ट्याक्सी मिटरमा जान नमानेमा १०३ मा फोन गर्नुस्, ९८५१२९५१०० मा एसएमस
सारांश
- काठमाडौं ।
- ट्राफिक प्रहरीले ट्याक्सी चालकलाई कार्वाही अभियान चलाएको छ ।
- यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने ट्याक्सी चालकलाई ट्राफिक प्रहरीले गर्दै आएको कारबाहीलाई तीब्रता दिएको बताएको छ ।
काठमाडौं । ट्राफिक प्रहरीले ट्याक्सी चालकलाई कार्वाही अभियान चलाएको छ । यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने ट्याक्सी चालकलाई ट्राफिक प्रहरीले गर्दै आएको कारबाहीलाई तीब्रता दिएको बताएको छ ।
ट्याक्सी चालकले बढी भाडा लिने, मिटरमा जान नमान्ने, यात्रुले चाहेको स्थानमा जान नमानेमा महानगरीय ट्राफिक कन्ट्रोल रुमको हटलाईन नम्बर १०३ मा फोन गर्न तथा ९८५१२९५१०० मा एसएमएस गरी जानकारी दिन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
बिहिबार मात्रै ८५ जना ट्याक्सी चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । कार्वाहीका लागि भने यात्रुले उजुरी गर्नुपर्ने हुन्छ । यात्रुले ट्राफिकमा उजुरी गरेपछि महाशाखाले ट्याक्सी चालकलाई बोलाएर कार्वाही गर्ने गरेको छ ।
उपत्यकाका विभिन्न स्थानमा चल्ने ट्याक्सीले प्रहरीले नियमित अनुगमन गरी कसुर फेला परेका ट्याक्सी चालकहरुलाई कारवाही गर्दै आएको छ ।
प्रतिक्रिया