राष्ट्रव्यापी बाल गायन रियलिटी शो ‘सुरशाला जुनियर आयडल–सिजन २’ को घोषणा

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ६, २०७६
|
|
१८ पटक हेरिएको
Shares
राष्ट्रव्यापी बाल गायन रियलिटी शो ‘सुरशाला जुनियर आयडल–सिजन २’ को घोषणा

सारांश

  • काठमाडौं।
  • बाल गायक प्रितम आचार्य र आयुष केसीले संयुक्त रुपमा सुरशाला म्युजिक एकेडेमीले आयोजना गर्न लाएको राष्ट्रव्यापी बाल गायन रियलिटी शो सुरशाला जुनियर आयडल–सिजन २ को घोषणा गरेको छन्।
  • सुरशाला म्युजिक एकेडेमीले आइतबार सुरशाला म्युजिक एकेडेमी झम्शिखेल ललितपुरमा आयोजनागरेको ‘प्रितम आयुष सम्मान’ कार्यक्रम मार्फत उक्त घोषणा गरेको हो।

काठमाडौं। बाल गायक प्रितम आचार्य र आयुष केसीले संयुक्त रुपमा सुरशाला म्युजिक एकेडेमीले आयोजना गर्न लाएको राष्ट्रव्यापी बाल गायन रियलिटी शो सुरशाला जुनियर आयडल–सिजन २ को घोषणा गरेको छन्। सुरशाला म्युजिक एकेडेमीले आइतबार सुरशाला म्युजिक एकेडेमी झम्शिखेल ललितपुरमा आयोजनागरेको ‘प्रितम आयुष सम्मान’ कार्यक्रम मार्फत उक्त घोषणा गरेको हो।

सुरशाला जुनियर आयडल– सिजन १ का बिजेता र उपबिजेता भइ हालै भारतमा सम्पन्न सन २०१९ को सारेगमपा लिटल च्याम्प्सका फाइनलिस्ट सिन्धुपाल्चोक घर भइ हाल भक्तपुर बस्ने आयुष केसी र इटहरीका प्रितम आचार्यलाई एक कार्यक्रमबीच बरिष्ठ उद्यमी डा. उपेन्द्र महतो र उनकी श्रीमती समता महतो, उद्यमी बिकास राणा, एवम सुरशाला म्युजिक एकेडेमीका अध्यक्ष गायक तथा संगीतकार अमृत क्षेत्री र संगीता क्षेत्रीले कदरपत्र सहित सम्मान गरेका थिए।

उक्त कार्यक्रममा बरिष्ठ गायक रामकृष्ण ढकाल, हेमन्त शर्मा, एवम अन्यसहभागि बिच गायक आयुष केसीको नयाँ गीत ‘म एउटा बालक’ पनि रिलीज गरिएको थियो। उक्त गीतको संगीत एवं शब्द अमृत क्षेत्रीको रहेको छ। क्षेत्रीले प्रितम आचार्यको लागि पनि गीत तयार हुँदै गरेको जानकारी दिएका थिए। सुरशाला जुनियर आयडल– सिजन १ पतन्जलि आयुर्वेदले प्रायोजन गरेको थियो।

उक्त कार्यक्रमबाट बिजेता र उप बिजेता भएका आयुष र प्रितमलाई सुरशाला म्युजिक एकेडेमीले जीटिभीको सारेगमपा लिटल च्याम्प्स २०१९ मा सहभागी हुने बातावरण मिलाएको थियो। नेपाली बालबालिकामा रहेको असिम प्रतिभा रहेको र त्यसको खोजी गरी नेपाली बालबालिकालाई राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय स्तरमा गीत संगीतमार्फत चिनाउन उक्त बाल गायन रियलिटी शो को उद्देश्य रहेको सुरशाला म्युजिक एकेडेमीका अध्यक्ष गायक तथा संगीतकार अमृत क्षेत्रीले बताए। अब हुने सिजन–२ अन्तरर्रा्ष्ट्रिय स्तरको अन्य फ्रान्चाइज लेवलको बराबरको हुने गायक र संगीतकार क्षेत्रीले बताए।

