‘यौनकर्मीबाट बच्चा जन्मिए बाबु को हुने ?’

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २१, २०७५
|
|
५१ पटक हेरिएको
Shares
‘यौनकर्मीबाट बच्चा जन्मिए बाबु को हुने ?’

सारांश

  • काठमाडौं, २१ असाेज ।
  • सरकारले नागरिकता ऐन ०६३ लाई संशोधन गर्न ल्याएको विधेयक संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा छ ।
  • समितिले शुक्रबार नागरिकता प्रभावित व्यक्ति तथा अधिवक्ताहरूसँग छलफल गरयो ।

काठमाडौं, २१ असाेज । सरकारले नागरिकता ऐन ०६३ लाई संशोधन गर्न ल्याएको विधेयक संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा छ । समितिले शुक्रबार नागरिकता प्रभावित व्यक्ति तथा अधिवक्ताहरूसँग छलफल गरयो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
छलफलमा आमाको नामबाट नागरिकता लिन वर्षौंदेखि संघर्ष गरेका, बाबु र आमा दुवैको ठेगाना पत्ता नलागेर नागरिकताविहीन भएका गरी आधा दर्जनभन्दा बढी उपस्थित थिए ।

जसमध्ये पाँचजना पीडितले नागरिकता प्राप्तिमा आफूहरूको लडाइँ र विगतबारे आफ्ना दुःख–व्यथा सुनाए । आमाको नामबाट नागरिकता नपाएका तथा महिला अधिकारकर्मीहरूले नागरिकता पाउन बाबुको पहिचान खुलाउनुपर्ने र पहिचान हुन नसकेको आमाले स्पष्टीकरणसहित स्वघोषणा गर्नुपर्ने व्यवस्था हटाउन संसदीय समितिसमक्ष माग गरे । यौनकर्मीले पेसाको क्रममा बच्चा जन्माएमा, एकभन्दा बढीसँग यौनसम्पर्कमा रहेर बच्चा जन्मिएमा, सन्तान गर्भमै छँदा वा पछि बाबुले छाडेर गएमा, नाम थर थाहा भएको, तर ठाउँ ठेगाना थाहा नभएको र हालसम्म जीवित रहेको वा मृत्यु भएको थाहा नभएमा आमाले पतिको पहिचान गर्न नसक्ने र सन्तानले नागरिकता नपाउन सक्ने नागरिकता प्रभावित व्यक्तिहरूको तर्क छ ।

आज पानिमा लगानि गरे भविष्यमा औषधि उपचारमा लगानि गर्न पर्दैन

त्यस्तो अवस्थामा बाबुको पहिचान हुन नसक्ने भएकाले स्वघोषणा गर्नुपर्ने, स्पष्टीकरण दिनुपर्ने व्यवस्थाले व्यक्तिको गोपनीयताको हक हनन हुने अधिकारकर्मीहरूको धारणा छ । नागरिकता प्रभावित व्यक्तिहरूको सञ्जालकी अध्यक्ष दीप्ति गुरुङले आमाको नामबाट नागरिकता लिन चाहनेलाई प्रशासनका कर्मचारीले सौतेनी व्यवहार देखाउने गरेको बताइन् । ‘वंशजका आधारमा वा अरू साधारण अवस्थामा नागरिकता लिनेहरूभन्दा आमाको नामबाट नागरिकता लिनेहरूलाई अर्कै दृष्टिले हेर्ने र फरक व्यवहार गर्ने प्रवृत्ति छ । आमाले बाबुको पहिचान नभएको भनी स्पष्टीकरणसहित स्वघोषणा गर्नुपर्ने व्यवस्था हटाउनुपर्छ,’ उनले भनिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनआन्दोलनका कमाण्डर सिंहको सालिकमा माल्यार्पण
जनआन्दोलनका कमाण्डर सिंहको सालिकमा माल्यार्पण
सवारी सधान चढ्दा लाइन बस्नुपर्ने व्यवस्था ल्याउँदै ट्राफिक प्रहरी
सवारी सधान चढ्दा लाइन बस्नुपर्ने व्यवस्था ल्याउँदै ट्राफिक प्रहरी
ढल्केबर–मुजफ्फरपुरबाट थप दुई सय मेगावाट बिजुली लैजान भारत सहमत
ढल्केबर–मुजफ्फरपुरबाट थप दुई सय मेगावाट बिजुली लैजान भारत सहमत
नयाँ वर्षमा पर्यटकले भरिभराउ सौराहा
नयाँ वर्षमा पर्यटकले भरिभराउ सौराहा
पत्रकारमाथि धम्कीका घटनाप्रति आमसञ्चार प्राधिकरणको ध्यानाकर्षण
पत्रकारमाथि धम्कीका घटनाप्रति आमसञ्चार प्राधिकरणको ध्यानाकर्षण
काभ्रेमा क्षेत्र निर्धारण पछि नेपाली कांग्रेस मा उमेदवारको चर्चा  ;
काभ्रेमा क्षेत्र निर्धारण पछि नेपाली कांग्रेस मा उमेदवारको चर्चा ;
सरकारबाट बाहिरिने रास्वपाको निर्णय
सरकारबाट बाहिरिने रास्वपाको निर्णय
मोदी पटनाबाट तीनवटा होलिकोप्टर लिएर जनकपुर आउँदै
मोदी पटनाबाट तीनवटा होलिकोप्टर लिएर जनकपुर आउँदै
मुलुकका सबै क्षेत्रमा छिट्टै टेलिफोन सेवा पुर्‍याउँछौँ : मन्त्री शर्मा
मुलुकका सबै क्षेत्रमा छिट्टै टेलिफोन सेवा पुर्‍याउँछौँ : मन्त्री शर्मा
पुलबाट बस खस्दा च्यापिएर २ को मृत्यु, २ महिलालाई खोलाले बगायो
पुलबाट बस खस्दा च्यापिएर २ को मृत्यु, २ महिलालाई खोलाले बगायो