नेपालगञ्जको मेडिकलमा आगलागी
सारांश
- खजुरा, बाँके, १६ वैशाख, नेपालगञ्ज उपमहानगरपालिका वडा नं २ स्थित धम्बोझीचोक नजिक स्वास्थ्यकर्मी जीवन शर्माको स्वास्थ्य क्लिनिकमा आगलागी भएको छ ।
- विद्युत् तार सर्ट भएर गएराति आगलागी हुँदा लाखाँैको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
- स्थानीय, प्रहरी र दमकलको सहयोगमा दुई घण्टा लगाएर आज बिहान आगो नियन्त्रणमा लिइएको थियो ।
खजुरा, बाँके, १६ वैशाख, नेपालगञ्ज उपमहानगरपालिका वडा नं २ स्थित धम्बोझीचोक नजिक स्वास्थ्यकर्मी जीवन शर्माको स्वास्थ्य क्लिनिकमा आगलागी भएको छ ।
विद्युत् तार सर्ट भएर गएराति आगलागी हुँदा लाखाँैको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्थानीय, प्रहरी र दमकलको सहयोगमा दुई घण्टा लगाएर आज बिहान आगो नियन्त्रणमा लिइएको थियो । आगलागीले मेडिकल पसलमा रहेका सम्पूर्ण औषधि, फर्निचरलगायतका सामग्री जलेर नष्ट भएको छ ।
प्रहरीका अनुसार क्षतिको पूर्ण विवरण अझै आएको छैन । शर्माले आफ्नै घरमा पसल सञ्चालन गर्दै आउनुभएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया