अस्थायी शिक्षक केन्द्रीय संघर्ष समिति–२०६९ द्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १०, २०७६
|
|
२० पटक हेरिएको
Shares
अस्थायी शिक्षक केन्द्रीय संघर्ष समिति–२०६९ द्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

सारांश

  • काठमाडौं।
  • अस्थायी शिक्षक केन्द्रीय संघर्ष समिति–२०६९ ले राज्यले तीसौं हजार अस्थायी शिक्षकहरुलाई रोजगारविहीन बनाएको भन्दै थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।
  • मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले कुनैपनि बहानामा अस्थायी शिक्षकहरुलाई विस्थापित नगर्न र पटक–पटक आन्तरिक परीक्षा दिने व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
काठमाडौं। अस्थायी शिक्षक केन्द्रीय संघर्ष समिति–२०६९ ले राज्यले तीसौं हजार अस्थायी शिक्षकहरुलाई रोजगारविहीन बनाएको भन्दै थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले कुनैपनि बहानामा अस्थायी शिक्षकहरुलाई विस्थापित नगर्न र पटक–पटक आन्तरिक परीक्षा दिने व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
आफूहरुले अघि सारेका मागहरु तत्काल सम्बोधन गर्नुपर्ने समितिको जिकिर छ । समितिले माग पूरा गराउनको लागि अनवरत रुपमा चल्दै आएको भद्रकाली (काठमाडौं) को धर्ना कार्यक्रम यथावत राखेको र बैशाख ११ र १२ गते शिक्षा मन्त्रालयलगायत सम्बन्धित निकायमा ध्यानाकार्षण पत्र बुझाउने कार्यक्रम राखेको जानकारी दिएको छ ।
त्यस्तै, समितिले यही बैशाख १३ गते शुक्रबार काठमाडौंको भद्रकालीदेखि नयाँ बानेश्वरसम्म विशाल जुलुस प्रदर्शन गर्ने र आन्दोलनका थप कार्यक्रम बैशाख १३ गते घोषणा गर्नेपनि जनाएको छ ।
समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘राज्यको अदुरदर्शीताका कारण विगत लामो समयदेखि देशमा तीसौं हजार शिक्षकहरु अस्थायी रुपमा काम गर्न बाध्य हुँदै आएको र सोही कालण्डदेखि उनीहरु आफ्नो पेशागत स्थायीहरुको माग राखी आन्दोलन गर्दै आएको सर्वविदितै छ । पछिल्लो समय राज्यले अस्थायी शिक्षकलाई स्थायी गर्न आन्तरिक परीक्षाको व्यवस्था गरेको भएतापनि यो पूर्णतः विभेदित, अवैज्ञानिक र अव्यवहारिक रहेका कारण १३ हजारभन्दा बढि शिक्षकहरु छनौटमा पर्न नसकेको पनि जगजाहेर छ । जो अहिले आन्दोलनरत छन् ।’
शिक्षण एउटा प्राविधिक विषय भएकोले ३ घण्टे परीक्षा प्रणालीले शिक्षकको योग्यताको सही मूल्यांकन हुनै नसक्ने समितिको ठहर छ । समितिले जारी गरेको विज्ञप्तीमा थप भनिएको छ,‘हिजो योग्यता र क्षमता मापनका सबै प्रणाली उत्तीर्ण भएर नियुक्त गरिएका अस्थायी शिक्षकहरुलाई आज ३ घण्टे परीक्षामा नाम निस्केन भनेर फालिनु किमार्थ न्यायसँगत हुँदैन् ।’
जीवनको उर्वर समय राज्यकै निम्ति समर्पित गरेको र अहिले केश फुल्न थालेपछि एकाएक राज्यले पेशाबाट विस्थापित गर्दा आफ्नो र परिवारको जीवनमा ठूलो असर परेको पनि समितिको गुनासो छ ।
