कसरी बित्यो प्रधानमन्त्री ओलीको एक महिना ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ८, २०७४
|
|
३८ पटक हेरिएको
Shares
कसरी बित्यो प्रधानमन्त्री ओलीको एक महिना ?

सारांश

  • केपी ओली प्रधानमन्त्री बनेको एक महिना पूरा भयो ।
  • कार्यदिनलाई छाड्ने हो भने पनि ओलीले काम गर्ने पच्चीस दिन पाइसकेको मान्नुपर्छ ।
  • यो एक महिनामा ओलीले केके गरे ?

केपी ओली प्रधानमन्त्री बनेको एक महिना पूरा भयो । कार्यदिनलाई छाड्ने हो भने पनि ओलीले काम गर्ने पच्चीस दिन पाइसकेको मान्नुपर्छ । यो एक महिनामा ओलीले केके गरे ? उनले मन्त्रिमण्डल विस्तार गरे । यही हो मुख्य काम । संविधान अनुसार ६० महिनाका लागि प्रधानमन्त्री बनेका ओलीले एक महिना खर्च गरिसकेका छन् । बाँकी रहेको ५९ महिनामा उनले केके गर्लान् ?

कोही मन्त्री भन्छन् पाच वर्षमा काठमाडौंमा मास्क लगाएर हिंड्न नपर्ने बनाउँछौं । कोही मन्त्री भन्छन्, पाच वर्षमा रेल ल्याइसक्छौं । मन्त्रीपिच्छेका गर्न सक्ने नसक्ने भनाई सार्वजनिक भएका छन् । तिनले गरेका घोषणा पूरा हुने हो भने निश्चित छ, नेपाल छिट्टै स्वर्ग बन्नेछ । तर, भन्नु र गर्नु फरक कुरा हो । भन्न सजिलो छ, गर्न गाह्रो छ । केपी ओलीले उपप्रधानमन्त्री बनाउँदिन भने । भनेको कुरा पूरा गरे । उपप्रधानमन्त्री नबनाएर राम्रो काम गरे । तर, यसको साइड इफेक्ट देखियो । मन्त्रालयको संख्या थपे । उपप्रधानमन्त्री बनाउ“दिन भनेर अड्न सक्ने ओली मन्त्रालय थप्ने मामिलामा चाहिं ७२ घण्टा पनि अड्न सकेनन् । यसको अर्थ हो, ओलीलाई सजिलो छैन प्रधानमन्त्री पदमा बसेर काम गर्न ।

वास्तवमा सजिलो काम होइन पनि प्रधानमन्त्री पद चलाउन । ओलीले दुईटा मधेसवादी दललाई सरकारमा ल्याउने भनेका छन् । तिनलाई कहिले सरकारमा ल्याउँछन् थाहा छैन । राजपा र फोरमलाई सरकारमा ल्याउनुको उपादेयता र औचित्य पनि खुलाएका छैनन् ।

यो एक महिनामा ओलीले ठोस केही गरेका छैनन् । शायद केही गर्ने ठोस योजना बुनिरहेका छन् । हेक्का रहोस्, ६० महिनामध्ये एक महिना खर्च भइसक्यो । हो, यो एक महिनामा ओलीले केही गर्ने लक्षण देखाएका छन् । उनले विगतका सरकारहरुको जस्तो लुट अभियान नचलाउने लक्षण देखाए । यो एक महिनामा ओलीले कुनै चमत्कार गरेका छैनन् तर भ्रष्ट बन्दिन भनेका छन् । र, त्यो अनुसारको व्यवहार पनि देखाउन थालेका छन् । हुन त प्रधानमन्त्री पद चलाउन जति गाह्रो छ त्योभन्दा कम गाह्रो छैन भ्रष्ट नबन्न ।

किनभने सिंहदरबार र बालुवाटार युगौंदेखि भ्रष्टहरुको विशाल र शक्तिशाली घेराभित्र परेको छ । यो घेराबाट उम्कन सजिलो छैन । विगतका प्रधानमन्त्रीहरुलाई पनि सजिलो भएन, ओलीलाई पनि सजिलो हुने छैन । यद्यपि ओलीले भ्रष्टतन्त्रको घेराबाट उम्किने मात्र होइन, भ्रष्टतन्त्रलाई नसहने समेत भनिसकेका छन् ।

ओलीले आगामी दिनमा के गर्छन् ? अहिलेसम्म कुनै लोकप्रिय कार्यक्रम घोषणा गरेका छैनन् । संसदमा दिएको भाषणमा उनले कुनै बेग्लै लोकप्रिय कार्यक्रम नल्याउने, चुनाव घोषणापत्रलाई नै कार्यान्वयन गर्ने स्पष्ट संकेत दिएका छन् । अनि, उनले खटाएको ठाउँमा जान नमान्ने कर्मचारीलाई गोल्डेन ह्याण्डसेकबाट विदा नगरेर कारवाही गर्ने भनेका छन् । कर्मचारीलाई कारवाही गर्न सजिलो छैन । किनभने नेपालमा कर्मचारीभित्रको माफियातन्त्र र युनियनतन्त्र बहुत बलियो छ । ओलीले आगामी ५९ महिना राम्रोसंग काम गर्ने हो भने कर्मचारीतन्त्रलाई ठीक ठाउँमा ल्याउन सक्नुपर्छ ।

मन्त्रिपरिषद् मनखुसी बनाएपनि ओलीलाई पार्टीभित्रका नेताहरुबाट पूरै सहयोग मिलिरहेको देखिन्छ । मन्त्रिमण्डल विस्तारमा गुटले प्राथमिकता पाएपछि असन्तुष्टि स्वाभाविक हो । मन्त्रिमण्डल बनाउँदा सबै अट्दैनन्, सबै नअटेपछि विरोध हुनु र असन्तुष्टि हुनु स्वाभाविक नै हो । मन्त्रिमण्डल विस्तारमा त्यति ठूलो असन्तुष्टि सुनिएन, एमाले पार्टीभित्रबाट खास विरोध पनि सार्वजनिक भएको छैन । यसको अर्थ हो पार्टीभित्रबाट ओलीलाई पूर्ण सहयोग मिलिरहेको छ ।

 

सत्ता सहयात्री तथा भावी पार्टी सहकर्मी माओवादी केन्द्रबाट पनि ओलीलाई सहयोग नै मिलिरहेको छ । प्रतिपक्षमा रहेको कांग्रेसले केही लछारपाटो लगाउने अवस्था छैन, कांग्रेसको विरोध अर्थहीन हुने अवस्था छ । निष्कंटक राज गरे सरहको अवस्था छ अहिले प्रधानमन्त्री ओलीको । तैपनि एक महिनामा आश गरे जति काम देखिएन । फास्सफुस्समै बित्यो । आशा गरौं, भविष्यका लागि बाँकी ५९ महिना उपलब्धिमूलक हुनेछ ।

– गोपाल बुढाथोकी

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Anjan Shrestha Anjan

    अब झन् छिट्टै बित्छ भारत जाने भारतीय मोदिको गुलाम गर्ने अनि देशका नदिनाला बेच्ने अनि सबै भारतलाई सुइँपिने अनि छिट्टै पित्छ र आन्दा पनि हुन्छ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक खेल अघि नै नेदरल्यान्डविरुद्ध इङ्ल्यान्डलाई शृंखला
एक खेल अघि नै नेदरल्यान्डविरुद्ध इङ्ल्यान्डलाई शृंखला
राजपाको विजय जुलुस निस्कँदै गर्दा अर्कैलाई उपमेयर घोषणा गरेपछि …
राजपाको विजय जुलुस निस्कँदै गर्दा अर्कैलाई उपमेयर घोषणा गरेपछि …
प्रतिनिधिसभाले पारित गरेको कारागार विधेयकका यस्ता छन् विशेषता
प्रतिनिधिसभाले पारित गरेको कारागार विधेयकका यस्ता छन् विशेषता
सामाजिक सुरक्षाको दायित्व बढ्दा पुँजीगत बजेट कम भयो : अर्थमन्त्री डा महत
सामाजिक सुरक्षाको दायित्व बढ्दा पुँजीगत बजेट कम भयो : अर्थमन्त्री डा महत
विकास खर्च सुधार्न भन्दै विश्व बैंकले दियो १ अर्ब ६४ करोड
विकास खर्च सुधार्न भन्दै विश्व बैंकले दियो १ अर्ब ६४ करोड
टीआरसी विधेयक आउँदो अधिवेशनबाट पारित गर्ने तयारी
टीआरसी विधेयक आउँदो अधिवेशनबाट पारित गर्ने तयारी
पाकिस्तानका पूर्वप्रधानमन्त्री अब्बासी पक्राउ
पाकिस्तानका पूर्वप्रधानमन्त्री अब्बासी पक्राउ
महेश थापाको व्यंगसंग्रह ‘नमोनमः’ भोली विमोचन हुँदै
महेश थापाको व्यंगसंग्रह ‘नमोनमः’ भोली विमोचन हुँदै
भारतले बुद्ध जन्मेको भ्रम बेच्न छाडेन
भारतले बुद्ध जन्मेको भ्रम बेच्न छाडेन
जापानमा ३ लाखलाई रोजगारको अवसर, श्रमिक पठाउने नेपाल सरकारको तयारीको गृहकार्य तिव्र
जापानमा ३ लाखलाई रोजगारको अवसर, श्रमिक पठाउने नेपाल सरकारको तयारीको गृहकार्य तिव्र