टाउकोमा हानेर दुवै आँखा झार्नेलाई ८ वर्ष जेल
सारांश
- काठमाडौं ।
- जिल्ला अदालत धादिङले टाउकोमा हानेर दुवै आँखा झार्नेलाई ८ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना फैसला सुनाएको छ ।
- जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले सोमबार कुटपीट गरी दुवै आँखा झारिदिएका थाक्रे गाउँपालिका–१ का १७ वर्षीय एकबहादुर खड्कालाई ८ वर्ष कैद गरी ३ लाख रुपियाँ जरिवाना फैसला गरेको हो ।
काठमाडौं । जिल्ला अदालत धादिङले टाउकोमा हानेर दुवै आँखा झार्नेलाई ८ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले सोमबार कुटपीट गरी दुवै आँखा झारिदिएका थाक्रे गाउँपालिका–१ का १७ वर्षीय एकबहादुर खड्कालाई ८ वर्ष कैद गरी ३ लाख रुपियाँ जरिवाना फैसला गरेको हो ।
एकबहादुरले २०७४ कात्तिक १० गते आफ्नै गाउँका ६६ वर्षीय रुद्रबहादुर परियारलाई कुटपिट गरेका थिए । परियारलाई पछाडिबाट टाउकोमा हान्दा दुवै आँखा झरेको थियो ।
अभियुक्तबाट जरिवाना तिरेको रकम पीडितलाई दिने गरी फैसलामा उल्लेख गरिएको जिल्ला अदालतले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया