प्रहरी प्रमुख खनाल विरुद्ध लाग्ने समूह

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ७, २०७६
|
|
४७ पटक हेरिएको
Shares
प्रहरी प्रमुख खनाल विरुद्ध लाग्ने समूह

सारांश

  • आइजीपी नहुँदै सर्वेन्द्र खनाललाई कहिले ज्यान लिने धम्की आयो त कहिले जागिर खाइदिने धम्की आयो ।
  • तर, जो जो ज्यान लिने भन्थे तीनको नामोनिशान छैन ।
  • अहिले उनको पद धरापमा पार्न एउटा समूह हात धोएर लागेको खबर प्राप्त भएको छ ।

आइजीपी नहुँदै सर्वेन्द्र खनाललाई कहिले ज्यान लिने धम्की आयो त कहिले जागिर खाइदिने धम्की आयो । तर, जो जो ज्यान लिने भन्थे तीनको नामोनिशान छैन । अहिले उनको पद धरापमा पार्न एउटा समूह हात धोएर लागेको खबर प्राप्त भएको छ । त्यो समूह संगठित रुपमा आइजीपी नहुँदै खनालविरुद्ध लागेको थियो । अहिले फेरि चलमलाउन थालेको छ ।

अहिलेको प्रहरी नियमावली अनुसार आइजीपी खनालको कार्यकाल साँढे चार महिनामात्र बाँकी छ । फागुनमा सेवानिवृत्त हुने उनीसँगै हालका एआइजीपीहरु पुष्कर कार्की, ठूले राई र धीरु बस्न्यात पनि घर जानेछन् । उनीहरु सबै आइजीपी खनालकै ब्याची हुन् । घर जानु अघि नै आइजीपी बन्ने महत्वाकांक्षाले एकजना एआइजी आइजीपी विरुद्ध खनिएको प्रहरी मुख्यालयभित्र चर्चाको विषय

बनेको छ । राजनीतिक पहुँच र प्रभावका आधारमा आइजीपी बन्ने प्रयास असफल भएपछि उनी पटक पटक खनाललाई कुर्सीबाट खसाल्न लागिपरेका छन् । त्यसका लागि एउटा टिम नै तयार गरी सक्रिय हुँदै आएको प्रमाण गृहमन्त्री रामबहादुर बादलको टेबुलसम्म पुगेको छ । आइजीपी खनाललाई विवादमा ल्याउन कठिन भएपछि निर्मला हत्याकाण्डको बखत

ठूलो हत्याकाण्ड मच्चाउने षड्यन्त्र समेत बुनिएको तथ्य फेला परेको थियो । उक्त तथ्य पनि प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री बादलसम्म पुगेको थियो । हत्याको योजना विफल भएपछि आइजीपी विरोधी प्रहरी देखि ठेकेदारहरु सक्रिय भएका छन् । नेपाल प्रहरीको हालै तीनवटा भवन निर्माणको एकसाथ शिलान्यास भयो ।

महानगरीय प्रहरी परिसर काठमाडौं, अपराध अनुसन्धान र रानीपोखरीस्थित पुलिस क्लबको सानदार भवन बन्ने भयो । दुई दशक देखि भवन बनाउने प्रयासमा धेरै आइजीपीहरु लागेपनि सकेनन् । बाजी मारे खनालले । यी भवनहरुको निर्माणको लागत दुई अर्वभन्दा बढी छ । भवन निर्माणमा मोटो कमिसन कुम्ल्याउन खोज्ने ठेकेदारहरु पाखा लगाइए ।

यसबाट चिढिएकाहरु आइजीपीलाई अख्तियार लगाएर हटाउने योजनासम्ममा पुगेका छन् । एकपछि अर्को षड्यन्त्र चिरेर लोकप्रीयता कमाएका आइजीपी खनालले नेपाल प्रहरीको संगठन नै आफ्नो घर भएकाले यसैलाई बनाएर जाने बताएको बुझिएको छ । उनले कसैसँग सम्झौता नगर्ने र दृढताका साथ उभिएर देश र समाजको हितमा काम गरिरहने भन्दै कत्तिपनि नडगमगाउने बताएको आइजीपी खनालनिकट एक वरिष्ठ प्रहरी अधिकृतले बताए । काम गर्नेको आलोचना हुने तर त्यसबाट विचलित नहुन प्रहरीका सक्षम अधिकृतहरुलाई समेत निर्देशन दिएको बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज १९ सय ४८ कोरोना संक्रमित थपिए
आज १९ सय ४८ कोरोना संक्रमित थपिए
बाढीपीडितका समस्या समाधान होलान् त !
बाढीपीडितका समस्या समाधान होलान् त !
१३० पत्नीका श्रीमान्‌को मृत्यु
गणपुरक सङ्ख्याको अभावमा सुरक्षण मुद्रण प्रस्ताव निर्णयार्थ प्रस्तुत भएन
गणपुरक सङ्ख्याको अभावमा सुरक्षण मुद्रण प्रस्ताव निर्णयार्थ प्रस्तुत भएन
कृषि मन्त्री यादवद्वारा बागमती किनारमा वृक्षारोपण (हेर्नुहोस् ७ तस्बिरमा)
कृषि मन्त्री यादवद्वारा बागमती किनारमा वृक्षारोपण (हेर्नुहोस् ७ तस्बिरमा)
नेपालको आर्थिक वृद्धिदर यस वर्ष १.९ र आगामी वर्ष ४.३ प्रतिशत रहने एडिबीको अनुमान
नेपालको आर्थिक वृद्धिदर यस वर्ष १.९ र आगामी वर्ष ४.३ प्रतिशत रहने एडिबीको अनुमान
“हिरो अफ भ्वाइस र उत्सर्ग डान्सिङ स्टार”को तुलसीपुर अडिसन भदौ ९ मा
“हिरो अफ भ्वाइस र उत्सर्ग डान्सिङ स्टार”को तुलसीपुर अडिसन भदौ ९ मा
सन्तुलित छिमेक सम्बन्धको सुरुवात गरें : ओली
सन्तुलित छिमेक सम्बन्धको सुरुवात गरें : ओली
छ वर्षमा पनि बनेन पन्ध्र महिनामा निर्माण हुनुपर्ने मोर्क खोला पुल
छ वर्षमा पनि बनेन पन्ध्र महिनामा निर्माण हुनुपर्ने मोर्क खोला पुल
अमेरिकी राष्ट्रपति ट्रम्पमाथि फेरि यौन दुर्व्यवहारको आरोप
अमेरिकी राष्ट्रपति ट्रम्पमाथि फेरि यौन दुर्व्यवहारको आरोप