टी-२० विश्वकपको सुपर आठका आज दुई खेल हुँदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ७, २०८१
|
|
३३ पटक हेरिएको
Shares
टी-२० विश्वकपको सुपर आठका आज दुई खेल हुँदै

सारांश

  • काठमाडौं।
  • जारी आइसीस टी-२० विश्वकप अन्तर्गत आज दुई खेल हुँदै छन्।
  • आज पहिलो खेल अस्ट्रेलिया र बंगलादेशबीच खेल हुँदै छ।

काठमाडौं। जारी आइसीस टी-२० विश्वकप अन्तर्गत आज दुई खेल हुँदै छन्। आज पहिलो खेल अस्ट्रेलिया र बंगलादेशबीच खेल हुँदै छ। एन्टीगास्थितसर भिभीयन रिचार्ड्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६; १५ बजेदेखि शुरु हुँदै छ।

जारी विश्वकपमा अस्ट्रेलियाले समूह चरणका चारै खेल जितेर सुपर आठमा पुगेको हो। त्यस्तै बंगलादेशले भने समुह चरणमा तीन खेल जितेर सुपर आठमा पुगेको हो। सेमिफाइनलको दौडका लागि सुपर आठको समुह एक मा रहेका दुवै देशका लागि यो खेल महत्वपूर्ण रहेको छ।

अहिलेसम्म अस्ट्रेलिया र बंगलादेशबीच कुल १० टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन्। जसमा अस्ट्रेलियाले ६ खेल जितेको छ भने बंगलादेशले ४ खेल जितेको छ।

त्यस्तै आज दोस्रो खेल सुपर आठको समूह २ मा रहेका ईङ्ल्याण्ड र दक्षिण अफ्रिकाबीच खेल हुँदै छ। सेन्ट लुसियास्थित डारेन सामी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुने छ।

यस विश्वकपको सुपर आठको खेलमा ईङ्ल्याण्ड र दक्षिण अफ्रिकाले आ-आफ्नो पहिलो खेल जितेका छन्। पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई र ईङल्याण्डले वेस्ट इन्डिजलाई पराजति गरेको छ । यो खेलमा जित हासिल गर्ने देशले सेमिफाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाउने छ।

ईङ्ल्याण्ड र दक्षिण अफ्रिकाबीच अहिलेसम्म कुल २५ टी-२० खेल भएका छन्। जसमा दुवैले १२-१२ खेल जितेका छन् भने एक खेलको नतिजा आएको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?