पाल्पामा युवक संघको अध्यक्षमा थापा

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ११, २०७४
|
|
५१ पटक हेरिएको
Shares
पाल्पामा युवक संघको अध्यक्षमा थापा

सारांश

  • काठमाडौं, ११ चैत ।
  • अखिल नेपाल युवक संघ पाल्पाको तेस्रो भेलाले कमल थापाको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।
  • समितिका उपाध्यक्ष पूर्ण आले, सचिव माया मिदुन र कोषाध्यक्ष विष्णु नेपाली चुनिएका छन् ।

काठमाडौं, ११ चैत । अखिल नेपाल युवक संघ पाल्पाको तेस्रो भेलाले कमल थापाको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति चयन गरेको छ । समितिका उपाध्यक्ष पूर्ण आले, सचिव माया मिदुन र कोषाध्यक्ष विष्णु नेपाली चुनिएका छन् ।

कार्यसमितिका सदस्यहरुमा पुर्खबहादुर खाम्चा, बेलबहादुर थापा र टीकाराम चौहान रहेका छन् । २ स्थान रिक्त राखिएको छ ।

संगठनका केन्द्रीय महासचिव अनिलकिशोर घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भेलाको अध्यक्षता कमल थापाले गरेका थिए । भेलालाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सोम कार्की, जिल्ला अध्यक्ष विशाल दर्लामी, ट्रेड युनियनका केन्द्रीय उपाध्यक्ष टीकाराम पौडेल, अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला अध्यक्ष तिलक गाहालगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन माया मिदुन र स्वागत पूर्णबहादुर आलेले गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?