टिकापुर घटनामा रेशम चौधरीलाई जन्मकैद फैसला
सारांश
- काठमाडौं।
- टिकापुरमा सुरक्षा अधिकारीसहित नौजनाको हत्या भएको अभियोगमा जिल्ला अदालत कैलालीले रेशम चौधरीसहित १२ जनालाई जन्मकैद फैसला गरेको छ।
- जिल्ला न्यायाधीश परशुराम भट्टराईको इजलासले यस्तो फैसला गरेको हो।
काठमाडौं। टिकापुरमा सुरक्षा अधिकारीसहित नौजनाको हत्या भएको अभियोगमा जिल्ला अदालत कैलालीले रेशम चौधरीसहित १२ जनालाई जन्मकैद फैसला गरेको छ।
जिल्ला न्यायाधीश परशुराम भट्टराईको इजलासले यस्तो फैसला गरेको हो। यस्तै उक्त घटनामा ३ जनाले फैसला पाएका छन्।
थरुहटरथारूवान आन्दोलनका क्रममा २०७२ भदौ ७ गते नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एक बालक गरी नौ जनाको ज्यान गएको थियो।
घटनामा संलग्न रहेको आशंकामा कैलाली निर्वाचन क्षेत्र १ का प्रतिनिधि सभा सदस्य रेशमलाल चौधरी सहित ५८ जना विरुद्ध कैलाली प्रहरीले कर्तव्य ज्यान, डाका चोरी तथा ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर गरेको थियो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया