राष्ट्रिय वाणिज्य बैंक र नर्भिक इन्टरनेशनल हस्पिटल बीच सम्झौता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३१, २०७५
|
|
३६ पटक हेरिएको
Shares
राष्ट्रिय वाणिज्य बैंक र नर्भिक इन्टरनेशनल हस्पिटल बीच सम्झौता

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नर्भिक इन्टरनेशनल हस्पिटल बीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
  • बैंकले हस्पिटलसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नर्भिक इन्टरनेशनल हस्पिटल बीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले हस्पिटलसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो ।

 

अब बैंकका डेबिट कार्ड होल्डरहरुलाई हस्पिटलले दिने सेवामा १० प्रतिशत सम्म छुट दिने सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी र नर्भिक इन्टरनेशनल हस्पिटलका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले हस्ताक्षर गरेका हुन् । समझदारी अनुसार नर्भिकले हस्पिटलले विशेष सहुलियतपूर्ण दर÷रेटमा एम्वुलेन्स सेवा, अन्तरङ्ग सेवा र बहिरङ्ग सेवा प्रदान गर्नेछ ।

बैंकका कर्मचारी र सेवाग्राहीहरुले नर्भिकको २५ प्रतिशत छुट सहितको विशेष स्वास्थ्य परीक्षण प्याकेजहरुमा थप ५ प्रतिशत छुट प्राप्त गर्ने छन् भने प्याथोलोजी, अत्याधुनिक एम.आर.आई. र सी.टी.स्क्यान सहित रेडियोलोजी सेवा, म्यामोग्राम, नन–इन्भेसिभ कार्डियाक प्रोसिजर्स्, शल्यक्रियाशुल्क, आदिमा १० प्रतिशत छुट प्राप्त गर्ने छन् । शैया शुल्कमा भने ५ प्रतिशत छुट हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?