डोनाल्ड ट्रम्पको पोर्न स्टार संगकाे सम्बन्ध फेरि व्युतिने !
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पोर्न स्टार स्टोर्मी डेनियल्ससँगको सम्बन्ध पुन गिजोलिने संकेत देखिएको छ ।
- राष्ट्रपति ट्रम्पका पूर्व वकील मिसेल कोहेनले त्यो प्रसङ्ग पुन खोतल्ने संभावना बढेको हो ।
- सन् २००७ मा ट्रम्पको निजी वकील बनेका कोहेनले पोर्न स्टार स्टोर्मी डेनियल्सलाई निर्वाचनपूर्व १ लाख ३० हजार अमेरिकी डलर दिई सन् २००६ मा ट्रम्पसँग सम्बन्ध रहेको भनिएको कुरामा केही नबोल्न आग्रह गरेको भनाई बाहिर आएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पोर्न स्टार स्टोर्मी डेनियल्ससँगको सम्बन्ध पुन गिजोलिने संकेत देखिएको छ ।
राष्ट्रपति ट्रम्पका पूर्व वकील मिसेल कोहेनले त्यो प्रसङ्ग पुन खोतल्ने संभावना बढेको हो । सन् २००७ मा ट्रम्पको निजी वकील बनेका कोहेनले पोर्न स्टार स्टोर्मी डेनियल्सलाई निर्वाचनपूर्व १ लाख ३० हजार अमेरिकी डलर दिई सन् २००६ मा ट्रम्पसँग सम्बन्ध रहेको भनिएको कुरामा केही नबोल्न आग्रह गरेको भनाई बाहिर आएको थियो ।
राष्ट्रपति ट्रम्पसँगको सम्बन्ध बिग्रिएपछि वकील कोहेनले त्यो काण्डको रहस्य खोल्ने स्थिति देखिएको हो । वकील कोहेनलेले सर्वप्रथम आफू आफ्नो परिवार र देशप्रति इमान्दार रहने बताएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पको विपक्षमा न्यायाधिकारीलाई सघाउने इच्छा रहेको सङ्केत गर्दै कोहेनले एबीसीसँगको अन्तर्वार्तामा भनेका छन् ‘प्रष्ट भन्नुपर्दा मेरो पत्नी, मेरो छोराछोरी र मेरो देशप्रति मेरो सवैभन्दा बढी निष्ठा रहनेछ ।’
कोहेनको भनाइसँगै कतै उनीसँग राष्ट्रपतिको विपक्षमा वलियो तथ्य त छैन भन्ने अनुमान फैलिएका छन् । उनले विगतमा राष्ट्रपतिविरुद्ध ‘कडा आधार’ रहेको भन्ने घोषणा निकै विवादास्पद मानिएको अभिव्यक्ति हो । अमेरिकी संघीय गुप्तचर निकाय एफबिआईले गत अप्रिलमा कोहेनको घर तथा कार्यालयमा विशेष सल्लाहाकार रवर्ट मुलरको निर्देशनमा खानतलासी गरेको थियो ।
मुलरले सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा भएको भनिने गरेको हस्तक्षेपबारे अनुसन्धान गरिरहेका छन् । अनुसन्धानले ट्रम्पको निर्वाचन अभियानमा मस्कोको सम्लग्नता रहेको भन्ने विषयमा आएका सूचनामाथि छानविन गरिरहेको छ ।
कोहेनको घर तथा कार्यालयमा भएको खानतलासीपछि सञ्चारमाध्यममार्फत आएको बिस्तृत कुराकानीमा पनि उनले ट्रम्पको प्रशंसा गरेनन । बरु असन्तुष्टिका शब्दहरू खर्चिदै आफूमाथिको अनुसन्धानप्रति कुराकानीलाई केन्द्रित गरे ।
प्रतिक्रिया