डोनल्ड ट्रम्पलाई महाभियोग लगाउन ‘प्रशस्त प्रमाण’

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १८, २०७६
|
|
३० पटक हेरिएको
Shares
डोनल्ड ट्रम्पलाई महाभियोग लगाउन ‘प्रशस्त प्रमाण’

सारांश

  • बीबीसी।
  • अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगको अनुसन्धान गरिरहेको एउटा टोलीले उनलाई पदको दुरुपयोगमा महाभियोग लगाउन प्रशस्त प्रमाण रहेको जनाएको छ।
  • ट्रम्प(युक्रेन महाभियोग अनुसन्धान नामक प्रतिवेदनलाई मङ्गलवार संसद्को तल्लो सदनको गुप्तचरीसम्बन्धी विषय हेर्ने समितिले सार्वजनिक गरेको छ।

बीबीसी। अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगको अनुसन्धान गरिरहेको एउटा टोलीले उनलाई पदको दुरुपयोगमा महाभियोग लगाउन प्रशस्त प्रमाण रहेको जनाएको छ।

ट्रम्प(युक्रेन महाभियोग अनुसन्धान नामक प्रतिवेदनलाई मङ्गलवार संसद्को तल्लो सदनको गुप्तचरीसम्बन्धी विषय हेर्ने समितिले सार्वजनिक गरेको छ।

समितिले राष्ट्रपतिले व्यक्तिगत लाभका लागि पदको दुरुपयोग गरेको आरोप लगाउँदै महाभियोगसम्बन्धी उक्त प्रतिवेदन सार्वजनिक गरेको हो।

प्रतिवेदनमा ट्रम्पमाथि न्यायमा अवरोध पुर्‍याएको तथा आगामी चुनावमा आफ्नो हितका लागि यूक्रेनलाई मुछ्न खोजेको आरोप लगाइएका छन्।

राष्ट्रपतिले साक्षीहरूलाई तर्साउन खोजेको अनि कर्मचारीहरूलाई समितिले गरेको बोलावट अटेर गर्न दबाव दिएको पनि आरोप लागेका छन्।

समितिका अध्यक्ष एडम शिफले ट्रम्पले आफूलाई कानुनभन्दा माथि ठानेको र शक्ति दुरुपयोग गरेको प्रशस्त प्रमाण रहेको बताएका छन्।

वाशिङ्टनस्थित बीबीसी संवाददाता क्रिस बक्लर भन्छन्, “ती कुनैपनि आरोप राष्ट्रपति ट्रम्प वा उनको दलका नेताहरूका निम्ति नौलो भने हुनेछैन। तर यो सबै प्रयत्नलाई राजनीतिक रूपले प्रेरित अभियान भन्दै आएका ट्रम्प थप आक्रोशित भने हुनेछन्।“

ह्वाइट हाउसले उक्त प्रतिवेदनको विरोधमा तीखो प्रतिक्रिया दिँदै त्यसलाई एकपक्षीय र नक्कली प्रक्रिया भनेको छ।

राष्ट्रपति ट्रम्पले व्यक्तिगत राजनीतिक स्वार्थलाई संयुक्त राज्य अमेरिकाको राष्ट्रिय स्वार्थभन्दा माथि राखेको उक्त प्रतिवेदनमा उल्लेख छ।

राष्ट्रपतिले सन् २०२० मा हुने आगामी राष्ट्रपतीय निर्वाचनमा आफ्नो स्थिति बलियो बनाउने उद्देश्यले महिनौँसम्म युक्रेनबाट वैदेशिक हस्तक्षेप खोजिरहेको प्रतिवेदनमा लेखिएको छ।

यो प्रतिवेदन ट्रम्पलाई पदबाट हटाउनका निम्ति आधार तयार पार्ने हिसाबले आएको छ।

दुई महिनाभन्दा धेरै समयदेखि सङ्कलन गरिएको १७ जना साक्षीहरूको बयानमा सो प्रतिवेदन आधारित छ।

राष्ट्रपति ट्रम्पले आफूले कुनै गल्ती नगरेको र आफूविरुद्ध योजनाबद्ध तरिकाले निरन्तर विपक्षी खनिइरहेको बताउँदै आएका छन्।]]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मालपोतका कर्मचारी मिलेर लालपूर्जामा अर्कैको फोटो टाँसेर बेचिदिएपछि….
मालपोतका कर्मचारी मिलेर लालपूर्जामा अर्कैको फोटो टाँसेर बेचिदिएपछि….
मकैबारी बन्यो पर्यटकीय गन्तव्य, एक अर्ब लगानीमा रिसोर्ट
मकैबारी बन्यो पर्यटकीय गन्तव्य, एक अर्ब लगानीमा रिसोर्ट
देवरले कुट्दा भाउजू बेहोश
देवरले कुट्दा भाउजू बेहोश
प्रहरी र अध्यागमन अधिकृतबीच कुटपिट घटनाबारेको प्रतिवेदन गृहमन्त्रीसमक्ष पेश
प्रहरी र अध्यागमन अधिकृतबीच कुटपिट घटनाबारेको प्रतिवेदन गृहमन्त्रीसमक्ष पेश
‘हङकङमा ड्राइभरले मोबाइल चलाएको सुन्दा अनौठो मान्ने नेपाली बच्चा जोगाउन गाह्रो भइसक्यो’
‘हङकङमा ड्राइभरले मोबाइल चलाएको सुन्दा अनौठो मान्ने नेपाली बच्चा जोगाउन गाह्रो भइसक्यो’
ओलीलाई तीन चौथाइ मत : पक्षमा २०८ मत, विपक्षमा ६०
ओलीलाई तीन चौथाइ मत : पक्षमा २०८ मत, विपक्षमा ६०
भक्तपुरमा निर्माण हुने अन्तराष्ट्रिय रङ्गशालाको निर्माणस्थलकाे अबलाेकन
भक्तपुरमा निर्माण हुने अन्तराष्ट्रिय रङ्गशालाको निर्माणस्थलकाे अबलाेकन
विमानस्थलका कर्मचारीको व्यवहारमा सुधार ल्याउनुपर्छ: प्रम ओली
विमानस्थलका कर्मचारीको व्यवहारमा सुधार ल्याउनुपर्छ: प्रम ओली
बेलायतका किन लुकेकी छन् ‘डराएकी’ राजकुमारी हया?
बेलायतका किन लुकेकी छन् ‘डराएकी’ राजकुमारी हया?
अनिलको अर्धशतकमा जनकपुरको लगातार दोस्रो जित, कर्णाली याक्स ८ विकेटले पराजित
अनिलको अर्धशतकमा जनकपुरको लगातार दोस्रो जित, कर्णाली याक्स ८ विकेटले पराजित