ट्रम्पद्वारा चुनाव जितेको दाबी

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १९, २०७७
|
|
२४ पटक हेरिएको
Shares
ट्रम्पद्वारा चुनाव जितेको दाबी

सारांश

  • एजेन्सी, १९ कात्तिक ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा जितेको दाबी गरेका छन् ।
  • उनले ह्वाइट हाउसबाट विशेष सम्बोधन गर्दै चुनावको अन्तिम परिणाम घोषणा नहुँदै जितको दाबी गरेका हुन् ।

एजेन्सी, १९ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा जितेको दाबी गरेका छन् । उनले ह्वाइट हाउसबाट विशेष सम्बोधन गर्दै चुनावको अन्तिम परिणाम घोषणा नहुँदै जितको दाबी गरेका हुन् ।

खामबाट मतदानको नतिजा आउन बाँकी हुँदै ट्रम्पले चुनावमा महत्वपूर्ण अर्थ राख्ने राज्यहरुमा जितको दाबी गरेका हुन् । नर्थ क्यारोलिनमा ट्रम्पले जितको दाबी गरेका छन् जहाँ एक लाख १७ हजार खामबन्दीका मत गन्न बाँकी छ । त्यहाँ ट्रम्प ७६ हजार मतले जोय बिडेनभन्दा अगाडि छन् ।

पेनिन्सेल्भिानिया, मिचिगन र विस्किन्सिनमा खामबाट पठाइएका मतदानको गणना भइरहेको छ । त्यहाँ बिडेनलाई फाइदा हुने बताइएको छ । ट्रम्पले खामबन्दीबाट पठाइएका मतदानको गणनामाथि प्रश्न उठाएका छन् । अहिलेसम्म ती राज्यहरुमा ट्रम्प अगाडि छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?