इरानले होरमुजको खाडी बन्द गर्यो भने के विश्वमा कस्तो असर पर्छ ?
बीबीसी। होरमुजको खाडी विश्वको सबैभन्दा महत्वपूर्ण र सामरिक दृष्टिले महत्वपूर्ण समुद्री बाटो हो। इरान र अमेरिकाबीच बढ्दो तनावले यसको महत्व झन बढेर गएको छ। इरान, अमेरिका र उसका सहयोगी देशबीच तनावको केन्द्र अब होरमुज खाडी बनेको छ। यो तनावको सुरुवात गत वर्ष जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई इरानसँग भएको परमाणु सम्झौताबाट बाहिर निकालेपछि भएको हो।

ट्रम्पले सम्झौता तोड्दै भनेका थिए–यो इरानको हितमा छ।’ ट्रम्पले गत वर्ष नोभेम्बरमा इरानमाथि कडा आर्थिक प्रतिवन्ध पनि लगाएका थिए। त्यसपछि अमेरिका र इरानबीचको तनाव उत्कर्षमा पुग्दै आएको छ। ट्रम्पले इरानलाई आतंवादी मुलुक भएको बताउँदै अमेरिकाले कुनै सम्झौता नगर्ने बताए। उता इरानी धर्म गुरु अयातोल्लाह खमेनीले आफूहरुले न कहिल्यै अमेरिकामाथि विश्वास गरेको र न अब विश्वास गर्ने बताएका थिए।

यही वर्ष अप्रिलमा ट्रम्पले जुन मुलुकले इरानसँग व्यापार गर्छ त्यो देशमाथि पनि अमेरिकाले प्रतिबन्ध लगाउने चेतावनी दिए। यो क्रममा अमेरिकाले आफ्नो युद्धपोत अब्राहम लिंकन होरमुजको खाडीमा तैनाथ गर्यो। होरमुजमा अहिले सैन्य गतिविधि बढेको छ। होरमुजको खाडीबाट इरानले शुक्रबार बेलायतको तेल ट्यांकर कब्जामा लियो। इरानको यो कारवाहीपछि बेलायत र इरानपनि आमने–सामने भएका छन्।

र, बेलायतले इरानलाई गम्भीर परिणाम भोग्न तयार हुन चेतावनी दिएको छ। किन महत्वपूर्ण छ, होरमजुको खाडी? होरमुजको खाडी एकातर्फ अमेरिकी समर्थित अरब देख छन् भने अर्कोतर्फ इरान। ओमान र इरानबीच केही क्षेत्रमा यो खाडी मात्र २१ मील चौडा छ। यहाँ दुईवटा समुद्री बाटो छ। एउटा जहान जानका लागि र अर्को आउनका लागि। त्यसो त यो खाडी निकै साँघुरो छ।

तर, यो यति धेरै गहिरो छ की यहाँबाट सबैभन्दा ठूला जहाज र तेल ट्यांकर सजिलै जान सक्छन्। मध्य–पूर्वबाट निस्किने तेल होरमुजको बाटो हुँदै एशिया, युरोप, अमेरिका र विश्वका अन्य बजारमा पुग्छ। यो खाडीबाट दैनिक एक करोड ९० लाख ब्यारल तेल जान्छ। अर्थात विश्वको २० प्रतिशत कच्चा तेलन यही बाटो हुँदै लगिन्छ। अर्थात विश्वमा सबैभन्दा धेरै कच्चा तेल एक समय यँही हुन्थ्यो। यसको तुलनामा स्वेज नहरबाट ५५ लाख ब्यारल र मलक्काको खाडीबाट एक करोड ६० लाख ब्यारल तेल लगिन्थ्यो।

इरान पनि आफ्नो तेल यही बाटो हुँदै विश्वभर पठाउँछ। २०१७ मा इरानले ६६ अर्ब डलरको कच्चा तेल यो बाटो हुँदै अन्यत्र पठाएको थियो। आफ्नो तेल बिक्रीमाथि प्रतिबन्ध लगाएपछि इरान बिच्किएको छ। तर, इरानसँग एउटा तुरुपको भाँडो पनि छ, त्यो हो होरमुजको खाडी। इरानका राष्ट्रपति हसन रुहानीले भनेका थिए–यदि कुनै दिन अमेरिकाले इरानको तेल बिक्री रोक्ने कोशिश गर्यो भने फारसको खाडीबाट तेल निर्यात हुन सक्दैन।’

