काठमाडौंको विभिन्न ९ स्थानहरुमा जेब्रा क्रसिङहरुको रङरोगन गरिने !

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २१, २०७४
|
|
३२ पटक हेरिएको
Shares
काठमाडौंको विभिन्न ९ स्थानहरुमा जेब्रा क्रसिङहरुको रङरोगन गरिने !

सारांश

  • काठमाडौं ।
  • जेठ १६ गतेदेखि लागू गरिएको जेब्रा क्रसिङको बाटोलाई यती डेभलपमेन्ट बैंकले सहयोग गर्ने भएको छ ।
  • बैंकले काठमाडौंको विभिन्न ९ स्थानहरुमा जेब्रा क्रसिङहरुको रङरोगन गर्ने भएको छ ।

काठमाडौं । जेठ १६ गतेदेखि लागू गरिएको जेब्रा क्रसिङको बाटोलाई यती डेभलपमेन्ट बैंकले सहयोग गर्ने भएको छ । बैंकले काठमाडौंको विभिन्न ९ स्थानहरुमा जेब्रा क्रसिङहरुको रङरोगन गर्ने भएको छ ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न चेतनामुलक कार्यक्रमहरु संचालन गर्ने तथा सामाजिक कार्यक्रमहरु गर्दै आइरहेको छ ।
बैंकले महानगरीय ट्राफिक प्रहरी महाशाखा तथा ट्राफिक प्रहरी कार्यालय दरबारमार्गको समन्वयमा काठमाडौंको विभिन्न ९ स्थानहरुमा जेब्रा क्रसिङहरुको रङरोगन गर्ने भएको हो । रङ रोगनपछि सर्वसाधरणहरु सजिलै बाटो काट्न सक्ने बैंकले जनाएको छ ।
कार्यक्रममा बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत आम सरोकारको विषय पहिचान गरी पैदल यात्रुहरुलाई बाटो काट्न सहज बनाइदिने जस्तो प्रसंशनीय काम गरेकोमा महाशाखाका नायब प्रहरी महानिरीक्षक मिङमार लामाले खुसी व्यक्त गर्दै धन्यवाद दिएका थिए ।
त्यस्तै ट्राफिक प्रहरी कार्यालय दरबारमार्गका प्रमुख सुनीलजंग शाहले जेब्रा क्रसिङ नदेखिएपछि पैदल यात्रुहरुले जथाभावी बाटो काट्ने गर्थे, अब यस झन्झटबाट मुक्त पाएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?