस्कन्छु । पाँच महिनाअघि महान मानिएको अमुक नेतालाई उसको कुनै ब्लण्डरबिना तारो हान्ने साधन बनाउँछु । पार्टीभित्र गुटीय दबाब सिर्जना गर्छु ।

५) म बाग्मती नदी सफाई अभियान, हनुमन्ते सफाई अभियान, नगर सफाई अभियान लगायतका अभियानमा सरिक हुन्छु । नेताहरुसँग सेल्फी खिच्छु तर आफ्नो घरबाट निस्कने फोहर सुटुक्क तिनै खोला वा राजमार्ग वा सार्वजनिक स्थानमा यत्रतत्र फालिदिन्छु ।

६) म उही किसिमको निर्माण सामग्री प्रयोग गरेर आफ्नो घर पचास बर्ष टिक्ने बनाउँछु । तर आफू उपभोक्ता समितिको अध्यक्ष वा ठेकेदार भएर सरकारी बजेट खर्च गरेर आफ्नो घर अगाडिको सार्वजनिक बाटो चाहीँ पचास दिन पनि नटिक्ने बनाउँछु ।

७) म “सरकारले राम्रो नियम कानून बनाउन सकेन” भनेर खुब आलोचना गर्छु तर बनेका नियम कानूनको पालना गर्नु परे आफूलाई निम्छरो भएको महसुस गर्छु । म मापदण्ड मिचेर घर बनाउँछु र नगरपालिकाको कुनै पदाधिकारीले घुस खाएर नक्सा पास गराउन सके गौरवान्वित हुने र मापदण्ड विपरीत नक्सा पास नगर्ने पदाधिकारीलाई “चोर डाका”भन्दै सराप्छु ।

८) म आफ्ना बालबच्चालाई महङ्गा निजी स्कुलमा पढाउँछु तर सरकारी स्कुलको व्यवस्थापन समितिमा पदाधिकारी वा सदस्यमा बस्न मरिहत्ते गर्छु ।

९) म आफूलाई सर्वश्रेष्ठ ठान्दछु । सरकार, संसदभन्दा ठूलो ठान्दछु । “मेरो कुरा लागू भएन भने मरिदिन्छु” भनेर अड्डी कस्छु, अनसन बस्छु ।

१०) म कुनै सार्वजनिक वा सामाजिक काम गर्नु परेमा “यसबाट मलाई के कति फाइदा हुन्छ” बाट सोच्न थाल्छु । सकेसम्म आफ्नो भाग पहिल्यै छुट्याएरमात्र काम शुरु गर्छु ।

११) म ट्राफिक जाम भएको मन पराउँदिन । आफू जाममा परे खुइ..य, खुइ..य गर्छु तर ट्राफिक नियम र सडक नियम उलङ्घन गरेर आफैं ट्राफिक जाम गराइरहेका हुन्छु ।

१२) म देश आत्मनिर्भर होस् भन्ने चाहन्छु तर देशलाई आत्मनिर्भर बनाउन मजबुत राष्ट्रिय ढुकुटी बनाउने प्रगतिशील कर प्रणाली मन पराउँदिन ।

१३) म “यो देशमा जंगबहादुर नजन्मी केही हुँदैन” जस्ता महान तर्क गर्छु तर सरकारले केही अति आवश्यक नियम कानुनमा कडाई गर्यो भने “तानाशाही जन्म्यो” भनेर सडक तताउँछु ।

कमजोरी नगर्ने असल नागरिक उल्लिखित “म”भित्र पर्दैनन् । यहाँ त केही आम मनोवृत्तिको मात्र चर्चा गरिएको हो । यहाँ सरकारका वस्तुपरक कमीकमजोरीको आलोचना र विरोध गर्नु हुँदैन भन्न खोजिएको पटक्कै होइन । जनताको तहमा देखिने यस्ता कमजोरी नहटेसम्म समाजको अग्रगामी रुपान्तरण केवल प्राज्ञिक बहसमात्र हुनेछ । आर्थिक समृद्धिको नाराको विचल्ली हुनेछ । नेतृत्वको कार्यशैलीमा मात्र होइन, जनताको मनोवृत्तिमा परिवर्तन नआए जुनसुकै सिद्धान्त बोकेको, जतिसुकै स्थिर र प्रतिबद्ध सरकार आए पनि देशको मुहार तत्काल फेरिने कल्पना गर्न सकिदैन । किनभने नेता जनताले बनाउने हो, गड्यौला बर्सेजस्तो नेता आकाशबाट बर्सने होइन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Shilpa Shetty, Kangana Ranaut and other b-town celebs showcasing their best yoga skills
Shilpa Shetty, Kangana Ranaut and other b-town celebs showcasing their best yoga skills
प्रधानमन्त्रीसँग संवैधानिक आयोगका अध्यक्षहरूद्वारा भेट
प्रधानमन्त्रीसँग संवैधानिक आयोगका अध्यक्षहरूद्वारा भेट
डान्सबार तथा दोहोरी साँझमा किसोरीमाथि यौन शोषण, ३९ जना किशोरीहरूको उद्धार !
डान्सबार तथा दोहोरी साँझमा किसोरीमाथि यौन शोषण, ३९ जना किशोरीहरूको उद्धार !
दार्चुलामा जिप दुर्घटनामा मृत्यु
दार्चुलामा जिप दुर्घटनामा मृत्यु
पहिचानको राजनीति होइन, भँडुवा नीति हो : केपी ओली
पहिचानको राजनीति होइन, भँडुवा नीति हो : केपी ओली
गैरजिम्मेवार अभिव्यक्तिले विपक्षीको घेरामा प्रधानमन्त्री
गैरजिम्मेवार अभिव्यक्तिले विपक्षीको घेरामा प्रधानमन्त्री
नेपालको सडकमा भारतको स्वार्थः बाइरोडको घुम्तीदेखि बीपी राजमार्गसम्म
नेपालको सडकमा भारतको स्वार्थः बाइरोडको घुम्तीदेखि बीपी राजमार्गसम्म
ओम अस्पतालको सञ्चालक समितिको अध्यक्षमा उद्धव पौडेल सर्वसम्मत चयन
ओम अस्पतालको सञ्चालक समितिको अध्यक्षमा उद्धव पौडेल सर्वसम्मत चयन
नागरिकलाई समृद्धिको अनुभूति दिलाउन सरकार क्रियाशील रहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ
नागरिकलाई समृद्धिको अनुभूति दिलाउन सरकार क्रियाशील रहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ
सलमान खान: सय कराेड क्लबका अनवरत सदस्य
सलमान खान: सय कराेड क्लबका अनवरत सदस्य

तपाईंले छुटाउनुभयो कि?