इरानले होरमुजको खाडी बन्द गरेर यहाँबाट तेल निर्यात रोक्ने धम्की दिँदै आएको छ। के यो खाडी बन्द गर्न सकिन्छ? १९८० को दशकमा जब इरान र इराकबीच युद्ध भएको थियो, तब त्यहाँबाट निर्यात हुने तेल ट्यांकरलाई निशाना बनाइएको थियो। दुवै देशले एक अर्काको तेल निर्यातलाई बन्द गर्ने कोशिश गरेका थिए। यो युद्धलाई ट्यांकर युद्ध पनि भनिन्थ्यो।

यसमा २४० भन्दा धेरै तेल ट्यांकर आक्रमणको शिकार भएका थिए, जसमा ५५ वटा ट्यांकर डुबेका थिए। ईरानले खाडबिाट तेल जान नदिने भन्नुको अर्थ उसले होरमुज खाडी क्षेत्रमा तेलको बाटो असुरक्षित गर्न सक्छ भन्ने हो। अथवा उसले बाटो रोक्नका लागि जहाज रोधक बारद िसुरुङ, क्षेप्यास्त्र, पनडुब्बीहरु वा तिब्र गतिका नाउ तैनाथ गर्न सक्छ।

यो महत्वपूर्ण किन पनि छ भने ईरानले यस्तो गर्यो भने तेल निर्यात प्रभावित हुनेछ र यसको प्रभाव संसारभरको अर्थव्यवस्थामा पर्नेछ। यहाँबाट आवतजात गर्ने तेल ट्यांकरको परिवहन प्रभावित भयो भने यसले भारत जस्ता देशहरुमा तेलको मूल्य बढ्नेछ । तेल महँगो भयो भने त्यसले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि पनि हुनेछ ।

अथवा होरमुजको खाडीको तनावको प्रत्येक्ष प्रभाव आम मानिसको जीवनमा पर्नेछ। तर, यो भन्दा पनि ठूलो प्रभाव के हुन्छ भने इरानले होरमुजको खाडी बन्द गर्यो भने अन्तर्राष्ट्रिय समुदायले युद्धको घोषणा गर्न सकछ। इरानले जोड दिएर के भन्दैछ भने आफूले युद्ध चाहेको छैन। केही दिन अगाडि अमेरिकी राष्ट्रपतिसँग इरानसँग यद्ध हुन्छ भनेर सोधिएको थियो।

जवाफमा उनले ‘आशा गरौं युद्ध हुँदैन’ भन्ने जवाफ दिएका थिए। होरमुजको आसपास भएका तनावपूर्ण घटनाक्रम शुक्रबार अमेरिकाले आफ्नो युद्धपोतले खाडी षेत्रमा एउटा इरानी ड्रोनलाई खसालेको दाबी गरेको थियो। यद्यपी इरानले अमेरिकी दाबीको खण्डन गरेको थियो। शुक्रबार नै इरानले होरमुजको खाडीमा बेलायती तेल ट्यांकर स्टेना इम्पेरोलाई कब्जामा लिएको थियो।

यो भन्दा अगाडि यही महिना जिब्राल्टरमा बेलायती सुरक्षाकर्मीले एउटा इरानी तेल ट्यांकरलाई कब्जामा लिएको थियो। यसैको बदलामा इरानले बेलायती तेल ट्यांकरलाई कब्जामा लिएको बताइएको छ। १३ जुनमा इरानको तटीय क्षेत्र नजिकै भएको आत्राmमणमा दुई वटा तेल ट्यांकरमाथि क्षति पुगेको थियो। त्यो मध्ये एउटा जापानी तेल ट्यांकर थियो।

ओमानको खाडीमा तेल ट्यांकर फ्रन्ट अल्टेयरमा आगो लाग्यो। इरानी डुंगाले त्यो आगो निभाउने प्रयास गरेका थिए। संयुक्त अरब इमिरेट्स र इरानबीचको समुद्रमा यो जहाजमा तीवटा विस्फोट भएका थिए। मार्शक आइल्याण्डमा पंजीकृत यी जहाज अन्तर्राष्ट्रिय जलक्षेत्रमा थिए, त्यतिनै बेला विस्फोटमा परेका हुन्। अमेरिकाले खाडी क्षेत्रमा भएका तेल ट्यांकरमाथिको आक्रमणका लागि इरानलाई दोष दिँदै आएको छ।

