टोपेखोलामा पहिरो खस्दा बाटो बन्द

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २०, २०७५
|
|
४९ पटक हेरिएको
Shares
टोपेखोलामा पहिरो खस्दा बाटो बन्द

सारांश

  • चितवन २० असार – नारायणगढ—मुग्लिङ सडकखण्डको चारकिलो र पाँचकिलो बीचमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ ।
  • चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ मा पर्ने नारायणगढ—मुग्लिङ सडकखण्ड अन्तर्गत चार किलो र पाँच किलो बीच टोपेखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
  • आज बिहान अन्दाजी ५ बजेतिर पहिरो खसेको प्रहरीले अनुमान गरेको छ ।

चितवन २० असार – नारायणगढ—मुग्लिङ सडकखण्डको चारकिलो र पाँचकिलो बीचमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ मा पर्ने नारायणगढ—मुग्लिङ सडकखण्ड अन्तर्गत चार किलो र पाँच किलो बीच टोपेखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

आज बिहान अन्दाजी ५ बजेतिर पहिरो खसेको प्रहरीले अनुमान गरेको छ । अन्दाजी ५० मिटरभन्दा लामो पहिरो खसेको छ । पहिरो पन्छाएर सडक खुलाउन समय लाग्ने प्रहरीको भनाइ रहेको छ ।

अहिले पनि सिमसिम पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?