पोखरा दुर्घटना अपडेटः ६६ जनाको शव फेला, संकलित शव आफन्तलाई बुझाउने तयारी

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २, २०७९
|
|
५२ पटक हेरिएको
Shares
पोखरा दुर्घटना अपडेटः ६६ जनाको शव फेला, संकलित शव आफन्तलाई बुझाउने तयारी

सारांश

  • कास्की।
  •  पोखरामा दुर्घटना भएको विमानमा सवार ६ जनाको खोजी कार्य अहिले बिहानैदेखि सुरु गरिंदैछ ।
  • विमानमा सवार ७२ जना मध्य ६६ जनाको शव भने फेला परिसकेको छ ।

कास्की। पोखरामा दुर्घटना भएको विमानमा सवार ६ जनाको खोजी कार्य अहिले बिहानैदेखि सुरु गरिंदैछ । विमानमा सवार ७२ जना मध्य ६६ जनाको शव भने फेला परिसकेको छ ।

दुर्घटनास्थल अप्ठ्यारो ठाँउमा रहेकाले उद्धार तथा खोजी कार्य हिजो अबेर स्थगित गरिएको थियो । यति एयरलायन्सको एटिआर विमान सेती नदीको अप्ठ्यारो खोँचमा दुर्घटनाग्रस्त भएको हो ।

रातको समयमा उद्धारमा कठिनाई भएका कारण गएराति स्थगित गरी आज बिहानैदेखि उद्धार कार्य सुरु गर्ने तयारी गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए ।

काठमाडौंबाट पोखरा जाँदै गरेको यती एअरलाइन्सको विमान हिजो बिहान पुरानो पोखरा विमानस्थल नजिकैको सेती खोंचमा दुर्घटना भएको हो । प्रत्यक्षदर्शीका अनुसार दुर्घटना हुनुअघि विमान अनियन्त्रित भएको थियो । आकाशबाटै उल्टोपाल्टो हुँदै सेती डिलमा बजारिन पुगेको थियो ।

६८ जना यात्रु र ४ जना चालक दलका सदस्य गरी ७२ जना सवार विमान दुर्घटना भएपछि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरेका थिए ।

विमान सेती नदीको गहिरो खोंचमा खसेकाले उद्धार कार्य निकै सकसपूर्ण बनेको थियो । उद्धारमा खटिएका सुरक्षाकर्मीका अनुसार हिजो साँझसम्म ६६ जनाको शव फेला परेको छ भने बाँकी ६ जनाको खोजी कार्य जारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रमेशकुमार सिलवालको रिट खारेज, टंकलाललाई बाटो खुला
रमेशकुमार सिलवालको रिट खारेज, टंकलाललाई बाटो खुला
यात्रुको मृत्यु भएपछि काभ्रेमा तनाव,अरनिको राजमार्गबन्द
यात्रुको मृत्यु भएपछि काभ्रेमा तनाव,अरनिको राजमार्गबन्द
भूकम्पबाट क्षतिग्रस्त दुई सय ७४ विद्यालयको पुनःनिर्माण सम्पन्न
भूकम्पबाट क्षतिग्रस्त दुई सय ७४ विद्यालयको पुनःनिर्माण सम्पन्न
अन्नपूर्ण पदमार्गमा धर्म र पर्यटनलाई जोड्दै पूजनीयम बराह
अन्नपूर्ण पदमार्गमा धर्म र पर्यटनलाई जोड्दै पूजनीयम बराह
प्रधानन्यायाधीशको बचाऊ गर्दै डा. केसीलाई अनसन तोड्न आग्रह
प्रधानन्यायाधीशको बचाऊ गर्दै डा. केसीलाई अनसन तोड्न आग्रह
रोनाल्डो आबद्ध अल नासर किङस कपको सेमिफाइनलमा
रोनाल्डो आबद्ध अल नासर किङस कपको सेमिफाइनलमा
कृषिमा आधारित जनतालाई व्यावसायिकतातर्फ उन्मुख गराउँदै सरकार
कृषिमा आधारित जनतालाई व्यावसायिकतातर्फ उन्मुख गराउँदै सरकार
सिमावर्ती भारतिय बजारका क्लिनीकका कारण नेपालीको ज्यान जोखिममा
सिमावर्ती भारतिय बजारका क्लिनीकका कारण नेपालीको ज्यान जोखिममा
सांसद राजिव पहारी फेवाताल संरक्षणमा,  ३ जना सांसदले दिए साथ !
सांसद राजिव पहारी फेवाताल संरक्षणमा, ३ जना सांसदले दिए साथ !
राजापाक्ष : दक्षिण एशियाकै शक्तिशाली राजनीतिक वंशको उदय र पतनको यात्रा
राजापाक्ष : दक्षिण एशियाकै शक्तिशाली राजनीतिक वंशको उदय र पतनको यात्रा