नेपालको खराब ब्याटिङ, १ सय ४ रनको झिनो लक्ष्य प्रस्तुत

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १, २०७४
|
|
३२ पटक हेरिएको
Shares
नेपालको खराब ब्याटिङ, १ सय ४ रनको झिनो लक्ष्य प्रस्तुत

सारांश

  • काठमाडौं, १ मंसिर।
  • एसिसी यु–१९ युथ एसिया कपको दोस्रो सेमिफाइनलमा नेपालले अफगानिस्तान सामु १ सय ४ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ।
  • मलेसियामा भैरहेको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २८ ओभरमा अलआउट हुँदै १ सय ३ रन बनाएको हो।

काठमाडौं, १ मंसिर। एसिसी यु–१९ युथ एसिया कपको दोस्रो सेमिफाइनलमा नेपालले अफगानिस्तान सामु १ सय ४ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ।

मलेसियामा भैरहेको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २८ ओभरमा अलआउट हुँदै १ सय ३ रन बनाएको हो।

नेपालका लागि अनिलकुमार साहले अर्धसतक प्रहार गरे। उनले ५७ बलमा ७ चौका र एक छक्का प्रहार गरेका थिए।

त्यस्तै ओपनर जितेन्द्र सिंह १ र मोहम्मद असिफ शेख शून्यमै पेभेलियन फर्किएका थिए। कप्तान दिपेन्द्र सिंह ऐरी पनि जम्न सकेनन्।

२० बल सामना गरेका उनले ६ रनमत्र जोडे। अनिलबाहेक नेपालका कुनै खेलाडीले दोहोर अंक जोड्न सकेनन्।

अफगानिस्तानका लागि मुजिब रहमान एक्लैले ६ विकेट लिएका थिए।

खेलको प्रत्यक्ष प्रशारण

https://www.facebook.com/154626727912800/videos/1761032880605502/

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?