भरतपुर भ्यान दुर्घटना, १ काे मृत्यु १० घाइते

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २०, २०७५
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • चितवन, २० साउन।
  • भरतपुर महानगरपालिका– ८ सीताराम चोकमा आज मध्याह्न एक भ्यान अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
  • जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका– १४, भीमसेननगर बस्ने २४ वर्षीय सुदीप भुजेल छन् ।

चितवन, २० साउन। भरतपुर महानगरपालिका– ८ सीताराम चोकमा आज मध्याह्न एक भ्यान अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका– १४, भीमसेननगर बस्ने २४ वर्षीय सुदीप भुजेल छन् । घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये एक गम्भीर, सात मध्यम र दुई सामान्य रहेको प्रहरीले जनाएको छ । गीतानगरबाट नारायणगढतर्फ आउँदै गरेको ना १ ज ६६२५ नं को ‘म्याजिक भ्यान’ अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो । दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?