ट्विटरमा अमिताभ, सलमान र शाहरुखमा को अगाडि ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २७, २०७४
|
|
१९ पटक हेरिएको
Shares
ट्विटरमा अमिताभ, सलमान र शाहरुखमा को अगाडि ?

सारांश

  • नयाँदिल्ली, पुस २७ ।
  • बलिउड सुपरस्टार अमिताभ बच्चनको ट्वीटर एकाउण्टमा उनलाइ फ्लो गर्ने मानिसहरुको संख्या तीन करोड २७ लाख पुगेको छ ।
  • बलिउड सुपरस्टारहरमध्ये सबैभन्दा बढी ट्विटरमा फ्लो गर्नेमा अमिताभ बच्चन पहिलो नम्बरमा छन् ।

नयाँदिल्ली, पुस २७ । बलिउड सुपरस्टार अमिताभ बच्चनको ट्वीटर एकाउण्टमा उनलाइ फ्लो गर्ने मानिसहरुको संख्या तीन करोड २७ लाख पुगेको छ । बलिउड सुपरस्टारहरमध्ये सबैभन्दा बढी ट्विटरमा फ्लो गर्नेमा अमिताभ बच्चन पहिलो नम्बरमा छन् ।

 

अमिताभ आफ्नो जीवनका घटनाहरु सामाजिक सञ्जालमा धेरैजसो सेयर गर्ने गर्छन् । अमिताभ समयअनुसारको फोटो र स्ट्याटसहरु राख्ने गर्छन ।

त्यस्तै दोस्रो नम्बरमा बलिउड सुपरस्टार हाशरुख खान रहेका छन् । उनलाई ३ करोड २५ लाखले ट्विटरमा फ्लो गरेका छन् ।

 

अंग्रेजी नयाँवर्षमा ट्वीटरमा आफ्नो यस किसिमको लोकप्रियतालाई लिएर शाहरुख खानले खुसी नै व्यक्त गरेका थिए । उनले यस विषयमा हिन्दीमै ट्वीट गरेका छन् । उनले नयाँ वर्षको शुभकामना दिँदै आफ्ना तीन करोड २० लाख प्रशंसकहरुलाई पनि धन्यवाद दिएका छन् ।

त्यसैगरी भारतीय अभिनेता सलमान खानका फलोअर्स ३ करोड दुई लाख रहेका छन् । सलमान तेस्रो नम्बरमा रहेका छन् ।

 

(https://mundonow.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?