चिनमा गुगलकाे नयाँ याेजनाकाे अाफ्नै कामदार द्वारा विराेध !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १, २०७५
|
|
३० पटक हेरिएको
Shares
चिनमा गुगलकाे नयाँ याेजनाकाे अाफ्नै कामदार द्वारा विराेध !

सारांश

  • सानफ्रान्सिस्को, १ भदौ ।
  • चिनीया सेन्सरसीप अनुकूल गोप्य रुपमा खोजी इन्जिन निर्माण गर्न लागेको भन्दै गुगलमै कार्यरत एक हजारभन्दा बढी कामदारले विरोध गरेका छन् ।
  • बिरोध स्वरुप तयार पारिएको पत्रमा हस्ताक्षर गरेका उनीहरुले कम्पनीको पारदर्शिता र आचारसंहिता नियमलाई पालना गर्न प्रमुख कार्यकारी समक्ष आग्रह गरिएको छ ।

सानफ्रान्सिस्को, १ भदौ । चिनीया सेन्सरसीप अनुकूल गोप्य रुपमा खोजी इन्जिन निर्माण गर्न लागेको भन्दै गुगलमै कार्यरत एक हजारभन्दा बढी कामदारले विरोध गरेका छन् । बिरोध स्वरुप तयार पारिएको पत्रमा हस्ताक्षर गरेका उनीहरुले कम्पनीको पारदर्शिता र आचारसंहिता नियमलाई पालना गर्न प्रमुख कार्यकारी समक्ष आग्रह गरिएको छ । गुगलका एक जना कामदारले पत्रमा समेटिएको विषयका बारेमा भने केही बताउन चाहेनन् ।

तथापि, प्रमुख कार्यकारी समक्ष बुझाइएको उक्त पत्रमा आफूले गरिरहेको कामको बारेमा जान्न पाउने हक रहेको दाबी गरिएको छ । ड्रागनफ्लाई नामको गोप्य परियोजना गुगलले सञ्चालन गरिरहेको जानकारी सञ्चार माध्यमबाट मात्र थाहा पाइएको पत्रमा उल्लेख छ । अमेरिकी सैनिकसँग भएको यस्तै एक सम्झौताका विषयमा गुगलमा कार्यरत हजारौं कर्मचारीले पत्र लेखेपछि गुगल व्यवस्थापनले यसै वर्षको जुन महिनामा उक्त सम्झौता नवीकरण गरेको थिएन ।

(www.disabilityhelpcenter.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?