शीतलनिवासबाट सिंहदरबार पुग्न पाँच दिन !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ३०, २०७६
|
|
५१ पटक हेरिएको
Shares
शीतलनिवासबाट सिंहदरबार पुग्न पाँच दिन !

सारांश

  • काठमाडौं ३० जेठ ।
  • काठमाडौं उपत्यकाभित्र, त्यो पनि ५ दशमलव २ किलोमिटर मात्रको दूरी ।
  •  राष्ट्रपति कार्यालय महाराजगन्जदेखि संघीय संसद् सचिवालय सिंहदरबारसम्मको यो दूरीमा आउन गुगल म्यापले १७ मिनेट लाग्ने देखाउँछ ।

काठमाडौं ३० जेठ । काठमाडौं उपत्यकाभित्र, त्यो पनि ५ दशमलव २ किलोमिटर मात्रको दूरी । राष्ट्रपति कार्यालय महाराजगन्जदेखि संघीय संसद् सचिवालय सिंहदरबारसम्मको यो दूरीमा आउन गुगल म्यापले १७ मिनेट लाग्ने देखाउँछ ।

सुन्दा अचम्म लाग्छ, यति छोटो दूरीमा रहेको राष्ट्रपति कार्यालय महाराजगन्जदेखि संघीय संसद् सचिवालय सिंहदरबारसम्म पत्र पुग्न पाँच दिन लागेको छ ।

राष्ट्रपति कार्यालयले संसद् सचिवालयमा पठाएको पत्र पाँच दिनपछि मात्र प्राप्त भएको सुन्दा धेरैलाई पत्यार नलाग्न सक्छ ।

राष्ट्रपति कार्यालयबाट राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्यको जिम्मेवारी तोकिएको पत्र महाराजगन्जबाट संसद् सचिवालयमा पुग्न पाँच दिन लागेको हो ।

उनै प्रधानमन्त्री केपी ओली प्रधानमन्त्री हुनका लागि राष्ट्रपति कार्यालयबाट एकै दिनमा पत्र सिंहदरबार पुगी सोही दिन शपथको कार्यक्रमसमेत तय भएको थियो ।

यस्तै संसद् अधिवेशन आह्वानका लागि प्रधानमन्त्री कार्यालयले गरेको पत्रसमेत एकै दिनमा राष्ट्रपति कार्यालय पुगी सोही दिन अधिवेशन आह्वानको पत्र संसद् सचिवालयमा पुगेको घटना पनि ताजै छ ।

प्रधानमन्त्रीको युरोप भ्रमणको विषयमा संसद्लाई कुनै जानकारी नै नदिएको पनि सार्वजनिक भएको छ । प्रधानमन्त्री युरोप भ्रमणमा गएको पाँचौं दिनमा बुधबार मात्रै संसद्लाई भ्रमणको आधिकारिक जानकारी प्राप्त भएको छ । -राजधानी दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिईओ ज्ञवालीलाई कोरोना संक्रमण
सिईओ ज्ञवालीलाई कोरोना संक्रमण
एकपछि अर्को विधेयक विवादमा परेपछि सरोकारवालासँग छलफल गरेरमात्र विधेयक अगाडि बढाउन सुझाव
एकपछि अर्को विधेयक विवादमा परेपछि सरोकारवालासँग छलफल गरेरमात्र विधेयक अगाडि बढाउन सुझाव
पारमाणविक हतियार अन्त्य गर्नेसम्बन्धी परामर्श गर्न अमेरिकी विदेशमन्त्री काेरिया जाँदै
पारमाणविक हतियार अन्त्य गर्नेसम्बन्धी परामर्श गर्न अमेरिकी विदेशमन्त्री काेरिया जाँदै
मविरुद्धको अविश्वासको प्रस्ताव आवश्यक नै थिएन; मुख्यमन्त्री शाही (भिडिओसहित)
मविरुद्धको अविश्वासको प्रस्ताव आवश्यक नै थिएन; मुख्यमन्त्री शाही (भिडिओसहित)
कोरियाग्राफर गम्भीर र अभिनेत्री शुष्माको लेनदेन विवाद
कोरियाग्राफर गम्भीर र अभिनेत्री शुष्माको लेनदेन विवाद
तथ्य प्रमाण भए वार्ता पेश गर्न भारतलाई नेकपा प्रवक्ताको चूनौति
तथ्य प्रमाण भए वार्ता पेश गर्न भारतलाई नेकपा प्रवक्ताको चूनौति
लक्ष्यभन्दा साढे एक करोड बढी कर सङ्कलन
लक्ष्यभन्दा साढे एक करोड बढी कर सङ्कलन
एमालेलाई हेरेर माओवादीले पनि उपराष्ट्रपति दोहोर्याउने
दर्जन बढी डिआइजी दरबन्दी कटौती गर्ने तयारीपछि आइजीपी ज्ञवालीलाई तनाव
दर्जन बढी डिआइजी दरबन्दी कटौती गर्ने तयारीपछि आइजीपी ज्ञवालीलाई तनाव
प्रदेश नं १ः विपद् व्यवस्थापन सम्बन्धि विधेयक सर्वसम्मतिले पारित !
प्रदेश नं १ः विपद् व्यवस्थापन सम्बन्धि विधेयक सर्वसम्मतिले पारित !