सोनाक्षी सिन्हा विवादमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ६, २०७६
|
|
१९ पटक हेरिएको
Shares
सोनाक्षी सिन्हा विवादमा

सारांश

  • मुम्बई।
  • सोनाक्षी सिन्हाको फिल्म खानदानी शफाखाना विवादमा परेको छ।
  • दिल्लीका सेक्सोलोजिस्ट डा.

मुम्बई। सोनाक्षी सिन्हाको फिल्म खानदानी शफाखाना विवादमा परेको छ। दिल्लीका सेक्सोलोजिस्ट डा. बिजय एबटले उच्च अदालतमा स्टे अर्डर दाबी गर्दै निवेदन दिएका छन्। जसमा उनले फिल्ममाथि रोक लगाउन माग गरेका छन्। डा. बिजयले टी सीरीज र फिल्मका निर्देशकलाई पनि सूचना पठाएका छन्। फिल्मका निर्देशन शिल्पी दासगुप्ताले गरेका छन् भने फिल्म निर्माता टीसीसीज हो।

यो फिल्म दुई अस्गटमा रिलीज हुँदैछ। भारतीय संचारमाध्यमका अनुसार डा. बिजयले सेन्सर बोर्ड अफ फिल्म सर्टीफिशेकनलाई पनि पत्र पठाएका छन्। यो पत्र विजयका कानुनी सल्लाहकार सिंह एण्ड एसोसिएट्सले पठाएका हुन्। १८ जुलाइमा पठाएको पत्रमा डा विजयका बुवा डा हकिम हरि किशन लालका चर्चित र ख्यातिप्राप्त पारम्परिक

खानदानी शफाखानालाई अवैध तरिकाले प्रयोग गरिएको उल्लेख गरेका छ र यसले कपी राइटको उल्लंघन गर्ने बताएका छन्। डा. बिजय सेक्सोलोजिस्ट डा. हकिम हरि किशनलालका छोरा हुन्। सोनाक्षीले यो फिल्ममा सोक्सोलोजिस्टको भूमिका निर्वाह गरेकी छन्। र, उनी फिल्ममा खानदाी शफाखाना नामको एक क्लिनिक चलाउँछिन्।

पोखरीमा डुबेर तीन युवतीको मृत्यु
लमही।दाङमा पोखरीमा डुबेर तीन किशोरीको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१८ स्थित कटुवा खोला किनारमा सिँचाइका लागि निर्माण गरिएको पोखरीमा नुहाउने क्रममा डुबेर तीन किशोरीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार आइतबार साँझ ७ः४५ बजेतिर पोखरीमा नुहाउने क्रममा घोराही उपमहानगरपालिका–१८ अम्बापुर निवासी १९ वर्षीया वसन्ता विक, घोराही–१८ सालघारी निवासी १९ वर्षीया झरणा विक र झरनाकी १६ वर्षीया बहिनी अमृताको मृत्यु भएको हो।

उनीहरुलाई पोखरीमा डुबेको अवस्थामा प्रहरीले उद्धार गरी उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको थियो । प्रतिष्ठानमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले बताएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शाहले बताए।

भारतीय गुप्तचर संस्था रअ का प्रमुख समान्तकुमार गोयल नेपालमा
काठमाडौं। भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख समान्तकुमार गोयल आइतबार नेपाल आएका छन्। गोयलसहित पाँच जनाको टोली आइतबार दिउँसो काठमाडौं आएको हो।

गोयल नेतृत्वको टोली पाँचदिने भ्रमणका लागि नेपाल आएको सुरक्षा निकायको उच्चस्रोतले जनाएको छ। ‘तत्कालका लागि पाँच दिन नेपाल बस्ने सूचना प्राप्त भएको छ’, त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल स्रोतले भन्यो– ‘उहाँहरुको नेपाल बसाइ अझ लम्बिन सक्ने बुझेका छौं।’

रअ प्रमुख गोयलसहितको टोली बौद्धस्थित हायात होटलमा बसेको छ। सो होटलको कोठा नं ३ सय २४ नम्बर गोयलका लागि बुकिङ भएको बताइएको छ। गत महिना रअ प्रमुख नियुक्त भएपछि गोयलको यो पहिलो नेपाल भ्रमण हो। उनी यसअघि पनि रअका विशेष सचिवका रुपमा कार्यरत थिए। भ्रमण टोलीमा रअको राजनीतिक ब्युरो नियाल्ने पदाधिकारीसमेत संलग्न भएको बताइएको छ।

नेपाल समाचारपत्र दैनिकका अनुसार रअ टोलीले सत्तारूढ दलका नेता र प्रतिपक्षी नेपाली कांग्रेससहित नेतासँग पनि भेटघाट गर्ने स्रोतले जनाएको छ। नेपालका नेतासँग रअ अधिकारीहरुले होटलमै भेटवार्ता गर्ने वातावरण मिलाइएको सुरक्षा निकायले जनाएको छ। ‘अहिले साँझसम्म कोही नेता भेटघाटमा आइपुगेका छैनन्, भेटघाट भरे राति हुन सक्छ’ –सुरक्षा निकायको उच्च स्रोतले आइतबार साँझ बतायो।