उता साउदी अरबले यो आक्रमणको जवाफ दिने चेतावनी दिएको थियो। इरानले २० जुनमा खाडी क्षेत्रमा एक अमेरिकी ड्रोनलाई खसालेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसको बदला लिन इरानमा आक्रमण गर्न आदेश दिएका थिए, तर अन्तिम समयमा उनले उक्त आदेश फिर्ता लिएका थिए। अमेरिकाको डेलवेयर विश्वविद्यालयका प्रोफेसर तथा अन्तर्राष्ट्रिय मामिलाका जानकार प्रोफेसर मुक्तदर खान भन्छन्–न अमेरिका युद्ध चाहन्छ, न इरान नै।

तर कुनै पनि सानो गल्तीले पनि यो क्षेत्रमा ठूलो संघर्ष हुन सक्छ।’ इरान होरमुज क्षेत्रमा हावी भएको दाबी गर्दै आएको छ। तर के इरान यो खाडीलाई बन्द गर्न सक्छ? मुक्तदर खान भन्छन्–यो क्षेत्र कच्चा तेलको आवागमनकालागि महत्वपूर्ण छ। यस्तोमा इरानले यो क्षेत्रलाई एक हप्ताका लागि मात्रै पनि अशान्त वा असुरक्षित गर्छ भने यहाँबाट तेल ट्यांकरको आवागमन रोकिन्छ।

यसको असर भारत जस्तो देशमा धेरै पर्छ। यही कारण इरान यहाँ आफ्नो ‘पारा’ देखाइरहेको छ। र, अन्य देशले चाहेर पनि केही गर्न सकेका छैनन्।’ उनले अगाडि भने–अमेरिकाले इरानमाथि कडा आर्थिक प्रतिबन्ध लगाएको छ। यसको असर इरानको आर्थिक व्यवस्थामा परेको छ। यस्तो अवस्थमा इरानले होरमुखको खाडीमा आफ्नो प्रभाव देखाउन सक्छ।’

कलर गरिएको कपाल घामबाट कसरी बचाउने ?
कलर गरिएको कपाललाई गर्मीको समयममा एकदमै ख्याल गर्नुपर्ने हुन्छ । गर्मी मौसममा लाग्ने कडा घामले कपालमा लगाइएको कलर उड्ने सम्भावना धेरै हुने शौन्दर्यविज्ञहरु बताउँछन् । तर केही यस्ता टिप्सहरु छन्, जसको पालना गरिएको खण्डमा गर्मीको मौसममा कपालमा गरिएको कलरलाई सजिलै जोगाउन सकिन्छ । स्ट्रीक्स प्रोफेनशनल विशेषज्ञ समिर हमदरे र लेज्यून मेडस्पा, बेङ्लोरका छाला विशेषज्ञ सुबा धमानाले गर्मीको मौसममा कलर गरिएको कपाल कसरी हेरचाह गर्ने भन्ने केही उपायहरु बताएका छन् ।

जस अनुसार कलर गरिएको कपालका लागि त्यही चिज प्रयोग गर्नुस् जुन खासगरी कलर गरिएको कपालकै लागि बनाइएको हुन्छ । जस्तै कलर सेफ स्याम्पु, कन्डिसनर, सिरम अथवा एसपीएफ र यूभी प्रोटेक्सन सहित लाइव इन कण्डिसनरको प्रयोग गर्न सकिन्छ । गर्मीको समय बाहिर हिड्दा स्कार्फ वा क्याप लगाएर पनि कलर गरिएको कपाल राम्रोसँग ढाक्नु पर्छ । घामको किरण सिधै कपालमा परेमा कलर गरिएको कपाल विस्तारै फिक्का फिक्का भएर जान्छ ।

कपाल टुक्रिने समस्याबाट बचाउनका लागि चौडा भएको काइयोको प्रयोग गर्नुपर्छ । यदि कपाल सुख्खा छ भने कपालको जरामा मनतातो तेल लगाएर मालिस गर्ने र करिब ४० मिनेटसम्म यतिकै छोडिदिने अनि त्यसपछि कपाललाई धुने, यसो गर्दा पनि गर्मीमा कपालको हेरचाह हुनुका साथै कलर पनि राम्रोसँग बस्छ । यस्तै क्याल्सियम र आइरनको मात्रा बढि भएको खाना खानाले पनि कपाल राम्रो हुन्छ ।

