चिनबाट विद्यार्थी ल्याएर राख्नका लागि भक्तपुरको खरिपाटीमा तयारी तीब्र

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १, २०७६
|
|
१८ पटक हेरिएको
Shares
चिनबाट विद्यार्थी ल्याएर राख्नका लागि भक्तपुरको खरिपाटीमा तयारी तीब्र

सारांश

  • माघ २९, काठमाण्डौ ।
  • सरकारले चीनको वुहानबाट नेपाल फर्काउन लागेको नेपालीलाई राख्ने स्थानको व्यवस्थापन र तयारी तीब्र पारिएको जनाएको छ ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुरको खरिपाटीमा बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा कोरोना भाइरसको प्रभाव नेपालमा पर्न नदिन स्वास्थ्य मन्त्रालयले सम्बद्ध अन्य मन्त्रालय र जिम्मेवार निकायहरुसँग समन्वय गरि कार्य गरिरहेको जनाएको हो ।

माघ २९, काठमाण्डौ । सरकारले चीनको वुहानबाट नेपाल फर्काउन लागेको नेपालीलाई राख्ने स्थानको व्यवस्थापन र तयारी तीब्र पारिएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुरको खरिपाटीमा बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा कोरोना भाइरसको प्रभाव नेपालमा पर्न नदिन स्वास्थ्य मन्त्रालयले सम्बद्ध अन्य मन्त्रालय र जिम्मेवार निकायहरुसँग समन्वय गरि कार्य गरिरहेको जनाएको हो ।

चीनको हुवेई प्रान्तमा अध्ययन तथा विभिन्न काममा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने सन्दर्भमा तोकेका क्वारेन्टाइन स्थलमा संक्रमण फैलन नदिन उच्च सतर्कताका साथ स्वास्थ्य मन्त्रालय, गृह, रक्षा, परराष्ट, सहरी विकास र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको साथै नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीको समन्वयमा काम भइरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर बासुदेव पाण्डेले बताए ।चीनबाट फर्काइने नेपालीलाई राख्न भक्तपुरको खरिपाटीस्थित बिद्युत प्राधिकरण तालिम केन्द्रका भवनहरु खाली गरि क्वारेन्टाइनको उपयोगका लागि तयार भइरहेको निर्देशक पाण्डेको भनाई छ ।

यस्तै चीनको हुवेई प्रान्तमा रहेका नेपालीलाई लिन जाने प्राविधिक टोली, प्लेनका पाइलट, को–पाइलट, एयर होस्टेजलगायतलाई भने नगरकोटको खानेपानी तालिम केन्द्रमा राखिने भएको छ । क्वारेन्टाइनमा उपयोग गरिने तालिम केन्द्रका भवन, कोठाहरु, प्रयोग गरिएका सामानहरुको उचित संक्रमण रोकथाम व्यवस्था गरिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल डा. फडिन्द्र प्रसाद बरालले जानकारी दिए ।

क्वारेन्टाइनमा रहेका बिद्यार्थीहरुको नियमित स्वास्थ्य जाँच गरिने र कसैलाई रोग लागेको शंका हुनासाथ उपचारका लागि अस्पतालहरुमा आइसोलेसनमा राख्ने व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?