हिजोमात्रै मोरङ जिल्ला टकुवा आधारभुत विद्यालयका शिक्षक सरप नारायण राजवंशीले अस्थायी शिक्षकबाट पाएको अवकास पत्र बुझेर घर फिर्दै गर्दा पीडा सहन नसकी बाटैमा हृदयघात भई मृत्युवरण गरेको पनि समितिले सुनाएको छ । त्यसैगरि चैत्र २६ गते सरस्वती मावि सुनसरीका तुलसी नाराण यादवलगायत विभिन्न जिल्लामा गरी अहिलेसम्म चार जनाले राज्यले दिएको मानसिक यातनाका कारण हृदयघात भई मृत्युवरण गरिसकेको अवस्था पनि समितिले मिडियासामू सुनाएको छ ।
संविधानमै रोजगारीको हकको व्यवस्था गरिएपनि वर्तमान सरकारले रोजगारी प्रदान गर्नुको सट्टा रोजगारी खोसेर आँफैले बनाएको कानूनको धज्जी उडाउने काम गरेको समितिको आरोप छ ।
सरकारले शिक्षा ऐनको नवौं संशोधनको दफा ११ (च) लाई आफूअनुकुल व्याख्या गरी जबरजस्ती अस्थायी शिक्षकहरुलाई विस्थापित् गर्ने कुनियत बोकेकोले आफूहरु बाध्य भएर आन्दोलनमा होमिनु परेको संयोजक हेमनाथ चौलागाईले स्पष्ट पारे ।
शिक्षकहरुको पेशागत हकहित गर्न भनेर स्थापित नेपाल शिक्षक महासंघसमेत सरकारको प्रवक्ताजस्तै भएको चौलागाईको आरोप छ । उनले भने,‘यदि शिक्षक महासंघसमेत हाम्रा मागहरुप्रति सकारात्मक हुँदैन भने उसका विपक्षमा समेत उभिन हामी बाध्य हुनेछौं ।’
कार्यक्रममा समितिका बरिष्ठ उपाध्यक्ष गोपाल बस्नेतले अदालतको संवैधानिक ईजलाशमा विचाराधिन मुद्दा रहँदारहँदै शिक्षक सेवा आयोगले जबरजस्ती आन्तरिक परीक्षा गराएर अदालतको समेत अवेज्ञा गरेको आरोप लगाए ।
कार्यक्रममा समितिका सह–संयोजक जीवन सुवालले अस्थायी शिक्षकहरुलाई स्थायी पदपुर्ति नभएसम्म बढिमा ६ महिनाको लागि शिक्षण सेवामा लागेका आफूहरुलाई बर्षौवर्ष काममा लगाएर जीवनको महत्वपूर्ण र उर्जाशील समय खेर फालेको दुःखेसो पोखे ।
सुवालले शिक्षा ऐनको नवौं संशोधनअनुसार ७५ प्रतिशत आन्तरिक परीक्षा सञ्चालन गर्ने भनिएतापनि यथार्थमा त्यो नभई २५ देखि ३० प्रतिशतसम्म मात्रै आन्तरिक परीक्षा गराएर राज्यले आफूहरुलाई धोका दिएको आरोप लगाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्यान्सरसँग जुधेका संजयलाई एकपछि अर्को सफलता
क्यान्सरसँग जुधेका संजयलाई एकपछि अर्को सफलता
आज बडादशैको सातौ दिन, फूलपाती घरघरमा भित्र्याइदै
आज बडादशैको सातौ दिन, फूलपाती घरघरमा भित्र्याइदै
गुल्मीमा ट्र्याक्टरले किच्दा सहचालकको  ज्यान गयाे
गुल्मीमा ट्र्याक्टरले किच्दा सहचालकको ज्यान गयाे
कांग्रेसले अराजक कार्यकर्तालाई कारबाही गर्ने
कांग्रेसले अराजक कार्यकर्तालाई कारबाही गर्ने
रामदेवको कम्पनी पतञ्जलिका यी पाँचथरी औषधीमाथि प्रतिबन्ध
रामदेवको कम्पनी पतञ्जलिका यी पाँचथरी औषधीमाथि प्रतिबन्ध
नेकपा विवाद मिलाउन लिखित सहमति हुनुपर्ने प्रचण्ड पक्षको अडान, पार्टी कमिटीबाट निर्णय हुनपर्ने
नेकपा विवाद मिलाउन लिखित सहमति हुनुपर्ने प्रचण्ड पक्षको अडान, पार्टी कमिटीबाट निर्णय हुनपर्ने
रविले ‘अन्याय’ गरेका एसएसपीले अहिले पाउलान् न्याय ?
रविले ‘अन्याय’ गरेका एसएसपीले अहिले पाउलान् न्याय ?
बिना बेच्नका लागि कस्तुरी पाल्न पाइने
बिना बेच्नका लागि कस्तुरी पाल्न पाइने
सातौँ निर्वाचन दिवस मनाउने तयारी
सातौँ निर्वाचन दिवस मनाउने तयारी
खोरुंगा जलविद्युतको ५० प्रतिशत निर्माण सम्पन्न, तोकिएको म्यादभन्दा अघि सम्पन्न गर्ने लक्ष्य !
खोरुंगा जलविद्युतको ५० प्रतिशत निर्माण सम्पन्न, तोकिएको म्यादभन्दा अघि सम्पन्न गर्ने लक्ष्य !

तपाईंले छुटाउनुभयो कि?