डिशहोममा जोडियो सिम टिभी, व्यवस्थापनको सम्पूर्ण जिम्मा डिश मिडिया नेटवर्कले लियो
सारांश
- काठमाडौं, ३२ असार ।
- डिशमिडिया नेटवर्क लिमिटेडले सिम टिभी किन्ने भएको छ ।
- असार २९ गते डिशहोम मिडिया नेटवर्क लि.
काठमाडौं, ३२ असार । डिशमिडिया नेटवर्क लिमिटेडले सिम टिभी किन्ने भएको छ । असार २९ गते डिशहोम मिडिया नेटवर्क लि. र सिम्पल मिडिया नेटवर्क प्रालिको सञ्चालक समितिको संयुक्त बैठकमा सिम टिभीलाई डिश मिडिया नेटवर्क लिमिटेडले किन्ने गरी खरीद सम्झौता सम्पन्न भएको हो ।
खरिद सम्झौता भएपछि सिम टिभीको व्यवस्थापनको सम्पूर्ण जिम्मा आजैदेखि डिश मिडिया नेटवर्कले लिएको छ । यस खरिद सम्झौता अन्तर्गतको शेयर खरिद निकट भविष्यमै सम्पन्न हुने डिशहोमले जनाएको छ ।
सन् २००९ मा स्थापना भएको डिश मिडिया नेटवर्क लिमिटेड (DishHome) नेपालको Pay TV Industry मा काम गरिरहेको सबैभन्दा सफल र ठूलो कम्पनी हो । असार १८, २०७४ बाट यो कम्पनी पब्लिक कम्पनीको रुपमा रुपान्तरण भइसकेको छ र निकट भविष्यमा सर्वसाधारणका लागि शेयर समेत निष्काशन गर्ने तयारीमा छ । यसैगरी सिम टि.भि. नेपालका मल्टी सर्भिस अपरेटरको रुपमा बजार विस्तार गरिरहेको अग्रणी संस्था हो ।
सिम टिभिका प्रमुख कार्यकारी अधिकृत ज्याकी शाहले डिश मिडिया नेटवर्कले सिम टि.भि. खरिद गरेपछि गुणस्तरीय टि.भि. हेराईको अनुभव अझ धेरै ग्राहक तथा आवद्ध लोकल केवल अपरेटरहरुको पहँुचमा पुग्ने जनाएका छन । नयाँ प्रविधिको प्रयोग, आक्रामक बजार विस्तार, पूर्ण डिजिटलाइजेसन र चुस्त व्यवस्थापनमा अझ जोड दिएर ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने डिश मिडिया नेटवर्कले जनाएको छ ।
प्रतिक्रिया