टिपरकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सारांश
- हेटौडा,२० साउन ।
- हेटौडा उपमहानगरपालिका १७ गैरिगाउमा हेटौडाबाट गैरीगाउतर्फ गैरहेको ना ७ ख ७३२३ नम्बरको टिपरले त्यहि दिशातर्फ गैरहेको बा ४२ प ७०७० नम्बरको मोटरसाइकललार्इ ठक्कर दिँदा मोटरसार्इकल चालकको मृत्यु भएको छ।
- मृतककाे चुरेहिल अस्पतालमा उपचारमा लाने क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
हेटौडा,२० साउन । हेटौडा उपमहानगरपालिका १७ गैरिगाउमा हेटौडाबाट गैरीगाउतर्फ गैरहेको ना ७ ख ७३२३ नम्बरको टिपरले त्यहि दिशातर्फ गैरहेको बा ४२ प ७०७० नम्बरको मोटरसाइकललार्इ ठक्कर दिँदा मोटरसार्इकल चालकको मृत्यु भएको छ। मृतककाे चुरेहिल अस्पतालमा उपचारमा लाने क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
कान्तिलोकपथ अन्तर्गत पर्ने सो ठाउमा मृत्यु हुने स्थानीय २६ बर्षिय टंक न्यौपाने रहेका छन् भने पछाडी सवार निजको बहिनि सरिता न्यौपानेलार्इ उपचारको लागि भरतपुरमा लागिएको छ। अहिले पछिल्लो समयमा टिपरको ठक्करबाट धेरैको ज्यान गैसकेको छ। टिपर चालकले बढी टिप गर्दा भत्ता पनि बढी पाइने कारणले अत्याधिक स्पिड हुने र जसको कारण दुर्घटना बढी हुने गरेको एक व्यवसायी बताउछन। अत्याधिक स्पिडको कारण टिपरले बिधुतको पोलमा समेत ठक्कर दिएको छ भने चालक फरार रहेका छन्।
प्रतिक्रिया