शान्ति सुरक्षाको अवस्था सुदृढ छः गृहमन्त्री थापा

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ११, २०७६
|
|
१९ पटक हेरिएको
Shares
शान्ति सुरक्षाको अवस्था सुदृढ छः गृहमन्त्री थापा

सारांश

  • हेटौँडा ।
  • गृहमन्त्री रामहादुर थापाले शान्ति सुरक्षाको अवस्था सुदृढ रहेको बताएका छन् ।
  • गृहमन्त्रालयद्वारा यहाँ आयोजित वाग्मती प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आज सम्बोधन गर्दै उनले नेपालको कालापानी क्षेत्रको भूभागलाई फिर्ता ल्याउन सरकारले भारत सरकारसँग कूटनीतिक प्रयास गरिरहेको बताए ।

हेटौँडा । गृहमन्त्री रामहादुर थापाले शान्ति सुरक्षाको अवस्था सुदृढ रहेको बताएका छन् ।

गृहमन्त्रालयद्वारा यहाँ आयोजित वाग्मती प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आज सम्बोधन गर्दै उनले नेपालको कालापानी क्षेत्रको भूभागलाई फिर्ता ल्याउन सरकारले भारत सरकारसँग कूटनीतिक प्रयास गरिरहेको बताए ।

मन्त्री थापाले भ्रमण वर्षलाई उच्च प्राथमिकता दिएर बाह्य पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम कार्यान्वयन गरिएको जानकारी दिए ।

उनले भने,“ शान्ति सुरक्षालाई सुदृढ बनाउन सुरक्षाको नयाँ रणनीति अवलम्बन गरिएको छ।”

गोष्ठीमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल तथा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेल सहभागी छन् ।

गोष्ठीमा प्रदेशका १३ वटै जिल्लाको शान्ति सुरक्षाको अवस्था, नागरिकता, पासपोर्ट वितरण, अपराध नियन्त्रण तथा छिमेकी सिमाना समीक्षा गरिने कार्यक्रम रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

गृहमन्त्रालयको सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी, सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र नेपाली सेनाको उच्चस्तरीय सुरक्षा अधिकृत, प्रदेशका १३ वटै जिल्लाका प्रजिअहरुको सहभागिता गोष्ठीमा रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीसहित शीर्ष नेताद्वारा नेम्वाङप्रति श्रद्धाञ्जली
प्रधानमन्त्रीसहित शीर्ष नेताद्वारा नेम्वाङप्रति श्रद्धाञ्जली
कोशी प्रदेशद्वारा नेपाल पुलिसलाई जितका लागि एक सय ६७ रनको चुनौती
कोशी प्रदेशद्वारा नेपाल पुलिसलाई जितका लागि एक सय ६७ रनको चुनौती
सङ्क्रमणकालीन न्याय सरकारको प्राथमिकतामा छ : प्रधानमन्त्री
सङ्क्रमणकालीन न्याय सरकारको प्राथमिकतामा छ : प्रधानमन्त्री
कस्ले गर्‍यो ‘उम्मेदवारको’ हत्त्या, कारण के थियो ?
कस्ले गर्‍यो ‘उम्मेदवारको’ हत्त्या, कारण के थियो ?
सांसद पद रिक्त रहेको सभालाई जानकारी
सांसद पद रिक्त रहेको सभालाई जानकारी
प्रधानमन्त्री कप महिला टि–२० :  सुदूरपश्चिमले बागमती प्रदेशलाई हरायोv
प्रधानमन्त्री कप महिला टि–२० : सुदूरपश्चिमले बागमती प्रदेशलाई हरायोv
गरिबी, असमानता, जलवायु परिवर्तन विश्वकै चुनौती : प्रधानमन्त्री ओली
गरिबी, असमानता, जलवायु परिवर्तन विश्वकै चुनौती : प्रधानमन्त्री ओली
काँग्रेसलाई सुधारको खाँचो छ, सभापतिलाई दबाब दिन्छु : नेता सिंह
काँग्रेसलाई सुधारको खाँचो छ, सभापतिलाई दबाब दिन्छु : नेता सिंह
राष्ट्रपति भण्डारीको चिन भ्रमण सफल, अब सि नेपाल आउँछन् : श्रेष्ठ
राष्ट्रपति भण्डारीको चिन भ्रमण सफल, अब सि नेपाल आउँछन् : श्रेष्ठ
काठमाडौं – हेटौंडा सुरुङमार्ग अलपत्र
काठमाडौं – हेटौंडा सुरुङमार्ग अलपत्र

तपाईंले छुटाउनुभयो कि?