नेपालकाे लगातार दाेस्राे जित, दिपेन्द्रकाे सतकिय पारी र सागरकाे अलराउण्ड प्रदर्शन महत्वपूर्ण !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ८, २०७५
|
|
६१ पटक हेरिएको
Shares
नेपालकाे लगातार दाेस्राे जित, दिपेन्द्रकाे सतकिय पारी र सागरकाे अलराउण्ड प्रदर्शन महत्वपूर्ण !

सारांश

  • काठमाडौँ, ८ भदौ ।
  • एसिया कप छनोट प्रतियोगिताका लागि श्रृलंकामा अभ्यासरत रहेको नेपाली क्रिकेट टोलिले शुक्रबार भएको दोस्रो अभ्यास खेलमा श्रृलंकाको स्थानिय क्लब ब्लुमफिल्डलाई पराजित गरेको छ ।
  • सागर पुनः बलिङ र ब्याटिङ् दुवैमा चम्किएपछि नेपालले खेल १७६ रनले जितेको हो ।

काठमाडौँ, ८ भदौ । एसिया कप छनोट प्रतियोगिताका लागि श्रृलंकामा अभ्यासरत रहेको नेपाली क्रिकेट टोलिले शुक्रबार भएको दोस्रो अभ्यास खेलमा श्रृलंकाको स्थानिय क्लब ब्लुमफिल्डलाई पराजित गरेको छ । सागर पुनः बलिङ र ब्याटिङ् दुवैमा चम्किएपछि नेपालले खेल १७६ रनले जितेको हो । खेलकाे बिचमा माैसम खराब भएपछि खेल डकवर्थ लुइस म्याथड अुनुसार नेपाले जितेकाे हाे।

३२४ रनको लक्ष्य पछ्याएको घरेलु टोलि खेल राेकिनु अघि ३८ ओभरमा ९ विकेट गुमाएर मात्र १३४ रन बनाउन सकेकाे थियाे । ब्लुमफिल्डको ब्याटिङ लाइन अप धरासाई बनाउने क्रममा सागरले एक्लै महत्वपूर्ण ३ विकेट लिए । भने अनुभवि खेलाडी बसन्त र ललित राजवंशीले २\२ विकेट लिए ।  ब्लुमफिल्डका लागि सनोजले ३८ रन बनाउनु बाहेक अन्यले सम्झन लाएक पारी खलेनन् ।

यस अघि पारस खड्काको नेतृत्वमा पहिले ब्याटिङ गरेको नेपाली टोलिले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३२३ रन बनाएको थियो । सँधै झैँ सुरुवाति ब्याटिङमा समस्या देखिएको नेपालले पहिलो ४ विकेट छिटै गुमाएको थियो । पछि सागर र दिपेन्द्रले सतकिय साझेदारी गर्दै ब्याटिङ सम्हालेका थिए । दिपेन्द्रले ९४ बल खेल्दै १२१ रन बनाएका थिए । जसमा ५ छक्का र ९ चौका समेल थिए भने सागरले ८२ बलको सामना गर्दै आफ्नो सतकबाट मात्र ८ रन टाढा रहेका थिए । उनले ३ छक्का र ८ चौकाको मद्दतले ९२ रन बनाएका थिए । त्यस्तै सागरको विकेट पतन भएपछि आएका करण केसीले आक्रामक ब्याटिङ गर्दै १२ बलमा २६ रन बनाएर आउट भएका थिए ।

यो नेपालको अभ्यास खेलमा दोस्रो जित हो । यस अघि बुधबार भएको खेलमा नेपालले श्रृलंका आर्मिलाई ६७ रनले हराएको थियो । भने अरु २ अभ्यास खेल क्रमश आइतबार र मंगलबार खेल्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सानो उमेरमा ठुलो सफल्ता…
सानो उमेरमा ठुलो सफल्ता…
थाहा पाउनुहोस् तपाईंको राशिफल
थाहा पाउनुहोस् तपाईंको राशिफल
किन गएनन् भारतिय रास्त्रपति मुखर्जी शहीद स्मारक पार्क ???
किन गएनन् भारतिय रास्त्रपति मुखर्जी शहीद स्मारक पार्क ???
प्रचण्डलाई बाबुरामको कडा दनक : आत्महत्या नै गर्नु छ भने आफैं गर्नुस्, मलाई नबोलाउनुस् !
प्रचण्डलाई बाबुरामको कडा दनक : आत्महत्या नै गर्नु छ भने आफैं गर्नुस्, मलाई नबोलाउनुस् !
भरतपुरमा निर्वाचनको तयारी, मतदानस्थल वरपर निषेधित क्षेत्र
भरतपुरमा निर्वाचनको तयारी, मतदानस्थल वरपर निषेधित क्षेत्र
मासिक ८ अर्बको खसीबोकाको मासु खपत
मासिक ८ अर्बको खसीबोकाको मासु खपत
प्रधानमन्त्रीलाई टीकापुरमा मारिएका प्रनि बलराम विष्टकी छोरीको भावुक चिट्ठी
प्रधानमन्त्रीलाई टीकापुरमा मारिएका प्रनि बलराम विष्टकी छोरीको भावुक चिट्ठी
मेस्सीलाई फकाउदै प्रशिक्षक स्कालोनी
मेस्सीलाई फकाउदै प्रशिक्षक स्कालोनी
२३ नगर र ७७ गाउँपालिका जितेसँगै एमालेले पुर्‍यायो शतक :एमालेले जितेका नगर/गाउँपालिकाको सूची सहित
२३ नगर र ७७ गाउँपालिका जितेसँगै एमालेले पुर्‍यायो शतक :एमालेले जितेका नगर/गाउँपालिकाको सूची सहित
वाम एकताबाट कम्युनिष्ट आन्दोलनले अभूतपूर्व सफलता प्राप्त गर्ने
वाम एकताबाट कम्युनिष्ट आन्दोलनले अभूतपूर्व सफलता प्राप्त गर्ने