सरकारको प्राथमिकतामा मानव संशोधन
सारांश
- काठमाडौं।
- अर्थमन्त्री डा.
- युवराज खतिवडाले सरकारले मानव संशाधनको विकासमा जोड दिएको बताएका छन्।
काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले मानव संशाधनको विकासमा जोड दिएको बताएका छन्।अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक विकासलाई तीव्रता दिने उद्देश्यका साथ सरकारले मानव संशाधनको विकासलाई उच्च प्राथमिकता दिएको बताएका हुन। भुटान–नेपाल ह्यूमन क्यापिटल फोरमले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारले मानव संशाधनको विकासलाई प्राथमिकतामा राखेर शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा गत वर्षको तुलनामा बजेट वृद्धि गरेको जनाए।
अर्थमन्त्री खतिवडाले भुटान र नेपालले मानव संशाधनको विकासमा सहकार्य गरेर काम गर्न सक्ने पनि बताए। उनले तीव्र आर्थिक विकासको लक्ष्यलाई पूरा गर्न सरकारले मानव संशाधनको विकास कार्यक्रममा केन्द्रित हुनु परेको बताए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया