डडेल्धुरामा चुनावी अभियान तीव्र

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २७, २०७४
|
|
४० पटक हेरिएको
Shares
डडेल्धुरामा चुनावी अभियान तीव्र

सारांश

  • डडेल्धुरामा चुनावी अभियान तीव्र पारिएको छ ।
  • जिल्लामा नेपाली काँग्रेस, वाम गठबन्धन, राप्रपा, नयाँ शक्ति पार्टीलगायत दलले चुनावी अभियान तीव्र पारेका छन् ।
  • काँग्रेसले परशुराम नगरपालिकाबाट चुनावी अभियान थालनी गरी अजयमेरु गाउँपालिकाको चिपुर देवल, भागेश्वर गाउँपालिकाको रुपाल र वगरकोटमा सम्पन्न गरेको छ ।

डडेल्धुरामा चुनावी अभियान तीव्र पारिएको छ ।

जिल्लामा नेपाली काँग्रेस, वाम गठबन्धन, राप्रपा, नयाँ शक्ति पार्टीलगायत दलले चुनावी अभियान तीव्र पारेका छन् ।

काँग्रेसले परशुराम नगरपालिकाबाट चुनावी अभियान थालनी गरी अजयमेरु गाउँपालिकाको चिपुर देवल, भागेश्वर गाउँपालिकाको रुपाल र वगरकोटमा सम्पन्न गरेको छ । वाम गठबन्धनले अजयमेरु, नवदुर्गा, भागेश्वरमा भेला सम्पन्न गरेको छ । उनीहरुले घरदैलो कार्यक्रम गरी मतदातालाई आफ्नो पक्षमा मत हाल्न अनुरोध गरिरहेका छन् ।

एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभातर्फ काँग्रेस उम्मेदवार एवं प्रधानमन्त्री शेरबहादुर देउवा र वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका खगराज भट्ट आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै आउनुभएको छ ।

प्रदेशसभा ‘क’ मा काँग्रेसबाट रघुवर भट्ट र (ख) मा कर्ण मल्ल उम्मेदवार हुनुहुन्छ । वाम गठबन्धनबाट प्रदेशसभा ‘क’ मा एमाले पठानसिंह बोहरा र ‘ख’ मा एमालेकै डा तारा जोशी उम्मेदवार रहनुभएको छ ।

“अबको लडाइँ गरिबी, बेरोजगारी, अशिक्षा र विकासका लागि नै हो,” प्रदेशसभा ‘क’ का काँग्रेस उम्मेदवार भट्टले भन्नुभयो । विसं २००७ देखि हालसम्म देशलाई सही दिशामा ल्याउने हरेक आन्दोलनको अगुवाइ काँग्रेसले गरेकाले आफ्नो पार्टीलाई विजयी गराउन उहाँले आग्रह गर्नुभयो ।

जिल्लाको बेराजगारी र विकास निर्माणको कामलाई अगाडि बढाउने योजनासहित प्रचारप्रसार थालेको वाम गठबन्धनका तर्फबाट प्रदेशसभा ‘ख’ का उम्मेदवार डा जाशीले बताउनुभयो ।

“जिल्लाको समृद्धि वाम गठबन्धनका उम्मेदवार जिताए मात्र सम्भव छ,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री दाहाल र बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलबीच भेटवार्ता
प्रधानमन्त्री दाहाल र बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलबीच भेटवार्ता
शान्ति सुरक्षाको अवस्था सुदृढ छः गृहमन्त्री थापा
शान्ति सुरक्षाको अवस्था सुदृढ छः गृहमन्त्री थापा
‘प्रधानमन्त्री रोजगार कार्यक्रम आज घोषणा : रोजगारी दिन नसके निर्वाह भत्ता
‘प्रधानमन्त्री रोजगार कार्यक्रम आज घोषणा : रोजगारी दिन नसके निर्वाह भत्ता
कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कार्यकारी निर्देशकमा आचार्य
कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कार्यकारी निर्देशकमा आचार्य
काठमाडौं ओर्लनेबित्तिकै मन्त्री बाँस्कोटा बालुवाटार जाने, अब के होला ?
काठमाडौं ओर्लनेबित्तिकै मन्त्री बाँस्कोटा बालुवाटार जाने, अब के होला ?
सडकले जोडियो अग्लो बस्ती मुठाचौर
सडकले जोडियो अग्लो बस्ती मुठाचौर
हावाहुरीबाट निधन भएका २४ जनाको सनाखत (नामसहित)
हावाहुरीबाट निधन भएका २४ जनाको सनाखत (नामसहित)
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान
मंसिर १० र २१ गते हुने प्रदेश र राष्ट्रसभा चुनावका लागि काँग्रेसले उम्मेदवारको नाम सिफारिस गर्‍यो
मंसिर १० र २१ गते हुने प्रदेश र राष्ट्रसभा चुनावका लागि काँग्रेसले उम्मेदवारको नाम सिफारिस गर्‍यो
मालपोत कार्यालयकै कारण ललिता निवासको जग्गा फिर्तामा ढिलाइ
मालपोत कार्यालयकै कारण ललिता निवासको जग्गा फिर्तामा ढिलाइ