कपालको सुरक्षाका लागि प्रोटिनको पनि ख्याल राख्नुपर्छ । कलर गरिएको कपाल या प्रोसेस्ड ड्यामेजको लागि सल्फेट फ्रि स्याम्पु सबैभन्दा उपयोगी हुन्छ । किनभने यस किशिमको स्याम्पुको प्रयोगले घुम्रिएको बेग्लै खालको कपाल धेरै लामो समयसम्म आफ्नो परिसरमा राख्ने गर्छ ।

सल्फेट रहेको स्याम्पु प्रयोग गर्दा कपालमा रहेको चिसोपनालाई सोसेर सुख्खा बनाउँछ । पिर चिन्ता कम लिने र कम्तिमा ८ घण्टा जति सुत्ने गर्नाले पनि कपालको सुरक्षा हुने गर्छ ।

साउन महिनामा शिवको महत्व
साउन महिनाको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरको चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । दर्शनका लागि भक्तजन बिहान ३ः३० बजेदेखि पूजा एवं दर्शनका लागि लाइनमा बसेका थिए । शिवरात्री, तीज तथा बालाचतुर्दशीमा जस्तै साउने सोमबारका लागि पनि पशुपतिनाथमा भक्तजनको प्रवेशका लागि चार स्थानबाट लाइन लाग्ने व्यवस्था गरिएको छ ।

पशुपतिनाथमा दर्शनका लागि पहिलो लाइन गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै पश्चिम ढोकाबाट जाने व्यवस्था मिलाइएको थियो । त्यस्तै दोस्रो लाइन मित्रपार्क–दक्षिणामूर्ति हुँदै पश्चिम मूलढोकाबाट, तेस्रो लाइन जयबागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठबाट पश्चिम मूलढोकाबाट, चौथो लाइन पिङ्गलास्थान–चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट दर्शनका लागि भित्र जाने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
बाइट ः

साउन महीना र सोमबार भगवान् शिवको महीना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । यो महिनाभर पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा विशेष गरी महिला भक्तजनको भीड देखिन्छ।

साउनको पहिलो सोमबार रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनले पशुपति क्षेत्र भरिभराउ छ । साउनको सोमबारलाई लक्षित गरेर कोषले अतिरिक्त जुत्ताचप्पल कक्षको व्यवस्था गरेको छ । भक्तजनको भीड बढ्ने भएपछि सुरक्षालगायत सबै प्रबन्ध गरिएको कोषले जानकारी दिएको छ ।

विवाहित महिलाले श्रीमानको दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाइ पनि प्रचलित छ । धार्मिक मान्यता अनुसार सुख, शान्ति एवं समृद्धिका लागि साउन महीना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने ग्रन्थमा उल्लेख गरिएको पाइन्छ ।

यस वर्ष साउनमा चार वटा सोमबार परेको छ । साउन ६, १३, २० र २७ गते सोमबार परेको छ । पहिलोपटक साउने सोमबारको व्रत गर्नेले पाँच वटा सोमबार परेको वर्षबाट शुरु गर्नुपर्छ भन्ने मान्यतासमेत छ । विशेष कामनासहित साउनको सोमबारको व्रत गर्नेले अन्तिम सोमबार गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी व्रत समापन गरिन्छ।

साउनको सोमबार वाग्मतीको मुहानस्थल सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने भक्तजनको पनि बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भीड लाग्छ । आइतबार राति नै सुन्दरीजल गई बसेका भक्तजनहरु बिहानै स्नान गरी शुद्ध जल लिएर पशुपतिनाथमा चढाउने गर्छन् ।

यसरी जल चढाउने परम्परालाई भक्तजनले बोल बम भन्छन् । पहेँलो कपडा लगाएका भक्तजन हातमा काँवरसहित घडामा जल लिएर खाली गोडा बोल बम उच्चारण गर्दै सुन्दरीजलबाट पशुपतिनाथ मन्दिर पुग्छन् । यसरी बोल बम यात्रा गर्ने दर्शनार्थीले गोकर्णेश्वर महादेव मन्दिरलगायत बीच बाटामा पर्ने शिवालयमा पनि शुद्ध जल चढाउँछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?