श्रृंखला खतिवडाले चढिन् यूरोपकै अग्लो हिमाल
सारांश
- काठमाडौं ।
- मिस नेपाल श्रृङ्खला खतिवडाले पश्चिम युरोपको सबैभन्दा अग्लो हिमाल मन्ट ब्लांकको अरोहण गरेकी छन्।
- उनले मंगलबार फ्रान्समा रहेको सो हिमाल आरोहण गरेको तस्वीर काठमाडौंस्थित फ्रेन्च राजदूतावासले ट्वीटरमा सार्वजनिक गरेको छ ।
काठमाडौं । मिस नेपाल श्रृङ्खला खतिवडाले पश्चिम युरोपको सबैभन्दा अग्लो हिमाल मन्ट ब्लांकको अरोहण गरेकी छन्। उनले मंगलबार फ्रान्समा रहेको सो हिमाल आरोहण गरेको तस्वीर काठमाडौंस्थित फ्रेन्च राजदूतावासले ट्वीटरमा सार्वजनिक गरेको छ । सो हिमालको उँचाई हिमालको उचाइ ४ हजार ८ सय १० मिटर रहेको छ।नेपाल र फ्रान्स कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठको सद्भावना दूतसमेत रहेकी खतिवडाले सो हिमालको सफल आरोण गरेको दूतावासले जनाएको छ ।

नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० वर्ष गएको अप्रिलमा २० मा पूरा भएको छ। बेलायत, अमेरिका र भारतपछि नेपालको दौत्य सम्बन्ध स्थापना गरेको चौथो मुलुक हो फ्रान्स। यही अवसरमा दुवै देशले वर्षभरी विभिन्न कार्यक्रम गरी स्थापनाको ७० औं वर्षगाँठ मनाइरहेका छन्।

श्रृङखलाका साथमा फिल्म मेकर सिसम बानियाँ र प्रज्वल थापा मगरले पनि ब्लांक हिमाल आरोण गरेको फेन्च राजदूतावासले जनाएको छ।तस्वीर: फ्रेन्स दूतावास

प्रतिक्रिया