शेर्पा एकता समाजद्वारा पहिरो पीडित परिवारलाई राहत वितरण
सारांश
- शेर्पा एकता समाजले पहिरो पीडित परिवारलाई राहत वितरण गरेको छ ।
- हलासालै वर्षातका कारण विभिन्न समयमा गएको पहिरोले सिन्धुपाल्चोकको थुप्रै ठाउँमा जन धनमा क्षतिग्रस्त बनाएको छ।
- समाजले सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नम्बर १ लिस्तिमा ३ घरलाई ५ हजारका दरले १५००० रुपैया, वडा नम्बर २ तातोपानीमा २ घरलाई ५००० का दरले १००००, वडा नम्बर ३ लार्चामा ५००० का दरले ४ परिवारलाई २००००,वडा नम्बर ४ फुल्पिङ्ग्मा एक परिवारलाई ५०००, ड्राईपोर्टमा छब्बीस हजार एक सय र भोटेकोशी नेपाली काङ्ग्रेस राहत कोषमा पचास हजार नगद गरी जम्मा १ लाख २६ हजार १ सय नगद राहत वितरण गरेको छ।
शेर्पा एकता समाजले पहिरो पीडित परिवारलाई राहत वितरण गरेको छ । हलासालै वर्षातका कारण विभिन्न समयमा गएको पहिरोले सिन्धुपाल्चोकको थुप्रै ठाउँमा जन धनमा क्षतिग्रस्त बनाएको छ। समाजले सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नम्बर १ लिस्तिमा ३ घरलाई ५ हजारका दरले १५००० रुपैया, वडा नम्बर २ तातोपानीमा २ घरलाई ५००० का दरले १००००, वडा नम्बर ३ लार्चामा ५००० का दरले ४ परिवारलाई २००००,वडा नम्बर ४ फुल्पिङ्ग्मा एक परिवारलाई ५०००, ड्राईपोर्टमा छब्बीस हजार एक सय र भोटेकोशी नेपाली काङ्ग्रेस राहत कोषमा पचास हजार नगद गरी जम्मा १ लाख २६ हजार १ सय नगद राहत वितरण गरेको छ।
शेर्पा एकता समाजका अध्यक्ष जाङ्ग्बु शेर्पा,उपाध्यक्ष बीर बहादुर शेर्पा,महासचिव चेंगा शेर्पा सहिल, सदस्यहरु छिरिङ्ग शेर्पा, संग्दोर्जे शेर्पा,पासांग नोर्बु लामा,निमा शेर्पा, विजय शेर्पा, समाजसेवी सोनुर्बु शेर्पा, संग्बू शेर्पा, आङ्ग्छिरिङ्ग शेर्पा लगायतको उपस्थितमा पीडित परिवारलाई प्रत्यक्ष भेट गरी सहयोग उपलब्ध गराएको छ ।
साउन २५ गतेको अविरल बर्षातको कारण भोटेकोशी गाउपलिका बुल्कोटेमा गएको पहिरोमा ३० वर्षीय फुर्बा तमाङको परिवारलाई भने काठमाण्डुमा छोरी संगीता तामांगलाई हस्तान्तरण गरेको छ। फुर्वाले २९ वर्षीय श्रीमति मँजु तामङ्,११ वर्षीय छोरा पासङ् नोर्बू तमाङलै पहिरोमा गुमाएको छ। ज्यान गुमाएकाहरुको शवअझै पनि फेला परेको छैन।

प्रतिक्रिया