अख्तियार प्रमुखका लागि नवीनकुमार घिमिरेको संसदीय सुनुवाई बिहीवार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २, २०७५
|
|
२० पटक हेरिएको
Shares
अख्तियार प्रमुखका लागि नवीनकुमार घिमिरेको संसदीय सुनुवाई बिहीवार

सारांश

  • काठमाडौं, २ असोज ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस नवीनकुमार घिमिरेको संसदीय सुनुवाइ बिहीबार हुँदैछ ।
  • संसदीय विशेष सुनुवाई समितिको मंगलबारको बैठकले बिहीबार दिउँसो १ बजे घिमिरेलाई सुनुवाईका लागि बोलाएको छ ।

काठमाडौं, २ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस नवीनकुमार घिमिरेको संसदीय सुनुवाइ बिहीबार हुँदैछ । संसदीय विशेष सुनुवाई समितिको मंगलबारको बैठकले बिहीबार दिउँसो १ बजे घिमिरेलाई सुनुवाईका लागि बोलाएको छ ।

हालसम्म समितिमा घिमिरेविरुद्ध कुनै पनि उजुरी नपरेको बताइएको छ । संसदीय सुनुवाई विशेष समितिबाट उनको नाम अनुमोदलन भएमा समितिले त्यसको जानकारी संवैधानिक परिषद्लाई गराउनेछ । संवैधानिक परिषद्ले राष्ट्रपतिसमक्ष त्यसको जानकारी गराएपछि राष्ट्रपतिबाट प्रमुख आयुक्त नियुक्ति हुने संवैधानिक व्यवस्था रहेको छ ।

संवैधानिक परिषद्को गत भदौ २० गते बसेको बैठकले अख्तियारको प्रमुख आयुक्तमा घिमिरेलाई सिफारिस गरेको थियो । प्रमुख आयुक्तमा सिफारिस घिमिरे गत फागुनदेखि आयोगको कार्यबाहक प्रमुख थिए । तत्कालीन प्रमुख आयुक्त दीप बस्न्यात गत माघ मसान्तमा सेवानिवृत्त भएयता अख्तियार नेतृत्वविहीन थियो ।

नेपालको संविधानको धारा २३८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त र अन्य चार जना आयुक्तहरू रहने व्यवस्था छ । प्रमुख आयुक्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अध्यक्ष भई काम गर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख आयुक्त र आयुक्तको नियुक्ति गर्ने र उनीहरूको पदावधि नियुक्तिको मितिले ६ वर्षको हुने व्यवस्था छ । संघीय कानूनबमोजिम संसदीय सुनुवाई भएपछि सिफारिस भएका पदाधिकारी राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?