गच्छादार किन गए भारत र अमेरिका ?
नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छेदार भारत र अमेरिकाको भ्रमण पूरा गरी ५ साउनमा फर्किएका छन् । व्यक्तिगत भ्रमणमा निस्किएका उनले दुवै देशमा केही महत्वपूर्ण भेट गरेका छन् ।

स्थलमार्ग हुँदै भारत पुगेर गच्छेदारले महत्वपूर्ण भेट गरेका हुन् । उनी केहीहप्ता पहिले काकडभिट्टाको मार्ग हुँदै बागडोरा एयरपोर्टबाट दिल्ली पुगेका थिए । त्यहाँबाट धार्मिक कार्यक्रममा सहभागी भई केही राजनीतिक भेट गर ।
यो पनि पढ्नुहोस्

दिल्लीबाट अमेरिका पुगेका उनले त्यहाँ पनि केही महत्वपूर्ण भेट गरेको बुझिएको छ । अमेरिकाबाट पुनः भारत आई फेरि केही भेटहरु गरे । गच्छेदारको भ्रमण अर्थपूर्ण रह्यो ।

भारतमा रहँदा गच्छेदारले सत्तारुढ भारतीय जनता पार्टीका नेता देखि भारतीय सरकारी अधिकारीहरुसँग भेटेका छन् । काठमाडौं फर्कंदा उनी निकै उत्साही भए । यद्यपि, उनीविरुद्ध बालुवाटारको जग्गा प्रकरणमा भूमिका खेलेको आरोप लागेको थियो ।

गच्छेदारबारे अख्तियारले बयानका लागि बोलाउँदा वेपत्ता भएको सम्मको आारेप लाग्दा उनी टुप्लुक्क काठमाडौं उत्रिए, त्यो पनि त्रिभुवन विमानस्थलको भीआइपी कक्षबाट । उनले आफू बालुवाटार जग्गा प्रकरणमा संलग्न नभएको र अख्तियारलाई सहयोग गर्न तयार भएको अभिव्यक्ति दिए ।

गच्छेदार विराटनगर पुगेर सिधै झापाको काकडभिट्टा नाका कटेर बागडोरा एयरपोर्ट पुगे । त्यहाँबाट दिल्ली पुगेका उनी केह धार्मिक कार्यक्रममा सहभागी भए । भारतका धर्मगुरु श्री श्री रविशंकरलाई गच्छेदारले भेटे । रविशंकर धर्मगुरु मात्र नभई भारतको राजनीतिक र कर्मचारीतन्त्रसम्म बलियो पहुँच भएका व्यक्ति हुन् ।

रविशंकरको माध्यमले उनले केही महत्वपूर्ण भेट गरे । स्रोतका अनुसार गच्छेदारले सत्तारुढ भारतीय जनता पार्टी र राष्ट्रिय स्वयंसेवक संघका प्रभावशाली पदाधिकारीहरुसँग भेटेका छन् । विशेषगरी हिन्दु धर्मसँग नजिक संघसंस्थाका गुरु तथा पदाधिकारीसँग उनको भेट अर्थपूर्ण रहेको छ । उनीहरुले नेपालमा धार्मिक मुद्यामा चासो व्यक्त गरेका थिए ।

भारतीय जनता पार्टीका नेताहरुबाट नेपालमा हन्दु अधिराज्य कायम हुनुपर्ने विषय उठिरहँदा भारत पुगी गच्छेदार धार्मिक कार्यक्रममा सहभागी हुनुले निकै महत्व राख्छ । उनले धार्मिक मुद्यामा चासो राख्नेहरुसँग भेट्नु अर्थपूर्ण छ ।

नेपाली काँग्रेसभित्र पनि हिन्दु राज्यको मुद्या जर्बजस्त उठिरहेको छ । यसलाई अझ बलियो बनाउन नेपाल र भारत दुवैतरका शक्त सक्रिय रहँदै आएका छन् । गच्छेदार धार्मक कार्यक्रम र धार्मिक गुरुहरुसँग भेट्नुले यो मुद्यामा कत्तिको असर पर्छ हेर्न बाँकी छ ।

राजनीतिमा यु(टर्न हुनसक्ने गच्छेदार धर्मको मुद्यामा मौन रहँदै आएका छन् । उनले भारत पुगी धार्मिक संघसंस्थाका नेताहरुसँग भेटेपछि चाल्ने कदमबारे चासो बढ्न सक्छ ।

प्रष्ट बोल्ने र कडा शैलीका गच्छेदार राजनीतिक सहमति र सत्ताको अंकगणित मिलाइदिनसक्ने नेता हुन् । उनले विगतमा नमिलेका कतिपय शक्तिलाई मिलाएका थिए । विदेश सम्बन्धमा कमजोर देखएका गच्छेदारले यसपटक भारत पछि अमेरिका भ्रमण गरेर विदेश सम्बन्ध बलियो बनाउन खोज्दैछन् ।

भारतबाट गच्छेदार सिधै अमेरिका गए । उनको अमेरिका भ्रमण छोरा भेट्नका लागि भनिएपनि राजनीतिक उद्देश्य समेत रहेको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?